आजको राशिफल २०७६ मंसिर १८ गते, बुधवार

  • मेष राशि

    मनमा प्रसन्नता रहनेछ, कार्य उन्नतिका साथै सुखद् यात्राका योग पनि देखिन्छन् ।

  • वृष राशिः

    भौतिक वस्तुबाट लाभ रहनेछ, कान्ति वृद्धिका साथै वयवसायमा पनि सफलता मिल्ने देखिन्छ ।

  • मिथुन राशिः

    गृह सुख मिल्नेछ, पराक्रम बढ्नुका साथै सामाजिक कार्यमा सक्रियता रहनेछ ।

  • कर्कट राशिः

    प्रतिकूल परिस्थितिको सामना गर्नुपर्नेछ, बोलीमा विकार रहनुका साथै शारीरिक आलश्यताले सताउन सक्ने देखिन्छ ।

  • सिंह राशिः

    स्वास्थ्य सबल रहनेछ, आर्थिक उन्नतिका साथै बौद्धिक कार्यमा दिन व्यतित हुने देखिन्छ ।

  • कन्या राशिः

    कर्म क्षेत्र बलवान् रहनेछ, शारीरिक स्फुर्तिका साथै नयाँ कार्यमा प्रवृत्त हुने योग देखिन्छ ।

  • तुला राशिः

    दिन उत्साह बर्धक रहनेछ, कार्यमा सफलता मिल्नुका साथै वित्तीय लाभका योग देखिन्छन् ।

  • वृश्चिक राशिः

    बोलीमा विकार रहनेछ, कार्य शक्तिमा ह्रास आउनुका साथै प्रतिकूल परिस्थितिको सामना गर्नुपर्ने देखिन्छ ।

  • धनु राशिः

    पारिवारिक सुख मिल्नेछ, आर्थिक उन्नतिका साथै भौतिक वस्तुबाट पनि लाभ रहने देखिन्छ ।

  • मकर राशिः

    धनधान्यको क्षेत्र वृद्धिदायी रहनेछ, अध्ययन अध्यापनमा सफलता मिल्नुका साथै मित्र लाभका योग देखिन्छन् ।

  • कुम्भ राशिः

    दिन प्रेमिल रहनेछ, जलीय पदार्थ लाभदायी रहनुका व्यवसायमा वृद्धि हुने देखिन्छ ।

  • मीन राशिः

    कार्य क्षेत्र संघर्षमयी रहनेछ, आर्थिक अस्थिरताका साथै स्वास्थ्यमा पनि सजग रहनुपर्ने देखिन्छ ।

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल