विदेश

विदेश

  • मिसाइल आक्रमण : यमनमा ८० सैनिक मारिए

    काठमाडौं, ५ माघ । यमनमा एक आर्मी प्रशिक्षण शिविरमा गरिएको मिसाइल आक्रमणमा परि कम्तीमा ८० सैनिक मारिएका छन् । अधिकारीहरुका अनुसार मरिब प्रान्तमा शनिबार भएको मिसाइल आक्रमणमा ठूलो सङ्ख्यामा सैनिक घाइते पनि भएका छन् । सैनिक स्रोतले समाचार एजेन्सी रोयटर्ससँग भन्यो, ‘राजधानी सनादेखि झण्डै १७० किलोमिटर टाढा एक मस्जिदलाई निसाना बनाइयो, जुन समय मानिसहरु नमाज […]

  • बेलायती राजकुमार ह्यारी र मेगनको शाही पदवी खोसिने

    लन्डन, ५ माघ । बेलायती राजकुमार ह्यारी तथा उनकी श्रीमती मेगनको शाही पदवी खोसिने भएको छ । उनीहरुले आउँदो वसन्त ऋतुदेखि ‘हिज, हर रोयल हाइनेस्’ भन्ने पदवी र शाही कोष पनि प्रयोग गर्न नपाउने बकिङघम राजदरबारले शनिबार घोषणा गरेको छ । तर ह्यारीलाई राजकुमार र ड्युक अफ ससिक्स् एवं मेगनलाई डचेस अफ ससिक्स् भनेर चाहिं […]

  • यसकारण एमसिसी सैन्यरणनीति अन्तर्गत छैन : अमेरिकी राजदूतावास

    काठमाडौं, ३ माघ । अमेरिकी राजदूतावासले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजनामा सैन्य संलग्नता नरहेको बुधबार स्पष्ट पारेको छ । एमसिसीमा अमेरिकी कानुनले नै सैन्य संलग्नता निषेध गरेको जनाउँदै दूतावासले १० बुँदामा यसबारे प्रस्ट पारेको हाे ।  एमसिसी, इण्डोप्यासिफिक रणनीतिकै अंग भएको भन्दै नेपालमा विरोध भइरहेको छ । एमसिसीबारे सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र व्यापक […]

  • युएईमा १८ नेपालीसहित २४ जना सवार मिनिबस दुर्घटना, पाँचको मृत्यु १९ घाइते

    अबुधाबी, २ माघ । संयुक्त अरब इमिरेट्स (युएई)को राजधानी आबुधाबीमा बिहीबार १८ नेपालीसहित २४ जना सवार मिनिबस दुर्घटनामा परेको छ । दुर्घटनामा पाँच व्यक्तिको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।  यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले २४ जना सवार मिनीबसमा १८ जना नेपाली रहेको जानकारी आफूले पाएको बताएका छन् । राजदूत ढकालले […]

  • अमेरिका र चीनबीच व्यापार सम्झौतामा हस्ताक्षर, १८ महिनादेखिको तनाव बिसर्जन

    काठमाडौं, २ माघ । अमेरिका र चीनबीच व्यापार सम्झौतामा हस्ताक्षर भएको छ । व्यापार सम्झौता भएसँगै दुई देशबीच चलेको १८ महिनादेखिको व्यापार युद्ध विसर्जन भएको छ । सम्झौता कार्यक्रममा चीनको तर्फबाट उपप्रधानमन्त्री लियु ही र अरु सरकारी अधिकारीह सहभागि थिए । गएको डिसेम्बरमा अमेरिका र चीन सरकारले व्यापार सम्झौताको दिशामा अघि बढ्ने निर्णय लिएका थिए […]

  • अमेरिकी राष्ट्रपति ट्रम्प विरुद्धका आरोपपत्र माथिल्लो सदन सिनेटमा पठाउने प्रस्ताव पारित

    संयुक्त राज्य अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले राष्ट्रपति डोनल्ड ट्रम्प विरुद्धको महाभियोगसम्बन्धी आरोपपत्रहरू माथिल्लो सदन सिनेटमा पठाउने एउटा प्रस्ताव पारित गरेको छ। राष्ट्रपतिविरुद्ध महाभियोगसम्बन्धी अबको प्रक्रिया सिनेटले शुरू गर्नेछ। राष्ट्रपति ट्रम्पविरुद्धको महाभियोगसम्बन्धी आरोपपत्रहरू सिनेटमा पठाउने प्रस्तावको पक्षमा २२८ मत खसेको थियो भने विपक्षमा १९३ मत खसेको थियो। हाउस अफ रेप्रेजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीले आरोपपत्रहरूमा […]

  • ह्यारी र मेगनलाई ब्रिटिश महारानी एलिजाबेथको समर्थन

    काठमाडौं, २९ पुस । ब्रिटेनकी महारानी एलिजाबेथले ड्युक र डचिस अफ ससिक्स पूर्ण रूपमा शाही भूमिकामा रहून् भन्ने चाहे पनि उनीहरूको निर्णयमा समर्थन रहेको बताएकी छन्। भावी भूमिकासम्बन्धी टुङ्गोमा पुग्नुअघि ड्युक र डचिस अफ ससिक्सलाई केही समय दिनेबारे महारानी सहमत भएकी छन् जुन समयमा यी दम्पती क्यानडा तथा यूकेमा बस्नेछन्। महारानी एलिजाबेथले नयाँ भूमिकासम्बन्धी उनीहरूको […]

  • रद्द भयाे परवेज मुसर्रफमाथिकाे मृत्युदण्डकाे सजाय

    काठमाडाैं, २८ पुस । पाकिस्तानको लाहोर हाइकोर्टले त्यहाँकाे विशेष अदालतलाई गैरकानुनी ठहर गर्दै भंग गरेको छ । साे विशेष अदालतले एक महिनाअघि पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफलाई देशद्रोहको आरोपमा मृत्युदण्डको सजाय सुनाएकाे थियाे । मुसर्रफलाई मृत्युदण्डको सजाय सुनाउने साे विशेष अदालत नै भंग भएपछि मुसर्रफलाई सुनाइएको मृत्युदण्डको सजाय रद्द भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मुसर्रफले […]

  • मध्यपूर्वको तनाव नेपालमा पाँच नोक्सान

    काठमाडौं, २८ पुस । मध्यपूर्वी मुलुक इरान र अमेरिकामा जारी तनावका कारण नेपाली अर्थतन्त्रमा गम्भीर असर पर्ने विज्ञहरूले जनाएका छन्। विगत केही दिनदेखि देखिएको तनावका कारण विश्व अर्थतन्त्रमा असर परिरहँदा नेपालमा त्यसको धेरै नै नकारात्मक प्रभाव पर्ने उनीहरूले चिन्ता जाहेर गरेका हुन्। उक्त तनावले खाडी मुलुकमा कार्यरत नेपाली कामदारहरू जोखिममा रहेकाले मानसिक तनाव बढेर नेपाल […]

  • इरान र अमेरिकाबीच युद्ध: ११ लाख नेपाली जोखिममा

    काठमाडौं, २५ पुस । इरान र अमेरिकाबीच तनाव बढ्दै गए मध्यपूर्वमा रोजगारीको सिलसिलामा रहेका १० लाखभन्दा बढी नेपाली जोखिममा पर्ने भएका छन् । इराकलगायत मुलुकमा रहेका नेपाली अहिलेसम्म सुरक्षित रहे पनि संकट थपिँदै जाँदा उनीहरूको उद्धार गर्न तयारी हालतमा बस्नुपर्ने निष्कर्ष सरकारले निकालेको छ । मध्यपूर्वमा रहेका नेपालीको उद्धार गर्न नेपाल वायुसेवा निगमको जहाज तयारी अवस्थामा राख्ने […]

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल