कविता

कविता

  • आँखा

    कुनै अपराध गर्दागर्दै अपराध गर्नेको र देख्नेको आँखा जुधे के हुन्छ ! ऊ शारीरिक रूपमा कैद नभए पनि आँखामा कैद भैसकेको हुन्छ उसलाई जीवनभर कमजोर र ग्लानि बनाउने त्यो आँखा कति शक्तिशाली ! तीन–चार महिनाको बच्चा बोल्दैन तर आँखाको भाषा बुझेर उसैसँग रमाउँछन् मातापिता बच्चा पनि मातापिताको आँखा पढेर हात–खुट्टा फ्याँकेर मुस्कुराउँछ आँखा आँखाको प्रेम […]

  • योद्धाको नियति र विषकन्याको मन्द मुस्कान

    मलाई एउटा इमानसँग सम्झौता गर्न मन लागेको छ जसले कहिल्यै पनि बेइमानी नगरोस् आफैँसँग पहिले योद्धाको देशमा काँतरहरूको प्रवेश निषेध गरौँ लुकेर मार हान्ने काँतर हुन् कसैलाई, कुनै काँतरलाई कृत्रिमताका साथ योद्धा बनाएर युद्धमा पठाउँदाको परिणाम तपाईँ आफैँ भोग्नुस् दुर्भाग्य, त्यो परिणामको उपभोक्ता तपाईँमात्र हुनुभएन हामी सबै भयौँ विनाकारण, योद्धा भएकाले काँतरको निशानामा प¥यौँ तपाईँ […]

  • पासफेल, जहाज–रेल

    वायुसेवा निगमको त्यो लगानी उड्यो, सिद्धियोअब जलसेवा निगम आयो, नउड्ने डुब्ने भित्रियो जता फक्र्यो झिलिमिली बिजु्ली, खानी नै खानी, तेलैतेल यतै एयरपोर्ट, उतै हेलिप्याड देशैभरि रेलैरेल सहर, गाउँ, जता जाऊँ, मेट्रैमेट्रो, ठेलमठेल घरघर ग्याँस, टोलटोल उद्योग, सर्प–बिच्छी–भ्यागुतो मेल तलब–भत्ता बढी–बढाउ छ, तक्मा–सम्मान बाढी भेल आयो मदारी मसान जगाई, काला जादु हेरौँ खेल ! पासफेल, जहाज–रेल […]

  • रोयो आज आर्यघाट

    नदीनाला मात्र होइन लिपुलेक, कालापानी पनि नक्सैमा राखिसके छिमेकीले हाम्रो भूमि । टेकेर मेरै देशको छाती छिमेकी लुट्दै छ अस्मिता हाम्रो कालापानी अहिले भैरहेछ रमिता । दुस्मन भगाऔँ हामी सबै नेपालीे मानव पर्खाल बनी टीका लगाऔँ माटोको दुस्मनको नाश गर्न भनी । सुस्ता, लिपु, महाकाली अनि कालापानी जुन ठाउँमा दुखे पनि हुने हुन् घाइते हाम्रै […]

  • दुई छोटा कविता

    १. रङ एउटा पहेँलो पात झर्यो मैले सोधेँ – ‘किन झर्यौ ?’ उसले सहजताका साथ जवाफ दियो – ‘देख्दैनौ, म हरियोे छैन’ झसङ्ग भएँ म यो सम्झेर कतै म पनि पहेलिएको त छैन ? २. साँचो मलाई साँचो मन पर्छ यो नभए मेरो कोठाको ताल्चा खुल्दैन र, मेरो मनले भन्छ आफ्नो कोठाको ढोका आफैले फोड्नु […]

  • जीवन–सपना

    जन्मिन त जन्मियौ तिमी तर जन्मिएर के पायौं ? र गर्यौ के यस जन्ममा ? उदायौ, हिँड्यौ, बाटो फेर्यौ सुस्तायौ, पाइला बढायौ र अस्तायौ । सपना सजायौ सपनामै हरायौ रोकियौ, टोलायौ, अलमलियौ र बिलायौ । न ब्यूँझियौ न त ब्यूँझाइयौ ब्यूँझियौ भने पनि निद्रामा ब्यूँझियौ र निद्रामै निदायौ । उठेनौ तिमी आफै न त कहिल्यै […]

  • पाकेको फल र चिप्लो रुख

    लेकाली पथ लाग्न सक्तछ जुका बर्साद बेला परी जोरी खोज्दछ हुन्डरी नजिकमै टोपी खसाल्ने गरी नागी जङ्गलभित्र हिँड्छ कुहिरो–हुस्से गरी साउती चिप्लेला हिँड सुस्तसुस्त पनले थामेर आफ्नो गति पानी सिम्सिम गर्छ शीतकणझैँ चिस्याउँदै कानमा हल्लिन्छन् शिशु–पात फिर्फिर गरी नाचेर उद्यानमा टाढैबाट नियाल्छ रे वनचरो ‘को हो’ र ‘को हो’ गरी ‘पाक्यो काफल’ भन्छ काफल चरी […]

  • मेरो स्वर्ग

    हामीमध्ये धेरै छौँ स्वर्गको आशामा परलोकको मीठो चाहनामा मलाई भने स्वर्ग यहीँ नै छ म जहाँ जन्मिएँ त्यही नै मेरो जिउँदैमा देखिएको स्वर्गमलाई मरेपछिको स्वर्ग चाहिँदैनकिनभने नमरी स्वर्ग देखिँदैन त्यसैले मेरो पहिचान सायद स्वर्गमा नहोला रीस र रागको अलाप र लोभ नहोला, लाज नहोला, जायजन्म नहोला आस्था र भरोस नहोला नहोलान् नातागोता कल्पित स्वर्गभन्दा मेरो […]

  • मेरो ठेगाना

    ( अमृता प्रीतम पंजाबी भाषाकी प्रसिद्ध कवियित्री हुन् । उनको जन्म इश्वी १९१९ मा गुजराँवाला पंजाबमा भएको थियो । उनको बाल्यकाल लाहौरमा बित्यो । किशोरावस्थामा कविता, कथा र निबन्ध लेख्न शुरु गरिन् । उनका प्रकाशित कृतिको संख्या पचासभन्दा बढी छ । उनका कति कृति त अनेक देशी विदेशी भाषामा अनुदित पनि छन् । प्रीतम पंजाबी […]

  • घर

    वर्षौंदेखि व्याकरण पढाउने गुरुहरूसँग म विमति राख्दै आइरहेछु उनीहरू घरलाई जातिवाचक भन्छन् म घरलाई भाववाचक भन्छु ्र महोदय, के तिमी आफ्नो घर सम्झँदा घरको दलिन , ढुङ्गा र माटो सम्झन्छौ ? घरका सामान र घरसम्म पुग्ने बाटो सम्झन्छौ ? घरका आकार प्रकार या कुनै खास पाटो सम्झन्छौ ? कि सम्झन्छौ ? बाबाको अपार आशिर्वाद परिवारको […]

  • 1
  • 2

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल