शिक्षा

शिक्षा

  • नयाँ पाठ्यक्रम प्रति विज्ञहरुको विरोध

    काठमाडौँ । आगामी शैक्षिक सत्र २०७७र०७८ देखि नेपाल सरकारले लागू गर्ने भनिएको कक्षा ११ र १२ को पाठ्यक्रम प्रारुप प्रति विज्ञहरुले असन्तुष्टि जनाउने क्रम तीब्र रुपमा बढ्दै गई रहेको छ । विज्ञान र प्रविधिको मेरुदण्ड मानिएको गणित विषयलाई पाठ्यक्रमको प्रारूपबाटै हटाउने गृहकार्य सरकारद्वारा भइरहेको छ । कक्षा ११ र १२ मा विज्ञान तथा व्यबस्थापनका विद्यार्थीले […]

  • स्वास्थ्य, रक्षा र पर्यटन मन्त्रालय विश्वविद्यालय खोल्ने प्रतिस्पर्धामा

    काठमाडौं, ६ माघ । नेपाल सरकार कार्यविभाजन नियमावलीले शिक्षा क्षेत्रको सम्पूर्ण जिम्मेवारी शिक्षा मन्त्रालयलाई दिएको छ । तर, नियमावली र अन्तर्राष्ट्रिय अभ्यासविपरीत अन्य मन्त्रालयले पनि विश्वविद्यालय सञ्चालनको तयारी गरेका छन् । विभागीय मन्त्री सहकुलपति रहने गरी पर्यटन र रक्षा मन्त्रालय विश्वविद्यालय स्थापनाको दौडमा छन् । स्वास्थ्य मन्त्रालयले त अहिले नै ६ वटा प्रतिष्ठान ९डिम विश्वविद्यालय० चलाइरहेको छ । पर्यटन […]

  • थेत्तरा मेडिकल कलेज

    काठमाडौं, ५ माघ । विद्यार्थीबाट असुलेको अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने सहमति मेडिकल कलेज सञ्चालकले पालना गरेका छैनन्। बर्सेनि ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने उनीहरूले अभिभावकलाई जिल्याउँदै आएका छन्। सरकारको निर्देशनसमेत अटेर गरेका छन्। उनीहरूले अतिरिक्त शुल्क समायोजन वा फिर्ता जुन अनुकूल हुन्छ त्यही गर्ने सहमति शिक्षा मन्त्रालयसँग मंसिर १० गते गरेका थिए। त्यो काम […]

  • दलितलाई निःशुल्क शिक्षा

    काठमाडौं, २ माघ । राज्यले दलित समुदायलाई सबै तहको शिक्षा निःशुल्क दिने भएको छ। विद्यमान कानुन संशोधन गरी सरकारले यस्तो व्यवस्था गर्न लागेको हो। प्रतिनिधि सभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिमा छलफलमा रहेको केही नेपाल ऐन संशोधनसम्बन्धी विधेयकमा यो व्यवस्था गर्न लागिएको हो। विधेयक राष्ट्रियसभाको विधायन समितिले पास गरिसकेको छ। विधेयकको व्यवस्था कार्यान्वयनमा आए दलित समुदायले […]

  • गण्डकी मेडिकल कलेजका सञ्चालक अर्यालको सबै सम्पत्ति रोक्का

    काठमाडौं, १ माघ । चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीलाई ठगेको आरोपमा मुद्दा खेपिरहेका गण्डकी मेडिकल कलेजका सञ्चालक खुमा अर्यालसँग करिब एक अर्ब रुपैयाँको सम्पत्ति भेटिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको प्रारम्भिक अनुसन्धानमा अर्यालको मेडिकल कलेज मात्र नभई हाइड्रो तथा बैंकमा समेत लगानी भेटिएको हो । उनले तिरेको करको तुलनामा अस्वाभाविक सम्पत्ति भेटिएको विभागले जनाएको छ । विभागले […]

  • शोधपत्र लेखनमा एकरुपता ल्याउनकालागि अभिमुखिकरण कार्यक्रम

    काठमाडौं, २८ पुस । त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र संकायले शोधपत्र लेखनमा एकरुपता ल्याउनकालागि चितवन,सुर्खेत, इटहरी र काठमाडौँमा शोधपत्र लेखन अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्यो । धेरैजसो शोधपत्र लेख्ने प्रक्रिया र मुल्याङ्कन गर्न प्रक्रियामा एकरुपता नभएकाले यसो गर्न परेको शिक्षा शास्त्र संकायका डिन प्रा.डा. कृष्ण गौतमले बताउनुभयो । शिक्षाशास्त्र संकायले अबको शोधपत्र अमेरिकन साइकोलोजिकल एशोसियसन (APA)को सिद्धान्तअनुसार हुनुपर्ने […]

  • कक्षा कोठामा छाता ओढेर पढ्न बाध्य

    रोल्पा, २५ पुस । चिसो र पानी परिरहेको मौसममा कक्षा कोठाभित्र विद्यार्थी छाता ओढेर बसिरहेका थिए भने शिक्षक पनि छाता ओढेरै पढाइरहेका थिए। पूरानो तथा जीर्ण भवनमा मात्र नभई नयाँ भवनमा समेत जस्ताबाट पानी चुहिन थालेपछि कोठाभित्र छाता ओढ्नुको बिकल्प नरहेको हो। पानी छल्न झोला कुनामा राखेर छाता ओढेर बेन्चमा बसेका छात्रछात्राहरुको दृष्यले नरमाईलो सन्देश […]

  • अझै एक हजार ५०० विद्यालय भवन पुनः निर्माण बाँकी

    बनेपा, २४ पुस । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) काभ्रेपलाञ्चाकले सामुदायिक विद्यालयको भवन निर्माण सम्पन्न भएका काभ्रेका १७६ विद्यालयलाई ‘सम्पन्न प्रमाणपत्र’ वितरण गरेको छ । ‘चौथो राष्ट्रिय पुनःनिर्माण प्राधिकरण स्थापना दिवस २०७६’ को अवसरमा बुधबार यहाँ आयोजित कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिमार्फत प्रमाणपत्र वितरण गरेको हो । केन्द्रीय आयोजना कार्यान्वयन एकाइ ९शिक्षा० का […]

  • चिसो बढेपछि विद्यालय दुई दिन बन्द

    तुलसीपुर, २४ पुस । अत्यधिक चिसो बढेपछि दाङको घोराही उपमहानगरपालिकाले नगरभित्रका विद्यालय दुई दिन बन्द गर्ने निर्णय गरेको छ । चिसोका कारण बालबालिका विद्यालय जान नसक्ने गरी प्रभावित भएकाले नगरपालिकाले बिहीवार ९आज० र शुक्रवार विद्यालय बन्द गर्ने निर्णय गरेको हो । उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकूद महाशाखाले बुधबार एक सूचना जारी गर्दै वर्षे बिदा कट्टी […]

  • विद्यालय भवन निर्माण बल्ल शुरु

    बनेपा, २३ पुस । भारतीय दूतावासले जिम्मा लिएको विद्यालय भवनको पुनः निर्माण बल्ल अगाडि बढेको छ । यहाँका १० विद्यालयका भवन निर्माण चारवर्षपछि सुरु भएको छ । ठेक्का आह्वान भई मङ्गलबार निर्माण कम्पनी छनोटको भएपछि पुन निर्माणले गति लिएको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्यवन एकाइ (शिक्षा) काभ्रेपलाञ्चोकका इञ्जिनीयर सोभित श्रेष्ठका अनुसार आह्वान […]

  • 1
  • 2
  • 9

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल