सूचना प्रविधि

सूचना प्रविधि

  • कर्णालीका पाँच जिल्ला सञ्चारविहीन

    सुर्खेत, ८ माघ । साविक कर्णालीका पाँच जिल्ला सञ्चारविहीन भएका छन् । तीन दिनदेखि कालीकोट, हुम्ला, डोल्पा, मुगु र जुम्ला सञ्चारविहीन भएका हुन् । कालीकोटको भर्तास्थित रहेको स्तम्भमा खराबी आएपछि साबिकको कर्णालीमा सञ्चार सेवा बन्द भएको नेपाल टेलिकम सुर्खेतका प्रमुख नवराज खतिवडाले जानकारी दिनुभएको छ । “मौसममा आएको खराबीका साथै हिमपातका कारण सोलारले काम नगर्दा […]

  • बैङ्किङ प्रणालीबाट मात्रै फेसबुक, युट्युबमा विज्ञापन

    काठमाडौं, १ माघ । फेसबुक, इन्स्टाग्राम, ट्विटरजस्ता नेपालीमाझ चर्चित सामाजिक सञ्जालमार्फत अवैधानिक रूपमा विदेशिने रकम अबदेखि बैङ्किङ प्रणालीमा आबद्ध गराउनुपर्ने भएको छ । यस्ता माध्यमबाट बाहिरिने रकम बढेको र त्यसबाट ठूलो राजस्व गुमेको ठहर गर्दै नेपाल राष्ट्र बैङ्कले यसलाई वैधानिक बनाउने तयारी सुरु गरेको हो । सामाजिक सञ्जालबाट हुने कारोबारलाई पारदर्शी र निश्चित प्रणालीमा आबद्ध गराउने उद्देश्यअनुरूप यस्तो […]

  • फोन ‘ट्रयाकिङ’ मेसिन भित्र्याउँदै प्रहरी

    काठमाडौं, १ माघ । सरकारले सर्वसाधारणको ‘टेलिफोन ट्रयाक’ गर्ने प्रणाली खरिद गर्ने प्रक्रिया अघि बढाएको छ। योे प्रणाली खरिदको मुख्य उद्देश्य निश्चित भूस्थिति पत्ता लगाउनु र लक्षित मोबाइल फोन प्रयोगकर्तालाई ट्रयाक गर्नु हो। यसलाई ‘सिम लोकेटर सिस्टम’ भनिएको छ। नेपाल प्रहरीअन्र्तगतको केन्द्रीय अनुसन्धान ब्युरोले गत मंसिर १६ मा टेलिफोन ट्रयाकिङ गर्ने प्रणाली खरिद गर्न विद्युतीय […]

  • सर्वोच्च अदालतले चार किसिमका सूचना नदिने

    काठमाडौं, २४ पुस । सर्वोच्च अदालतले बन्द इजलासबाट सुनुवाइ हुने भनी तोकिएका वा व्यक्तिगत परिचयात्मक विवरण गोप्य राख्नुपर्ने मुद्दासँग सम्बन्धित सूचना सम्प्रेषण नगर्ने नीति लिएको छ । न्यायपालिकाको सूचना तथा सञ्चार नीति २०७६ जारी भएसँगै अदालतले अब चार किसिमका सूचना उपलब्ध नगराउने नीति लिएको हो । संवेदनशील सूचनाको वर्गीकरण गर्दै सूचना दिन बाध्ये नहुने व्यवस्था […]

  • सूचना प्रविधि विधेयकप्रति साझा पार्टीकाे आपत्ति

    काठमाडौं, २३ पुस । सरकारले संसदमा दर्ता गरेको सूचना प्रविधि विधेयकप्रति साझा पार्टीले विरोध जनाएको छ। आज एक विज्ञप्ति जारी गर्दै साझा पार्टीले नेपालको संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रता र शक्ति पृथककीकरणको सिद्धान्त विपरीत रहेको भन्दै आपत्ति जनाएको हो। प्रवक्ता सूर्यराज आचार्यमार्फत जारी विज्ञप्तिमा अभिव्यक्ति स्वतन्त्रता, शक्ति पृथककीकरणको सिद्धान्त र लोकतन्त्रको मर्ममाथि नै प्रतिकूल हुने […]

