आजको तस्वीर
-
नेपाली खेलाडीले गोल गरेपछि दर्शक खुसी
अयलतभलतस् तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत मङ्गगलबार दशरथ रङ्गशालामा भएको नेपाल र भुटानबीचको फाइनल फुटबल खेलमा गोल गरेपछि नेपाली दर्शक खुसी हुँदै । तस्वीर: रासस
-
सूर्योदयको दृश्य
तनहुँको आँबुखैरेनी गाउँपालिका–६ स्थित छिम्केश्वरीबाट देखिएको सूर्योदयको दृश्य । समुन्द्री सतहबाट दुई हजार एक सय ३४ मिटर उचाईमा रहेको छिम्केश्वरी तनहुँकै अग्लो पहाड हो । तस्वीर :रासस
-
डोटीको गाई बाच्छे ढुङ्गा परिक्रमा
डोटीको बडीकेदारमा रहेको गाई बाच्छे ढुङ्गा परिक्रमा गर्दै भक्तजन । गाई बाच्छे ढुङ्गा परिक्रमा गरे सम्पूर्ण पाप नष्ट हुन्छ भन्ने स्थानीयको भनाई रहेको छ । तस्वीर: रासस
-
मुस्ताङको ढाक्मर पहाड
मुस्ताङको ढाक्मर पहाडको पृष्ठभूमि लो घेकर दामोदरकुण्ड गाउँपालिका वडा नं २ स्थित घमीमा चर्दै गरेका च्याङग्रा । तस्वीरःरासस
-
भीमले छेदन गरेकोे शिला
द्वापर युगमा पाण्डवका पाँच भाइमध्ये भीमले डोटीको जोरायल गाउँपालिका–३ मा आफ्नो तरवारले छेदन गरेकोे भनिएको शिला । तस्वीर : रासस
-
मुस्ताङको स्याउ खेती
मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीमा रहेको स्याउ खेती । स्याउ खेतीबाट मनग्ये आम्दानी हुन थालेपछि यहाँका कृषक स्याउ खेतीमा आकर्षित भएका छन् । तस्वीर: रासस
-
१३ औँ दक्षिण एसियाली खेलकुद (साग) तस्बिरमा
नेपालमा जारी १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बुधबार भएका खेलको तस्बिरहरु ।
-
निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तस्बिरमा
चितवन । धुर्मुस–सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम सुरू गरेको छ। चितवनको भरतपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका तस्विरहरु:
-
सुन्तलाबाट वार्षिक रु एक लाख भन्दा बढी आम्दानी
तनहुँ जिल्ला म्याग्दे गाउँपालिका–२ खानीगाउँमा उत्पादन भएको सुन्तला विक्रीका लागि तयार गरिँदै । स्थानीय विश्वबहादुर अधिकारी र शुकनारायण श्रेष्ठले सुन्तला विक्रीबाट वार्षिक रु एक लाख भन्दा बढी आम्दानी गर्दै आएका छन् । तस्वीर : रासस
-
दमौली बजार र हिम श्रृङ्खलाको मनमोहक दृश्य
मतनहुँको व्यास नगरपालिका–५ मानहुँकोटबाट देखिएको दमौली बजार र हिम श्रृङ्खलाको मनमोहक दृश्य । दमौली बजार र हिमालका श्रृङ्खलाहरु मनमोहक देखिने मानहुँकोट पर्यटकीय गन्तव्यको रुपमा विकसित भइरहेको छ । तस्वीर : रासस