आजको राशिफल २०७६ फाल्गुन २ गते, शुक्रवार

  • मेष राशि

    पराक्रम बढ्नेछ । आर्थिक उन्नतिका साथै नयाँ कार्य व्यवसायमा मन प्रवृत्त हुने देखिन्छ । प्रेम जीवन आज सफल रहनेछ ।

  • वृष राशिः

    भौतिक वस्तुबाट लाभ रहनेछ । कार्य व्यवसायमा सफलता मिल्नुका साथै आर्थिक उन्नति योग पनि देखिन्छन् । भाग्यको क्षेत्र पनि सबल रहनेछ ।

     

  • मिथुन राशिः

    मित्र सुख मिल्नेछ । प्राज्ञिक कार्यमा मन जानुकका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । आर्थिक क्षेत्र उन्नत रहनेछ ।

  • कर्कट राशिः

    बोलीमा विकार रहनसक्नेछ । कार्य प्रभावकारितामा कमी रहनुका साथै खर्चमा पनि वृद्धि हुने देखिन्छ । दिन संघर्षमय रहने देखिन्छ ।

  • सिंह राशिः

    पारिवारिक सुख मिल्न्छ । कान्ति वृद्धिका साथै कलात्मक क्षेत्रमा अभिरुचि रहने देखिन्छ । धातुजन्य वस्तु पनि लाभदायी रहनेछन् ।

  • कन्या राशिः

    प्रिय लाभ हुनेछ । कान्ति वृद्धिका साथै अध्ययन अध्यापनमा मन जनेछ । व्यापार व्यववसायमा पनि वृद्धि हुने देखिन्छ ।

  • तुला राशिः

    मनोरञ्जनमा विशेष रुचि रहनेछ । गृह सुख मिल्नुका साथै आय आर्जनका अवसर पनि प्राप्त हुनेछन् । व्यवसाय पनि फलदायी नै रहने देखिन्छ ।

  • वृश्चिक राशिः

    आर्थिक पक्ष मध्यम फलदायी रहनेछ । चन्द्रमो बल कमजोर रहेकाले कार्यक्षेत्रमा पनि संघर्ष गर्नुपर्ने देखिन्छ । स्वास्थ्यमा सजग रहनु नै आज उचित हुनेछ ।

  • धनु राशिः

    कार्यमा सफलता मिल्नेछ । आर्थिक उन्नतिका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । भौतिक वस्तुबाट लाभ रहनेछ ।

  • मकर राशिः

    सामाजिक कार्यमा रुचि जाग्नेछ । आर्थिक उन्नतिका साथै व्यवसायमा पनि सफलता मिल्नेछ । सांगीतिक क्षेत्र सबल रहने देखिन्छ ।

  • कुम्भ राशिः

    प्रेम जीवन सुखद् रहनेछ । आय आर्जमा वृद्धि हुनुका साथै लगानीका नयाँ अवसर प्राप्त हुनेछन् । विद्याको भाव पनि सबल नै रहनेछ ।

  • मीन राशिः

    कार्यक्षेत्र संघर्षदायी रहनेछ । खर्चमा वृद्धि हुनुका साथै आर्थिक अस्थिरताको सामना गर्नुपर्ने देखिन्छ । बुद्धिपक्षको प्रयोग आज शुभ रहनेछ ।

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल