पर्यटन

पर्यटन

  • साहसिक पदयात्राको गन्तव्य बन्दै धौलागिरि पदमार्ग

    बेनी, ६ कात्तिक। म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौँ (८,१६७ मिटर) अग्लो धौलागिरि हिमालको आधार शिविर जाने पदमार्ग साहसिक पदयात्राको रुपमा विकास हुन थालेको छ । अग्ला पहाड र हिमालको फेदी हुँदै निर्माण भएको पदमार्गमा हिमाल आरोहण, धौलागिरि हिमालको फन्को मार्न र आधार शिविरसम्मको पदयात्रामा जाने पर्यटक आकर्षित हुन थालेका हुन् । केही वर्ष […]

  • गाभर भ्यालीमा आन्तरिक पर्यटकको लर्को

    राँझा, ५ कात्तिक । बाँकेको बैजनाथ गाउँपालिकास्थित गाभर भ्याली सामुदायिक घरवासमा घुम्न आउने आन्तरिक पर्यटकको चहलपहल बढेकोे छ । नेपाल सरकारले सूचीकृत गरेका प्रमुख १०० पर्यटकीय गन्तव्यमा परेको गाभर भ्याली घरवासमा घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या दैनिकरूपमा बढ्दो रहेको गाभर भ्याली सामुदायिक घरवासका अध्यक्ष कृष्णलाल चौधरीले बताउनुभयो । उहाँका अनुसार, बाँके, बर्दिया मात्र भई कर्णाली, […]

  • दोविल्ला क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने

    पोखरा, ४ कात्तिक । पोखरा महानगरपालिका–२१ स्थित दोविल्लालाई धार्मिकस्थलको रुपमा विकास गरिने भएको छ । दोविल्लाघाट संरक्षण तथा व्यवस्थापन समितिले यस क्षेत्रलाई व्यवस्थापन तथा संरक्षण गर्दै हरित उद्यानका रुपमा समेत विकास गर्ने लक्ष्यका साथ यहाँको ८० रोपनी जमीनमा तीन वर्षयता विभिन्न प्रजातिका फलफूलसहितका बिरुवा रोप्दै आएको छ । समितिका अध्यक्ष भरत रायमाझीका अनुसार हालसम्म ६०० […]

  • रारा–सिञ्जा घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि

    खलङ्गा, ३० असोज – चारै तिर मनमोहक हिमाल, वरीपरि हरीयाली जंगल, बिचमा सुन्दर ताल रारा । समुन्द्री सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको मुगुको रारा तालले पर्यटकलाई मनै लोभ्याएको छ । मुगु सदरमुकाम गमगडीको पश्चिम पट्टि १० किमी लम्बाई र ३ किमी चौडाईमा फैलिएको १६७ मिटर गहिरो रारा ताल हेर्ने पर्यटकहरु अहिले […]

  • चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपालको पर्यटन प्रवर्द्धनमा बहुआयामिक प्रभाव पार्नेछ : मन्त्री भट्टराई

    काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले नेपालको पर्यटन प्रवर्द्धनको क्षेत्रमा बहुआयामिक प्रभाव पार्ने बताएका छन्। उनले वर्षेनी चिनियाँ पर्यटक वृद्धि भइरहेको सन्दर्भमा राष्ट्रपति सीको भ्रमणले नेपालमा चिनियाँ पर्यटकको निम्ति महत्वपूर्ण आकर्षण बन्ने र यसले चिनियाँ पर्यटकको बढोत्तरी हुने विश्वास व्यक्त गरे।     मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका […]

  • पर्यटक लोभ्याउँदै पुरन्धरा झरना

    – नारायणी रजौरे – दाङ, २३ असाेज । पश्चिम दाङको बबई गाउँपालिका– ५ मा पर्ने पुरन्धरा झरना हेर्न जानेको सङ्ख्या दिनानुदिन बढ्दो छ । तीनतिरबाट जङ्गलले घेरेको पश्चिमतर्फ भने बबई नदी छ । नदीको करीब १० मिटर टाढा पूर्वतर्फ मनोरम पुरन्धरा झरना छ । करीब ४५ मिटर उचाइको सो झरनाबाट पानी तल खस्ने गरेको मनमोहक […]

  • गोरखा दरबारमा पृथ्वीनारायण शाहकालीन हतियार र पोशाकसहित सेना

    गोरखा, १७ असोज । ऐतिहासिक गोरखा दरबारमा पृथ्वी नारायण शाहकालीन हतियार र पोसाकसहित नेपाली सेना बस्न थालेका छन् । कालो दौरा सुरुवाल, कम्मरमा खुकुरी, टाउकोमा चाँदतोडा र हातमा भरुवा बन्दुक लिएर सेना दरबारको सुरक्षामा खटिएका छन् । सुरक्षाका लागि नेपाली सेनाको रणसिंह दल गणको पहलमा शार्दुल जंग गुल्म हनुमानढोकाको टुकुडी ल्याइएको छ । मन्दिरको दायाँबायाँ […]

  • नेपालगञ्जमा नगर बसमा ‘महिला’ कन्डक्टर

    नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकाले बाँकेका विभिन्न ‘रुट’ मा नगर बस सञ्चालनमा ल्याएको छ । सञ्चालनमा ल्याइएका बसमा परिचालक ‘कन्डक्टर’ महिला राखिएको छ । काठमाडौँमा चल्ने सवारीसाधनमा महिला चालक र परिचालक देखिन्छन् ।  मोफसलमा नेपालगञ्ज उपमहानगरपालिकाले ‘कन्डक्टर’ महिला राखेको पहिलो भएको दाबी गरेको छ । प्रमुख डा धवलशमसेर राणा भन्छन्, “हाम्रा दिदीबहिनीलाई अवसर दिने हो भने जिम्मेवारी […]

  • घोडेपानीमा पर्यटक खचाखच

    गलेश्वर, १५ असोज । राउण्ड अन्नपूर्ण अन्तर्गतको प्रशिद्ध पर्यटकीयस्थल घोडेपानीमा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढे पनि प्रतिकूल मौसमका कारण पर्यटकले दृश्यावलोकनको आनन्द लिन पाएका छैनन् । विगत पाँच दिनदेखि छिनछिनमा बादल लाग्ने, वर्षा हुने तथा मौसमले साथ नदिएपछि कैयौं दिन लगाएर घोडेपानी तथा पुनहिलको भ्रमणमा आएका स्वदेशी तथा विदेशी पर्यटक निराश हुने गरेका छन् […]

  • पर्यटनमन्त्रीको १४१ घोषणा (पूर्णपाठ हेर्नुहाेस्)

    काठमाडौं, ९ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्रिभुवन विमानस्थल २४ सै घण्टा सञ्चालनयोग्य बनाउने, ज्येष्ठ नागरिकलाई हवाइ यातायातमा ५० प्रतिशत छुट दिनेलगायत केही महत्वाकांक्षी योजवनासहित आफ्नो कार्ययोजना सार्वजनिक गरेका छन् । आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले चालु आर्थिक वर्षमा मन्त्रालय र यस अन्तर्गतका नियकाबाट हुने कामको सूची सार्वजनिक गरेका हुन् […]

सम्पादकीय समुह

राशिफल