  • मुगु जिल्ला चारदिनदेखि सञ्चारविहीन : राराका पर्यटक मर्कामा

    रारा, २२ पुस । नेपाल टेलिकमका सबै सञ्जालले काम गर्न छाडेपछि मुगु जिल्ला चारदिनदेखि सञ्चारविहीन भएको छ । जुम्लाको डाँफे लेकमा अवस्थित टेलिकमको टावरको रेडियो लिङ्कमा हिमपातले समस्या ल्याएपछि सो टावरबाट मुगु जिल्लामा सञ्चालित जिएसएम, एसटिडी सञ्जालले काम गर्न छाडेका छन् । यसैगरी एडिएसएल इन्टरनेट सेवा पनि जिल्लाभर अवरुद्ध भएको छ । गत बिहीबारदेखि शुक्रबारसम्म […]

  • गुप्तचरले जोसुकैको फोन रेकर्ड गर्न र इमेल, एसएमएस पढ्न सक्ने अर्को कानुन संसदमा

    काठमाडौं, २२ पुस । सरकारले ल्याउन लागेको सूचना प्रविधि विधेयकले अभिव्यक्ति स्वतन्त्रताको हक जोखिममा पारेको भन्दै विरोध भइरहँदा संसद्मा दर्ता भइसकेको अर्को विधेयकले गोपनीयताको हक हनन गर्ने चिन्ता बढेको छ । नेपाल विशेष सेवा विधेयकमा राष्ट्रिय अनुसन्धान विभागले कसैको अनुमतिविना नै जोसुकै व्यक्तिको फोन गोप्य रूपमा सुन्न र रेकर्ड गर्न सक्ने प्रावधान राखिएको छ । विशेष सेवा […]

  • सामाजिक सञ्जाल दुरुपयोगमा जन्मकैदकाे त्रास

    काठमाडौं, २२ पुस । विद्युतीय प्रणालीको दुरुपयोग गरे जन्मकैदसम्मको सजाय हुन सक्ने देखिएको छ। संसद्मा दर्ता भएको सूचना तथा प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक जस्ताको तस्तै पारित भए कसैले सामाजिक सञ्जाल वा विद्युतीय प्रणालीमार्फत राज्यविरुद्धको अपराध हुने खालको कुरा उल्लेख गरे अधिकतम जन्मकैदसम्मको सजाय हुन सक्ने देखिएको हो। विकास तथा प्रविधि समितिले पास गरिसकेको […]

  • सामाजिक सञ्जाल सम्बन्धि विद्येयक खारेजीको माग

    काठमाडौं, २१ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्तं) ले सामाजिक सञ्जाल सम्बन्धि विद्येयकबाट सरकारले भजन मण्डली तयार गर्न लागेको ठहर गरेको छ । सो पार्टीले प्रस्तावित कानुनको खारेजीको माग समेत गरेको छ । ‘यो कानुनलाई रुपमा सत्ता पक्षले मर्यादा र अनुशासनको प्रतिक बताए पनि सारमा यो अभिव्यक्ति स्वतन्त्रता माथि बन्देज लगाएर सत्ताको भजन मण्डली तयार […]

  • नेपालमा दर्ता नभए प्रतिबन्ध लाग्ने

    काठमाडौं, २१ पुस । नागरिकको आवाजलाई उठान गर्ने वैकल्पिक मञ्चका रुपमा विकास भइरहेका सामाजिक सञ्जाल नेपालमा दर्ता नभए कुनै पनि बेला सरकारले प्रतिबन्ध लगाउने सक्ने विज्ञले बताएका छन। संसदीय समितिबाट पारित भई प्रतिनिधिसभामा विचाराधीन सूचना तथा प्रविधि विधेयकमा सामाजिक सञ्जाल मुुलुकभित्र दर्ता नभएमा प्रतिबन्ध लगाउन सक्ने व्यवस्था छ। विधेयकको दफा ९१ मा सरकारले उपलब्ध गराएको […]

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल