प्रवास

प्रवास

  • सियाचिन ग्लेसियरमा हिमपहिरो, चार सैनिकसहित ६ को मृत्यु

    काठमाडौं ३ मंसिर । एजेन्सी । भारत प्रशासित कश्मीरमा रहेको सियाचिन ग्लेसियरमा हिम पहिरो जाँदा चार जना भारतीय सैनिक र दुई जना भरियाको मृत्यु भएको छ । भारतीय सेनाको आठजना रहेको टोलीले हिमशृङ्खलाको करिब १९,००० फिट (५,८०० मिटर) को उचाईमा गस्ती गर्दै गरेको अवस्था हिमपहिरोमा परेका हुन् । पहिरोमा परेकाहरूको खोजी गर्न सेनाले ठूलो अभियान […]

  • उत्तर कोरियाले जो बाइडेनलाई ‘पागल कुकुर’ किन भने ? ट्रम्पको यस्तो बचाउ

    काठमाडौं २ मंसिर । अमेरिकी पूर्व राष्ट्रपति तथा आउँदो वर्ष हुने राष्ट्रपति चुनावमा डेमोक्र्या्टिक पार्टीका तर्फबाट उम्मेदवार बन्ने होडमा अघि रहेका जो बाइडेनमाथि केही दिनअघि उत्तर कोरियाले आक्रमक टिप्पणी गर्‍यो । उत्तर कोरियाले सरकारी सञ्चारमाध्यम केसिएनए मार्फत वक्तव्य जारी गरेर जो बाइडेनलाई ‘पागल कुकुर’ को संज्ञा दिएको थियो । बाइडेन शक्ति प्राप्तिका लागि आशक्त रहेको […]

  • २३ युरोपेली सांसदलाई भारत ल्याउने श्रीवास्ताव ग्रुपले पाकिस्तानको विरोध गर्न २६५ फेक न्यूज अनलाइन चलाइरहेको भेटियो

    काठमाडौं, २ मंसिर एजेन्सी । युरोपको एक सत्यतथ्य जाँच गर्ने एनजीओ ‘ईयू डिसइन्फो ल्याब’को अध्ययनले एक भारतीय नेटवर्कले ६५ देशमा २६५ ‘फेक मिडिया आउटलेट’मार्फत पाकिस्तानविरोधी प्रोपोगण्डा फैलाइरहेको पत्ता लगाएको छ । ती सबै ‘फेक मिडिया एकाउन्टस्’को सम्बन्ध दिल्लीको श्रीवास्ताव ग्रुपसँग जोडिएको देखिएको छ । श्रीवास्ताव ग्रुप अन्तर्गतको ‘अन्तराष्ट्रिय इन्स्टिीच्युट अफ नन–एलाइन्स स्टडीज’ले अघिल्लो महिना युरोपेली […]

  • डिभी परेर वडाध्यक्ष अमेरिकामा, वडा कार्यालय नेतृत्वविहीन

    हेटौँडा, २८ कात्तिक । मकवानपुरको भिमफेदी गाउँपालिका– ८ का वडाध्यक्ष डिभी परेर अमेरिका गएपछि सार्वजनिक सेवा र विकास निर्माणको काम प्रभावित भएको छ । चुनाव जितेका वडाध्यक्ष अमेरिका गएपछि विगत सात महिनायता वडा कार्यालय नेतृत्वविहीन बनेको छ । समयमै राजीनामासमेत नआएपछि त्यहाँ उपनिर्वाचनसमेत नहुने अवस्था रहेको जनाइएको छ । वडा सदस्य नवराज अधिकारीलाई कार्यवाहक अध्यक्षको […]

  • मलेसियामा एक नेपालीको मृत्यु

    राजविराज, २२ कात्तिक । सप्तरीको तिरुहुत गाउँपालिका–३ पिप्रराहीटोलका ३२ वर्षीय प्रमोद भिनवार यादवको मलेसियामा मृत्यु भएको छ । मलेसियाको जोहर मोआर एरिया कुन्दन उल्लुस्थित जिलियन क्रेसियन कम्पनीमा कार्यरत यादव ड्युटीमा जानका लागि तयार भएको बेला अचानक बेहोस भएर मृत्यु भएको उनका जेठान सुरेन्द्रकुमार यादवले जानकारी दिनुभयो । अचानक बेहोस भएर मृत्यु भएको भनिएपनि कुन कारणले […]

  • एनआरएनएको मध्यपूर्व संयोजक र उपसंयोजकमा निर्विरोध

    असोज २९, काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएको मध्यपूर्व संयोजक र उपसंयोजकमा निर्वरोध निर्वाचन हुने भएको छ । दुवै पदमा एक जनाको मात्र उम्मेदवारी परेका कारण निर्विरोध निर्वाचनज हुने भएको हो । सर्वसम्मत निर्वाचित हुनेमा संयोजकमा प्रवीण गुरुङ (कतार), उपसंयोजकमा मनोजकुमार श्रेष्ठ ‘गोरखाली’ (युएई) र अर्का उपसंयोजकमा राजेन्द्रकुमार अर्याल ‘जोन’ (साउदी अरब) रहेका छन् । […]

  • खुल्यो सन् २०२१ का लागि अमेरिका जाने डीभी, यसरी भर्नुहोस्

    काठमाडौं, १५ असोज । सन् २०२० का लागि अमेरिकी डाइभर्सिटी भिसा अर्थात् डीभीका लागि आवेदन खुलेको छ । यसपटक आवेदन फाराम भर्दा पासपोर्ट नम्बर, पासपोर्टको म्याद र इमेल अनिवार्य गरिएको छ । आज मध्याह्नदेखि नोभेम्बर ५ २०१९ को मध्याह्न १२ बजेसम्म आवेदन दिन सकिनेछ । आवेदन फाराम भर्न कुनै शुल्क भने लाग्दैन । अनलाइनमै डीभीको […]

  • केन्द्रिय सचिवका लागि संयोजक गौरी जोशीको उम्मेदवारी

    अमेरिका, गैरआवसिय नेपाली संघ अमेरिका क्षेत्रका क्षेत्रिय संयोजक गौरी जोशीले आइसिसि सचिवको लागि औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छन । एनआरएन अमेरिकामा लामो समयदेखि क्रियाशिल जोशीले आफ्नो कामको अनुभवका आधारमा आईसिसिको महत्वपुर्ण पदमा बसेर काम गर्न सकिने बताउँदै ग्लोबल संस्थामा काम गर्न आफुसंग अनुभव र श्रोत साधन सबै व्यवस्थापन गर्न सकिने बताए ।

  • राती १२ बजे घाम लाग्ने देशको कथा -८

    -हरिविनाेद अधिकारी-

    वास्तवमा जीवन नै यात्रा हो, जीवनका प्रत्येक पल नै , हरेक पल नै अनुभवका लागि हुन् । कुनै अनुभवले खुसी दिएको जस्तो लाग्छ त कुनै अनुभवले दुःख भएको जस्तो लाग्छ ।

  • पोर्चुगलमा कखरा सिक्दै नेपाली बालबालिका

    काठमाडौं, १२ साउन । पोर्चुगाली भाषा बोल्न र लेख्न सक्ने सदीक्षा गौतम यतिबेला कखरा सिक्न तल्लीन छिन् । लण्डनमा जन्मेकी र पोर्चुगलमा हुर्केकी सदीक्षा भर्खरै सात वर्षकी भइन् । विदेशमै जन्मेकी र विदेशी भूमिमै हुर्केकी सदीक्षाले नेपाली भाषा बोल्न सक्ने भए पनि लेख्न भने सक्दिनन् तर पोर्चुगाली भाषा बोल्न मात्र होइन खरर लेख्न पनि सक्छिन् । […]

  • 1
  • 2

सम्पादकीय समुह

राशिफल