अर्थवाणिज्य

अर्थवाणिज्य

  • सेयबजारमा सकारात्मक प्रभाव

    मंसिर २४, काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबारमा सकारात्मकब प्रभाव पर्न थालेको छ । नेप्से परिसूचक क्रमशः बढ्दै जान थालेको छ । मापक नेप्से परिसूचक उकालो लागेको छ । लगातार सुधारको दिशामा रहेको नेप्सेमा आज पनि २.४८ विन्दुले बढेर एक हजार १५१.३६ विन्दुमा पुगेको हो । यस्तै सेन्सेटिभ परिसूचक ०.३३ विन्दुले बढेर २५३.५० मा पुगेको […]

  • कृषि विकास बैंकको लाभाङ्श स्वीकृत

    काठमाडौँ, २४ मङ्सिर । सरकारी स्वामित्वको कृषि विकास बैंकले आफ्ना शेयरधनीलाई ३० प्रतिशत लाभाङ्श दिने भएको छ । आर्थिक वर्ष २०७५÷७६ को मुनाफाबाट बैंकले छ प्रतिशत शेयर लाभाङ्श र २४ प्रतिशत नगद लाभाङ्श दिने भएको हो । वितरणयोग्य मुनाफाबाट उक्त लाभाङ्श वितरण गर्ने प्रस्ताव गरिएको बैंकले जनाएका छ । नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भएकाले […]

  • ओरालो लाग्न थाल्यो सुनको मूल्य

    काठमाडौँ, २४ मङ्सिर । पछिल्लो एक सातादेखि स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर गिरावट भइरहेको छ । गत बुधबारदेखि सुनचाँदीको मूल्य ओरालो लागिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै स्थानीय बजारमा त्यसको प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज सुनको मूल्य प्रतितोला रु २०० ले घटेको छ । महासङ्घले आजका लागि छापावाल […]

  • गहुँ ‘जोन’ कार्यक्रम

    परासी, २४ मङ्सिर । गहुँमा आत्मनिर्भर हुने उद्देश्यसाथ पश्चिम नवलपरासीको चार स्थानीय तहमा गहुँ ‘जोन’ कार्यक्रम लागू भएको छ । सङ्घीय सरकारअन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत चालू आव २०७६-०७७ देखि जिल्लामा सो कार्यक्रम सञ्चालन गरिएको हो । हालै जिल्लामा स्थापना भएको परियोजना कार्यान्वयन एकाइमार्फत रामग्राम, सुनवल नगरपालिका तथा पाल्हीनन्दन र सरावल गाउँपालिकामा यो कार्यक्रम लागू […]

  • संस्थानमा डुब्यो १८.५ अर्ब

    काठमाडौ, २४ मंसिर । सरकारले वैदेशिक ऋण लिएर संस्थानमा गरेको १८ अर्ब ५० करोड रुपैयाँ लगानी डुबेको छ। सार्वजनिक संस्थान, निकाय र विकास समितिमा गरी ३७ वटा संस्थामा एक खर्ब ४६ अर्ब रुपैयाँ वैदेशिक ऋण लगानी थियो। त्यसमध्ये १५ संस्थानमा गरिएको १८ अर्ब ५० करोड रुपैयाँ लगानी डुबेको हो । संस्थानलाई दक्षतापूर्वक सञ्चालन गर्न नसक्दा […]

  • ६३५ मेगावाटको दूधकोसी आयोजना बन्ने

    काठमाडौं, २४ मंसिर । नेपाल विद्युत् प्राधिकरणले ६३५ मेगावाटको दूधकोसी जलाशययुक्त आयोजना निर्माणको विस्तृत अध्ययन प्रतिवदेन डीपीआरलाई अन्तिम रूप दिने तयारी गरिरहेको छ भने वित्तीय व्यवस्थापनका लागि पनि सक्रियता बढाएको आयोजनाले जनाएको छ । खोटाङ र ओखलढुङ्गाको सीमा क्षेत्र रभुँवाघाटदेखि डेढ किलोमिटर तल दूधकोसी नदीमा बाँध बाँधेर सुनकोसीमा पानी पु¥याउने र त्यहाँबाट छ सय मेगावाट विद्युत् […]

  • काम नगरी कृषिको १५ लाख रुपैयाँ भुक्तानी

    गुल्मी, २४ मंसिर । गुल्मीमा एक आयोजनाले कानम नगरी नै भुक्तानी लिएको छ । छत्रकोट गाउँपालिका–५ स्थित ढुङ्गेदेउराली वागवानी उपभोक्ता समूहले काम नगरी नै भुक्तानी लिएको छ । आर्थिक वर्ष २०७५०७६ मा ५ नं प्रदेशको भूमि, व्यवस्था तथा कृषि मन्त्रालयले कागती खेतीका लागि १३ लाख ३२ हजार ६५० र गाउँपालिकाबाट दुई लाख ३४ हजार ७७६ […]

  • अनियमितताले तुहिएको ‘प्याज मिसन’

    काठमाडौं, २४ मंसिर । यतिखेर प्याजको मूल्य अकासिएको छ। सरकारले एक दशकअघि थालेको प्याज मिसन बीचैमा आएर नतुहिएको भए सायद अहिले उपभोक्ताले चर्को मूल्य तिरेर प्याज किन्नुपर्ने थिएन। त्यतिखेर पनि प्याजको भाउमा अस्वाभाविक वृद्धि भएपछि सरकारले आयात प्रतिस्थापन र उत्पादन वृद्धि गर्ने उद्देश्यले प्याज मिसन कार्यक्रम ल्याएको थियो। उक्त मिसन कार्यान्वयनका लागि सरकारले साढे १५ […]

  • सुनको मूल्य २०० ले घट्यो

    काठमाडौँ, २३ मङ्सिर। साताको दोस्रो दिन आज पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार प्रतितोला रु ५०० ले घटेको सुनको मूल्य आज पनि प्रतितोला रु २०० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ७१ हजार तोकेको छ । आइतबार छापावाला सुन प्रतितोला रु ७१ हजार […]

  • नेप्सेमा सुधार

    काठमाडौं, २२ मंसिर । साताको पहिलो दिन आज धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३.४५ विन्दुले बढेर एक हजार १३५.३७ विन्दुमा पुगेको छ ।  यस्तै सेन्सेटिभ परिसूचक १.७५ विन्दुले बढेर २५०.५२ मा पुगेको छ । नेप्से बढ्दा कारोवार रकम पनि केही बढेको छ । […]

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल