प्रदेश १

प्रदेश १

  • धनकुटा र झापा सेमिफाईनलमा

    धनकुटा । धनकुटामा संचालन भैरहेको सहिद रामकृष्ण श्रेष्ठ १ नं. प्रदेश स्तरीय महिला फुटबल प्रतियोगितामा हिजोको पहिलो खेलमा धनकुटाले ईलामलाई १ गोलको अन्तरले पराजित गरी धनकुटा सेमिफाइनलमा प्रवेश गरेको छ भने दोस्रो खलमा झापाले पाचथरलाई शुन्यको विरुद ३ गोल गरी पराजित गर्दै झपा सेमिफाईनमा प्रवेश गरेको छ । सहिद रामकृष्ण श्रेष्ठ १ नं. प्रदेश स्तरीय […]

  • कमला नदीको त्रिवेणी धाममा पन्ध्र दिने त्रिवेणी मेला शुरु

    गाईघाट, १ माघ । उदयपुरको कटारीस्थित कमला नदीको त्रिवेणीधाममा परम्पराकालदेखि हरेक वर्ष माघे सङ्क्रान्तिदेखि सञ्चालन हुने पन्ध्र दिने त्रिवेणी मेला यस वर्षको आज माघ १ गतेबाट औपचारिकरूपमा शुरु भएको छ । कटारीको कमला नदीस्थित त्रिवेणीधाममा आजबाट सुरु भएको मेला यही माघ १५ गतेसम्म लाग्ने मेला व्यवस्थापन समितिका अध्यक्ष केदार धमलाले बताउनुभयो । मेलामा मुख्य गरेर […]

  • नेपालकै प्रमुख पर्यटकीय स्थल भेडेटारमा खाना महोत्सव

    धनकुटा । प्रदेश नम्वर १ का मुख्य मन्त्री शेरधन राईले नेपालकै प्रमुख पर्यटकीय स्थल भेडेटारलाई बनाउने वताउदै हिजो होटल एशोसिएसन भेडेटार धनकुटाद्वारा भेडेटारमा आयोजित ८ औं खाना महोत्सवको उद्घाटन गर्दै वताउनु भयो । पर्यटन क्षेत्रको ठूलो संभावना रहेको १ नम्वर प्रदेशमा गुरु योजना बनाएर १ नम्वर प्रदेशको पर्यटन क्षेत्रका विकास गर्ने वताउदै मुख्य मन्त्री राईले […]

  • मुख्यमन्त्री राईद्वारा ल्होसार र मिनारिदाचाम पर्वको शुभकामना

    विराटनगर, १५ पुस । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तमु (गुरुङ) जातिको महान् चाड तमु ल्होसार र किराँत कुलुङ जातिको महान् चाड मिनारिदाचाम, चासुम्लो निङ्दोङ, चाक्चाकुर–२०७६ को सुखद् उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका तमु तथा कुलुङ समुदायलगायत सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । […]

  • उदयपुरमा जिप भीरबाट खस्दा ३ जनाको मृत्यु, ५ घाइते

    काठमाडौं, ३ पुस । उदयपुरको उदयपुरगढी गाउँपालिका–३, तामडाँडमा आज बिहान जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्। उदयपुरगढीबाट कटारी जाँदै गरेको भारतीय नम्बर प्लेटको एस के ०१ पीबी ३०६८ नम्बरको जिप दुर्घटना भएको हो । दुर्घटनामा उदयपुरगढी गाउँपालिका ३ का ६० वर्षीय टिकनारायण श्रेष्ठ, ५० वर्षीय ढकबहादुर इस्माली […]

  • सोलुखुम्बुमा विभिन्न दलका कार्यकर्ता कांग्रेस प्रवेश

    सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा बिभिन्न अन्य पार्टी परित्याग गरी ४ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । आगामी महाधिबेशनको प्रक्रिया अघि बढाउनका लागी कांग्रेसको स्थानिय तह सङ्गठन समायोजन गर्न आयोजना गरिएको गाउँपालिकास्तरीय कार्यक्रममा उनीहरु कांग्रेसमा प्रवेश गरेका हुन् । कांग्रेस प्रवेश गर्नेमा स्थानिय मानबहादुर लामिछाने ,सुजन बस्नेत, मैकुबहादुर केसी र दिनेश केसी रहेका […]

  • उदयपुरको त्रियुगा नगरपालिका र चौदण्डीमा जङ्गली हात्तीको त्रास

    गाईघाट, १६ मङ्सिर । उदयपुरको त्रियुगा नगरपालिका चौदण्डी नगरपालिकाका गाउँमा रातिको समयमा जङ्गली हात्ती गाउँमा प्रवेश गरेर उपद्रो गर्न थालेपछि यस क्षेत्रका स्थानीयवासी त्रसित बन्न थालेका छन् । त्रियुगा नगरपालिका–१ को जोगिदह, मोथ्याई र वडा नं २ का खैजनपुर क्षेत्रमा रातिको समयमा हात्ती गाउँमा प्रवेश गरेर घरको अन्न खाइदिने र धानबाली नष्ट गर्न थालेको खैजनपुरका […]

  • तोडियो कम्युनिष्ट किल्लाः धरान उपमहानगरको मेयरमा काँग्रेस विजयी (भिडियो)

    काठमाडौँ,१६ मंसिर । धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तिलक राई निर्वाचित भएका छन् । नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रकाश राईलाई २ हजार ७९५ मतान्तरले पराजित गर्दै राई विजयी भएका हुन । तिलक राईले २६ हजार ७०९ मत पाएका छन् भने प्रकाश राईले २३ हजार ९१४ मत पाए हुन् ।   दुईतिहाई बहुमतको सरकारको प्रतिष्ठासँग जोडिएको […]

  • उद्यमीहरुको लागी सहुलियत कर्जा कार्यक्रम सम्पन्न

    धनकुटा ९ मंसिर । मुलुकको समग्र आर्थिक क्षेत्रको उन्नती उद्योगबाट मात्र गर्न सकिने आज धनकुटामा पाचौ उद्योग दिवसको अवसरमा आयोजित कार्यक्रमका वक्ताहरुले वताउनु भएको छ । पाचौ उद्योग दिवसको अवसरमा धनकुटाको भीम नारायण चोकबाट निस्किएको उद्यमीहरुको ¥याली हुलाकटोल स्थित लालिगुरास होटलको हलमा पुगी कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा धनकुटाका प्रमुख जिल्ला अधिकारी डा.कृष्ण […]

  • कांग्रेस नेता कार्कीद्धारा जेहेन्दार विद्यार्थीलाई १ लाख ३ हजार सहयोग

    काठमाडौं । सूचना चौतारी सञ्चार सहकारी संस्था लि.का सल्लाहकार एवम् नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआइ)का केन्द्रीय सदस्य, नेपाली कांग्रेस सोलुखुम्बुका नेता प्रकाशसिंह कार्कीले महाकुलुङ गाउँपालिकाकी जेहेन्दार विद्यार्थी एकता कुलुङको उच्च शिक्षाका लागि आर्थिक सहयोग गर्नुभएको छ । आइतबार सोलुखुम्बुबाट काठमाडौं आई पत्रकारिता गरिरहेका पत्रकारहरुसँगको भेटघाट कार्यक्रमबीच कार्कीले डिप्लोमा फार्मेसी अध्ययन गरिरहेकी कुलुङलाई १ लाख ३ […]

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल