दिनचर्या

दिनचर्या

  • मान्छेको जिन्दगी पनि लीला नै हो – २

    (गत हप्ता हामीले वरिष्ठ आख्यानकार कृष्ण धरावासीसँग उहाँको जीवनचर्याका बारेमा संवाद गरेका थियौँ । यस अङ्कमा लीलालेखन र नेपाली साहित्यका विभिन्न आन्दोलन र विचारमा केन्द्रित रहेर संवाद गर्दैछौँ ।)

  • मान्छेको जिन्दगी पनि लीला नै हो – १

    नेपाली साहित्यका वरिष्ठ आख्यानकार तथा लीलालेखनका व्याख्याता कृष्ण धरावासीको जन्म वि. सं. २०१७ साल साउनमा पाँचथर जिल्लाको अमरपुर गाउँमा भएको हो । उहाँको नागरिकताको नाम कृष्णप्रसाद भट्टराई हो, ‘धरावासी’ भने उपनाम हो । साढे चार दशकजति साहित्य साधनामा बिताउनु भएका सिर्जनशील, लीलाबोधी, सचेत र परिपक्व नागरिकको जीवनचर्या के–कस्तो छ ? पहिला हामी त्यो बुझौँ ।

  • आलोचना पचाउन सक्नुपर्छ

    नेपाली गजलका शिखर पुरुष ज्ञानुवाकर पौडेलको जन्म वि. सं. २००४ सालमा काठमाडौँको गौशालामा भएको हो । उहाँको पहिलो गजल २०३५ सालमा अभिव्यक्ति पत्रिकामा प्रकाशन भएको हो । त्यस समयदेखि आजसम्म, उहाँ निरन्तर गजल लेखन र यसलाई प्रतिष्ठापित गर्ने अभियानमा समर्पित हुनुहुन्छ ।

  • पाठकको प्रेमले हामी उर्जावान हुन्छौँ – २

    (गत हप्ता हामीले नेपाली साहित्यिक पत्रकारिताका शिखर पुरुष नगेन्द्रराज शर्माको जीवनचर्याका बारेमा संवाद गरेका थियौँ । आजको अङ्कमा प्रस्तुत छ – नेपाली साहित्यका विविध पक्ष र उहाँका अनौठा आनीबानीका बारेमा उहाँसँग गरिएको संवाद ।)

  • पाठकको प्रेमले हामी उर्जावान हुन्छौँ – १

    साहित्यिक पत्रकारिताका शिखर पुरुष तथा लेखक नगेन्द्रराज शर्मा वि.सं. १९९४ साल चैत्र महिनामा रामेछापको मन्थलीमा जन्मनुभएको हो । उहाँले वि.सं. २०२७ सालमा साहित्यिक पत्रिका ‘अभिव्यक्ति’को सम्पादन/ प्रकाशन आरम्भ गर्नुभयो । आजका मिति सम्ममा अभिव्यक्तिको २०३ औँ पूर्णाङ्क प्रकाशन भइसकेको छ । अहिले उहाँ व्यक्तिगत उमेरका हिसाबले ८३ औँ वर्षमा हिँड्दै हुनुहुन्छ भने साहित्यिक पत्रकारका रूपमा आधा शताब्दीको यात्रा पूरा गरिसक्नुभएको छ । उहाँलाई एउटा कालखण्डको जीवित इतिहास मान्न सकिन्छ । यस्ता सचेत, परिपक्व र सिर्जनशील नागरिकको जीवनचर्या र आम मानिसको जीवनचर्यामा के–कस्ता समानता र भिन्नताहरू छन् त ! पहिला हामी त्यो बुझौँ ।

  • जीवन हरेक पल बदलिन्छ – ३

    (हामीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको दिनचर्याका बारेमा संवाद गरेको यो तेस्रो अंक हो । गत हप्ता हामीले कविवरसंग बाल गीत र बाल कविताकाबारेमा संवाद गरेका थियौं । प्रस्तुत छ आजको अंकमा उहाँका कविताका विषय र प्रवृतिकाबारेमा गरिएको संवाद । )

  • जीवन हरेक पल बदलिन्छ – २

    (गत साता हामीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको दिनचर्याका बारेमा संवाद गरेका थियौँ । आजको भागमा हामी उहाँले रचना गर्नुभएका बालगीत र बालकविता बारेमा संवाद गर्दैछौँ ।
    उहाँका रचना बालकले जति मन पराउँछन्, त्यत्तिकै मात्रामा अरू उमेरकाले पनि रुचाउँछन् । बालसाहित्यका क्षेत्रमा उहाँको योगदान बेजोड छ । प्रस्तुत छ यिनै सन्दर्भमा कविवरसँँग गरिएको बालसाहित्य संवाद । )

  • जीवन हरेक पल बदलिन्छ – १

    राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई भेट्दा र कुरा सु्न्दा यस्तो लाग्छ, उहाँ ५० –६० वर्षभन्दा ज्यादाको हुनुहुन्न । अझ कमको हुनुहुन्छ । त्यसैले होला, उहाँलाई जतिपल्ट भेटे पनि मानिस अघाउँदैनन् । फेरिफेरि भेट्न चाहन्छन् । उहाँका कुरा सुनेर कोही थाक्दैनन् । सुनिरहन चाहन्छन् । अझ सुन्न चाहन्छन् ।

  • बालकृष्ण सम – कविताको व्याप्ती

    एक साधु ठूलो डालो लिएर
    कविता बटुल्न वनतिर लाग्यो,
    डाँडाकाँडा, खोलानाला, लेकबेँसी सबैतिर दौड्यो,
    छाँगोपाँगो, फलफूल, सागपात जताजतै कति खोज्यो,
    कतै पाएन,
    उसले ठान्यो- कवितासविताको ऋतु त्यो हैन रहेछ;
    हताश भई फर्कन लागेको उसलाई एक रसिकले भेट्यो ।

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल