आजको राशिफल, २०७६ पौष २९ गते, मंगलवार

  • मेष राशि

    व्यवसायमा वृद्धि हुनेछ । भौतिक वस्तु लाभदायी रहनुका साथै कार्य क्षेत्रमा पनि उन्नति हुनेछ । प्रेम जीवन पारखिलो बन्ने देखिन्छ ।

     

  • वृष राशिः

    चन्द्रमा आज प्रतिकूल रहनेछन् । खर्चमा वृद्धि हुनुका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहनसक्ने देखिन्छ । विद्याको क्षेत्र मध्यम फलदायी रहनेछ ।

  • मिथुन राशिः

    प्रेममा पारख बढ्नेछ । व्यवसायिक सफलता प्राप्त हुनुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । शत्रुपक्ष दुर्वल रहनेछन् ।

  • कर्कट राशिः

    बौद्धिक कार्यमा मन जानेछ । बोलीमा ओज रहनुका साथै कार्यक्षेत्रमा पनि सफलता मिल्न देखिन्छ । प्रेम जीवन सुखद् रहनेछ ।

  • सिंह राशिः

    पराक्रम बढ्नेछ । मित्र लाभ हुनुका साथै आर्थिक उन्नतिका योग पनि देखिन्छन् । परोपकारी कार्यमा विशेष लागव रहनसक्नेछ ।

  • कन्या राशिः

    व्ययमा वृद्धि हुनेछ । शत्रु पक्ष सबल रहनुका साथै कार्यमा पनि अस्थिरताले राज गर्न सक्ने देखिन्छ । आज जलीय वस्तु लाभदायी रहनेछन् ।

  • तुला राशिः

    पारिवारिक सुख मिल्नेछ । आर्थिक उन्नतिका साथै व्यापार व्यवसायमा पनि उन्नति हुने देखिन्छ । लेखन कार्यमा विशेष अभिरुचि रहनेछ ।

  • वृश्चिक राशिः

    धातुजन्य वस्तु लाभदायी रहनेछन् । धार्मिक कार्यमा रुचि रहनुका साथै अध्ययन अध्यापानको क्षेत्र पनि सबल रहनेछ । मित्र सहयोगले दिन सार्थक बन्ने देखिन्छ ।

  • धनु राशिः

    पराक्रम बढ्नेछ । कला साहित्यका क्षेत्रमा रुचि रहनुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । भौतिक वस्तुबाट लाभ रहने देखिन्छ ।

  • मकर राशिः

    कार्यक्षेत्रमा संघर्ष गर्नुपर्ने देखिन्छ । चन्द्रमाको प्रतिकूलताले गर्दा खर्चमा पनि वृद्धि गराउनसक्ने देखिन्छ । प्रेम जीवन मध्यमफलदायी रहनेछ ।

  • कुम्भ राशिः

    व्यवसायकि सफलता मिल्नेछ । कार्य व्यवसायमा उन्नतिका साथै लगानीका नयाँ अवसर पनि प्राप्त हुनेछन् । सांगीतिक क्षेत्रमा लगाब रहने आजको राशिफल रहेको छ ।

  • मीन राशिः

    पारिवारिक सुख मिल्नेछ । आयमा वृद्धि हुनुका साथै सामाजिक कार्यमा मन अभिप्रेरित रहनेछ । कर्म क्षेत्र सबल रहने देखिन्छ ।

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल