स्वास्थ्य

स्वास्थ्य

  • महिला स्वास्थ्य स्वयसेविकाका लागि बीमा

    काठमाडौँ, २३ मङ्सिर । तारकेश्वर नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्य र जीवन बीमा गर्ने भएको छ । नागरिकको स्वास्थ्यका लागि जुनसुकै अवस्थामा पनि स्वयंसेविका खटिनुपर्ने भएकाले उनीहरुलाई काम गर्न थप हौसला मिलोस् भन्ने उद्देश्यले स्वास्थ्य र जीवन बीमा गर्ने निर्णय गरिएको नगर स्वास्थ्य शाखाप्रमुख अरुणकुमार गिरीले बताउनुभयो । “बीमाले उपचारसँगै उनीहरुमा बचत गर्ने बानीको पनि […]

  • बृहत रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    काठमाडौं,२२ मंसिर । सगरमाथा एजुकेशनल एकेडेमी र लायन्स क्लब अफ ओखलढुंगाको संयुक्त आयोजनामा सातौं बृहत रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ । सगरमाथा एजुकेशनल एकेडेमी सरस्वतीनगर, काठमाडौंको प्राङ्गणमा मंसिर २१ गते शनिवार कार्यक्रम सम्पन्न भएको कार्यक्रमका संयोजक तथा सगरमाथा एजुकेशनल एकेडेमीका प्रिन्सिपल पुष्पराज सिंखडाले जानकारी दिनुभयो । रगत अभावका कारण दैनिक विरामीहरुले […]

  • यौन उत्तेजना बढाउन के गर्ने ?

    दैनिकजसो पत्रपत्रिका तथा एफएमहरुबाट प्रकाशित र प्रकाशित हुने यौनजन्य विज्ञापनले यस्ता विकृतिलाई वढाउने विज्ञहरु बताउँछन् । यौन असन्तुष्टि, लिंगको लम्बाइ वढाउने, लिंग कडा पार्नेदेखि खडा पार्ने, योनीको आकार मिलाउने, यौन सन्तुष्टि वढाउने, लामो समयसम्मको सहवासका लागि औषधिहरु उपलब्ध छन् भन्ने भ्रामक विज्ञापनहरु दैनिकरुपमा प्रकाशन प्रशारण हुने गर्दछन् । त्यसको प्रभावले र गोप्य रुपमा आफ्नो साथीलाई […]

  • आँखाको ज्योतिले दिएको खुशी

    महोत्तरी, २० मङ्सिर । “बौवा, बुझायत छल, जे आब बुढारी नर्क भगेल, मुदा, आँइखक रोशनी हमरा नव जिनगी देलक” (लाग्दथ्यो, बुढ्यौली उमेर नर्क (अति कष्टकरको अर्थमा) बन्यो, तर आँखाले ज्योति पाएपछि फेरि नयाँ जीवन पाएझैँ लागेको छ) भर्खरै केही दिनअघि शल्यक्रियापछि आँखाको ज्योति पुनः पाउनुभएका महोत्तरी, गौशाला नगरपालिका–२ निगौलको दलित बस्तीका ७५ वर्षीय विश्वनाथ पासवानले […]

  • १५ श्ययाको आयुर्वेद अस्पताल सञ्चालनमा

    मङ्गलबारे, २० मङ्सिर । इलामको सूर्योदय नगरपालिकामा १५ श्ययाको आयुर्वेद अस्पताल सञ्चालनमा आएको छ । प्रदेश नं १ सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालय धनकुटाको मातहतमा सो अस्पताल सञ्चालनमा आएको हो । सूर्योदय नगरपालिका–४, आइतबारेमा रहेको मेची अञ्चल आयुर्वेद औषधालय पहिलादेखि नै सञ्चालनमा आएको भए पनि स्तरोन्नति गरेर १५ श्ययाको अस्पताल बनाइएको हो । मेची […]

  • ललितपुर महानगरद्वारा उत्कृष्ठ स्वास्थ्य स्वयमसेवीहरुलाई पुरस्कार दिने घोषणा

    ललितपुर,१९ मंसिर । ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७६-७७ मा उत्कृष्ट तीन स्वास्थ्य स्वयमसेवकलाइ एक–एक लाख रुपैया सहित सम्मानित गर्ने भएको छ । विश्व स्वयम सेवक दिवस तथा १६ औं महिला स्वयम सेविका दिवस २०७६ को अवसरमा ललितपुर महानगपालिकाले आयोजना गरेको स्वास्थ्य स्वयमसेवी सम्मान तथा प्रोत्साहन कार्यक्रममा ललितपुुर महानगरका प्रमुख चिरीवावु महर्जनले यस्तो घोषणा गरेका हुन् […]

  • एक वर्षमा ९७२ ले गराए गर्भपतन

    पर्वत, १९ मङ्सिर । पर्वतमा गत वर्ष ९७२ महिलाले गर्भपतन गराएका छन् । जिल्ला अस्पताललगायत सुरक्षित गर्भपतन गराउन सूचीकृत जिल्लाका २६ स्वास्थ्य संस्थामा उनीहरुले सो सेवा लिएका हुन् । जनस्वास्थ्य कार्यालय पर्वतका तथ्याङ्क अधिकृत प्रवीण भण्डारीले जिल्लामा सुत्केरी हुने सङ्ख्या गत वर्ष ९०१ रहेको बताउँदै सुत्केरी हुनेभन्दा गर्भपतन गराउने धेरै देखिएको जानकारी दिनुभयो । गर्भपतनलाई […]

  • डडेल्धुरामा १३६ एचआइभी सङ्क्रमित

    अमरगढी, १६ मङ्सिर । डडेल्धुरामा एचआइभी सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । एचआइभी सङ्क्रमित हुनेमध्ये बढीजसो कामको सिलसिला र रोजगारीका लागि भारत जानेमा बढी भएको एक तथ्याङ्कले जनाएको छ । एचआइभी सङ्क्रमित १३६ जनामध्ये डडेल्धुरामा हालसम्म ९६ जनाले मात्रै नियमित औषधि सेवन गरिरहेका छन् । बाँकी सङ्क्रमितले पुनं कामका लागि अन्य स्थान वा भारत जाने–आउने क्रमले […]

  • घाँटीमा रहेको दुई किलो ट्युमर झिकियो

    भक्तपुर, १६ मंसिर । भक्तपुर क्यान्सर अस्पतालको चिकित्सकको टोलीले जटिल मानिएको घाँटीको पछिल्लो भागमा रहेको ट्युमरको सफल शल्यक्रिया गरेको छ। अस्पतालका न्यूरो सर्जन डा. राजीव शाहको नेतृत्वमा २५ वर्षीया महिलाको घाँटीको पछिल्लो भागमा रहेको ट्युमरको सफल शल्यक्रिया गरेको हो। उपचारको लागि सात महिनासम्म विभिन्न अस्पतालमा भौंतारिएकी उनी गएको साता भक्तपुर क्यान्सर अस्पतालमा आएको डा. शाहले […]

  • प्रधानमन्त्री ओलीको घाउ निको हुँदै

    काठमाडौँ, १५ मंसिर । एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको घाउ निको हुँदै गएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको छ । उहाँको मिर्गौलालगायत समग्र स्वास्थ्यस्थिति राम्रो रहेको उपचारमा सम्लग्न चिकित्सकले जानकारी दिनुभएको छ । “प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ, शल्यक्रिया गरिएको घाउ निको हुँदै गएको छ ।” उपचारमा सम्लग्न महाराजगञ्जस्थित ‘मनमोहन ‘कार्डियोथोरासिक […]

  • 1
  • 2
  • 9

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल