आजको राशिफल २०७६ मंसिर २१ गते, शनिवार

  • मेष राशि

    कार्यमा व्यवधान रहनेछ, चन्द्रमा बाह्रौ राशिमा रहेकाले आज स्वास्थ्यमा पनि प्रतिकूलता रहने देखिन्छ ।

  • वृष राशिः

    तार्किक क्षमतामा वृद्धि हुनेछ, आर्थिक उन्नतिका साथै सुखद् यात्राका योग देखिन्छन् ।

  • मिथुन राशिः

    पारिवारिक सुख मिल्नेछ, कार्यमा उन्नतिका साथै जलीय पदार्थ लाभदायी रहनेछन् ।

  • कर्कट राशिः

    बौद्धिक कार्यमा रुचि जाग्नेछ, पारिवारिक सुख मिल्नुका साथै प्रेममा पनि सफलता मिल्ने देखिन्छ ।

  • सिंह राशिः

    शत्रु पक्ष बलवान् रहनेछन्, कार्यमा अस्थिरताका साथै दिन संघर्षमय रने देखिन्छ ।

  • कन्या राशिः

    कन्या राशिः आर्थिक उन्नति हुनेछ, कार्यलाभका साथै मनमा प्रसन्नता रहनेछ ।

  • तुला राशिः

    कार्य क्षेत्रमा उन्नति हुनेछ, व्यवसायिक सफलताका साथै दिन प्रेमिल रहने देखिन्छ ।

  • वृश्चिक राशिः

    गृह सुख मिल्नेछ, धन लाभका साथै मनोरञ्जना विशेष लगाव रहने देखिन्छ ।

  • धनु राशिः

    आर्थिक अस्थिरता रहनेछ, कार्यमा व्यवधानका साथै आजको दिन कार्यदायी रहने देखिन्छ ।

  • मकर राशिः

    भौतिक वस्तुबाट लाभ रहनेछ, मित्र सुखका साथै अध्ययनमा सफलता मिल्ने देखिन्छ ।

  • कुम्भ राशिः

    आय आर्जमा वृद्धि हुनेछ, कार्य उन्नतिका साथै मनमा प्रसन्नता रहनेछ ।

  • मीन राशिः

    आर्थिक लाभ हुनेछ, व्यवसायिक सफलताका साथै मित्र सुख रहने देखिन्छ ।

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल