मुख्य समाचार

मुख्य समाचार

  • गौरिकालाई ६५ लाख, मण्डेकाजी, आयशा र सुवासलाई जनही २२ लाख पुरस्कार

    काठमाडौं, २५ मंसिर । १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा एकभन्दा बढी स्वर्ण जित्नेलाई प्रत्येक स्वर्णका लागि ११ लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणाअनुसार पौडीकी गौरिका सिंह, करातेका मण्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र गल्फका सुवास तामाङले प्रतिस्वर्ण ११लाखका दरले पुरस्कार पाउने भएका छन् । सागमा गौरिकाले पौडीबाट ४ स्वर्ण जितेकी छिन् […]

  • स्वर्णपदक विजेता खेलाडीहरुलाई जनही ९ लाख रुपैयाँ दिने प्रधानमन्त्रीको घोषणा

    काठमाडौं, २५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले १३औँ दक्षिण एसियाली खेलकुद (साग)का स्वर्णपदक विजेता खेलाडीहरुलाई जनही ९ लाख रुपैयाँ दिने घोषणा गरेका छन् । पदक विजेता खेलाडीहरुलाई बुधबार बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले पुरस्कारको घोषणा गरेका हुन् । प्रधानमन्त्रीको घोषणाअनुसार एकभन्दा बढी स्वर्ण जित्नेलाई खेलाडीलाई प्रतिस्वर्ण ११ लाख रुपैयाँ दिइनेछ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) […]

  • “भारतसँगको सीमा विवाद समाधानकोलागि प्रक्रिया सुरु गरिसक्यौं”

    काठमाडौं, २५ मंसिर । भूमी व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्री पद्यमा कुमारी अर्यालले सरोकारवाला, विज्ञ र सरकारबीच सहमति गरेर छिट्टै गुठी विद्येयक अघि बढाईने स्पष्ट पारेकी छिन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले गुठी विद्येयक अघि बढाउनेबारे तयारी भएको बताएकी हुन् । उनले भनिन्,“गुठी विद्येयक अघि बढाउनुपर्ने दुई वटा कारण छन्, […]

  • तीन सय ६८ स्थानीय तहको केन्द्रसम्म सडक पुग्न बाँकी

    काठमाडौँ, २५ मङ्सिर । सरकारले सडक निर्माणलाई उच्च प्राथमिकतामा राखे पनि देशभरका ७५३ स्थानीय तहमध्ये ३६८ स्थानीय तहको केन्द्रसम्म सडक पुग्न सकेको छैन । देशभरका सबै स्थानीय तहको केन्द्रसम्म कालोपत्र सडक पु¥याउने लक्ष्यका साथ स्थानीय पूर्वाधार विभागले गरेको अध्ययनमा यी स्थानमा कुनै पनि खालको सडक नभएको पाइएको हो । सडक पुग्न बाँकीमध्ये अधिकांश गाउँपालिका रहेको […]

  • राष्ट्रपतिद्वारा खेलाडीलाई बधाई

    काठमाडौँ, २५ मङ्सिर । राष्ट्रपति विद्यादेवी भण्डारीले १३औँ दक्षिण एशियाली खेलकूद ९साग० मा स्वर्णसहित विभिन्न पदक हासिल गरेका नेपाली खेलाडीलाई हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । राष्ट्रपतिले आज अपराह्न ट्वीट गर्दै प्रतियोगितामा सहभागी सबै राष्ट्रका खेलाडी तथा खेल पदाधिकारीमा आभार व्यक्त गर्नुभएको छ । साथै उहाँले सागको सफल आयोजनाका निम्ति युवा तथा खेलकूद मन्त्रालय, राष्ट्रिय […]

  • भारी हिमपातको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह

    काठमाडौँ, २५ मङ्सिर । इरान र अफगानिस्तानमाथि रहेको पश्चिमी वायुको प्रणाली आज साँझसम्म नेपालको पश्चिमी भूभागमा प्रवेश गर्ने भएको छ । उक्त प्रणालीको प्रभावले नेपालको पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपातको सम्भावना रहेकाले सतर्कता अपाउन मौसमविद्ले आग्रह गरेका छन् । यो प्रणाली बिहीबार अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र […]

  • सागमा सेनाका खेलाडीको योगदान : २३ स्वर्णसहित १०३ पदक

    काठमाडौँ, २५ मङ्सिर । तेह्रौँ दक्षिण एशियाली खेलकुद ९साग०मा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले २३ स्वर्णसहित १०३ पदक प्राप्त गर्न सफल भएको छ । प्रतियोगितामा व्यक्तिगत तथा सामूहिक गरी क्लबका २३ खेलाडीलाई सो सफलता मिलेको महासेनानी शशिकिरण रायमाझीले जानकारी दिनुभयो । प्रतियोगितामा नेपाली सेनाका खेलाडीले ३१ रजत र ४९ कास्य पदक प्राप्त गर्नुभएको छ । […]

  • क्रोध किन गर्नुहुँदैन ? हेर्नुहोस् आजको नीति वचन [भिडियो]

    क्रोधाद्भवति संमोहः संमोहात्स्मृतिविभ्रमः । स्मृतिभ्रंशाद्बुद्धिनाशो बुद्धिनाशात् प्रणश्यति ।। –गीता, २।६३ क्रोधले सम्मोहनको जन्म दिन्छ, सम्मोहनले स्मृतिमा विभ्रम पैदा गर्दछ, स्मृतिमा विभ्रम भएपछि बुद्धि नाश हुन्छ र मान्छे सकिन्छ । जीवनमा क्रोध नगर्नू भन्ने गीताको वचन छ । किनकि क्रोध गर्नाले मोहको उत्पत्ति हुन्छ । मोह भनेको एक प्रकारको लोभी पन हो । यसरी लोभमा फसिसकेपछि […]

  • साग पुरूष फुटबलः नेपाल र भुटान बिच पहिलो हाफ बराबरीमा

    काठमाडौँ,२४ मंसिर । दक्षिण एसियाली खेलकुद सागको पुरुष फुटबलमा भुटान र नेपाल विचको पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको छ । नबौ मिनेटमा मिक्चेन तामाङले पोष्ट भित्र पाएको मौकामा चुक्न पुगे । दर्शकले खचाखच भएको मैदानको १७ औं मिनेटमा नेपालले अग्रता बनायो । नेपालका लागि अभिशेख रिजालले गोल गरे । जारी प्रतियोगितामा अभिशेखको यो […]

  • अव्यवस्थित बसोवासको दिगो व्यवस्थापन हुन्छ : मन्त्री अर्याल

    काभ्रेपलाञ्चोक, २४ मङ्सिर । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले अव्यवस्थित बसोवासको दिगो व्यवस्थापन गरिने बताउनुभएको छ । भूमि व्यवस्थापन तालीम केन्द्र धुलिखेलद्वारा आयोजित ‘भूमि व्यवस्थापनमा क्षमता अभिवृद्धि एवं शैक्षिक अनुसन्धान तथा विस्तार’ विषयक दुईदिने अन्तरराष्ट्रिय कार्यशाला गोष्ठीको आज यहाँ उद्घाटन गर्दै उहाँले अव्यवस्थित बसोवासको दिगो व्यवस्थापन गर्ने अभियानमा मन्त्रालय लागिपरेको छ भन्नुभयो […]

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल