गीत/गजल/मुक्तक

गीत/गजल/मुक्तक

  • गजल

    धुलोबाट पिचमा पुग्छ पुग्छ एक दिन छेउको मान्छे बीचमा पुग्छ पुग्छ एक दिन । कतिन्जेल रमाउला र पराजय पनि हारबाट जीतमा पुग्छ पुग्छ एक दिन । सङ्घर्षको बाटोलाई छिचोलिसकेपछिहेय पनि मितमा पुग्छ पुग्छ एक दिन ! आफैँ कस्छ लगाम यो नयाँ बिहानीले छाडाबाट रीतमा पुग्छ पुग्छ एक दिन !

  • गजल

    नकार ता वाहनाभित्र रै’छ स्वीकारको चाहनाभित्र रै’छ बुझ्नै नसक्ने नवनीतको कथा वहारको कल्पनाभित्र रै’छ भाषा अनौठो पनि बुझ्नुपर्ने सञ्चारको कामनाभित्र रै’छ पुग्ने नयाँ मार्ग घुमाउरो रे पियारको आर्तनाभित्र रै’छ ।

  • गजल

    तिम्रो हातले भरी गिलास पिलाएको छुट्टै मजा ‘को खाई, को खाई’ भन्दै सितन खिलाएको छुट्टै मजा को हुन्छन् र ओठ टोकी गिलास भर्दै दिने मान्छे त्यसमाथि झन् बाहुपास नै दिलाएको छुट्टै मजा मध्यरात छ, हामी दुई छौँ, चकमन्न अँध्यारो छ छाम्छाम छुमछुम गर्दै ओछ्यान मिलाएको छुट्ट्रै मजा यता मैले तान्दा उता तिम्ले तान्दा फाट्यो च्यादर […]

  • गजल

    कता हो कता म हराउन थालेछु नदेखिने दृश्यमा रमाउन थालेछु पहिले त डर लाग्थ्यो मृत्युसित अचेल जिन्दगीसित डराउन थालेछु फूल–प्रसादले नपुगेर तिम्रो द्यौतालाई ढोग्दै आफ्नै शीर पनि चढ़ाउन थालेछु नरोकिँदा यो बाडुली, यस्तो लाग्छ कसैलाई म फेरि याद आउन थालेछु जतिबार खाए ’नि बिर्सने कसम तिम्लाई झन् मन पराउन थालेछु ! – इमाडोल, ललितपुर

  • गीत

    पुर्खाले छाडेको त्यो पुख्र्यौली माटो त्यहाँसम्म गाँस्नु छ मायाको बाटो त्यै दौरा–सुरुवाल, त्यै ढाका–टोपी त्यै मुन्द्री–गुन्यू र चौबन्दी–चोली गोर्खाली मन नेपाली पन अरू के पो छ र यही हाम्रो धन विश्वको शिखर सगरमाथाको काखमा बस्छन् मेरा दाइ परिवारको साथमा टाढा छौँ हामी नठान्नू है पराइ तिम्रै रगतको हो यो तिम्रै हो भाइ गोर्खाली मन नेपाली […]

  • त्यसैत्यसै चित्त बुझाउँछु बुबाको मृत्युमा पनि !

    छोरो गाउँ फर्किएला भनेर मेरै बाटो हेरिरहनु भएका मेरा बुबा पितृ बन्नु भएपछि उहाँको सम्झनाले अचेल दैनिक आँसु बगाउँछु उहाँको वात्सल्यमा बितेका मेरो बाल्यकाल सम्झेर रुन्छु बिसेक हुनुहोला भनेर खुवाइएका औषधीका प्रेसक्रिप्सन छातीमा टाँसेर भक्कानिन्छु ! मुटुमा चिसो सिरेटो छिरिरहेछ हुरीले छानो उडाएको झुपडीजस्तै उदाङ्गो भएको छु बुबाले बाल्नुभएको तीर्थधामजस्तो चुलो निभेर छातीभित्र गढेको छ […]

  • भाग्य र समय

    समय त समय मै वदलिन्छतर मान्छे कहिले वदलिन्छकेही थाहा हुदैन !! त्यसैले भाग्य र समयलाई होइनस्वयम् आफैमा निर्भर हुन सिकौखुशी त यो दिल भित्र छ सिरीफसन्तुष्ट रहन जान्नुपर्छ !!

  • गजल

    आक्षेपको आगो नबाल्नु पर्थ्याे मनभरि पाप नपाल्नु पर्थ्याे प्यासकै कारण पानी मागेको हुँबित्थामा शङ्काले नचाल्नु पर्थ्याे घाम डुब्दै गर्दा मन डुबेथ्योडुब्नेप्रति मन नफाल्नु पर्थ्याे कहिले रिन खाएँ पत्तै भएनशङ्काको भरमा नढाल्नु पर्थ्याे शङ्कालु वर्षाले निथु्रक्क भिजेँ नुन छर्किएर नगाल्नु पर्थ्याे।

  • गीत

    खोजी हेर देशको माटो पारि किनार पुग्यो कि ? छोई हेर छेउफेरो, पराई पाउ पर्यो कि ? ढलपल कतै पनि नहोस् जङ्गेपिलरजसै छन् अविचल, अग्ला हिमशिखर गनी हेर खम्बा ती, कहीँ कुनै हरायो कि ?छोई हेर छेउफेरो, पराई पाउ पर्यो कि ? स्वाधीनताको. साँध, हाम्रो पुर्खाको शान सीमाना हो सार्वभौम, नेपालीको प्राण छामी हेर मुटुलाई, […]

  • यहाँ के छैन? सबथोक छ असङ्ख्य रोग छ, केवल हर्ष छैन, यहा त्यसमाथि रोक छ

    यहाँ यी दुवैथरी उदास छन्,
    दुवैथरी निरास छन्,
    मानिस उदास छन्,
    किनकी तिनलाइ यहाँ,
    रात रातभरी उपियाँले टोक्छ
    दिन दिनभरी रुपियाँले टोक्छ

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल