आजको राशिफल २०७६ चैत्र २४ गते, सोमवार

  • मेष राशि

    बौद्धिक कार्यमा लगाव रहनेछ । व्यवसायमा सफलता मिल्नुका साथै आर्थिक उन्नतिका योग पनि देखिन्छन् । प्रेम जीवन सुखद् रहनेछ ।

  • वृष राशिः

    दिन संघर्षदायी रहनसक्नेछ । शत्रु पक्ष सबल रहनुका साथै आर्थिक अस्थिरताको पनि सामना गर्नुपर्ने देखिन्छ । स्वास्थ्यमा पनि आज सजग नै रहनु उचित हुने देखिन्छ ।

  • मिथुन राशिः

    पारिवारिक साथ सहयोग प्राप्त हुनेछ । नयाँ कार्यमा मन प्रवृत्त रहनुका साथै भौतिक वस्तु लाभदायी रहनेछन् । विद्याको क्षेत्र फलदायी रहनेछ ।

  • कर्कट राशिः

    भौतिक वस्तु लाभदायी रहनेछन् । धार्मिक कार्यमा रुचि रहनुका साथै साथै आय आर्जनमा पनि वृद्धि हुने योग देखिन्छ । विद्याको पक्ष सबल नै रहनेछ ।

  • सिंह राशिः

    द्रव्य लाभ हुनेछ । व्यवसायमा उन्नतिका साथै सुखद् यात्राकायोग पनि देखिन्छन् । सामाजिक कार्यमा विशेष लागाव रहनेछ ।

  • कन्या राशिः

    चन्द्रमा आज प्रतिकूल रहनेछन् । खर्च बढ्नुका साथै कार्य क्षेत्रमा पनि संघर्ष गर्नुपर्ने देखिन्छ । बुद्धिपक्षको विशेष प्रयोग आज लाभदायी रहनेछ ।

  • तुला राशिः

    गृहसुख मिल्नेछ । धातुजन्य वस्तु लाभदायी रहनुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । प्रेममा पारख बढ्ने आजको राशिफल रहेको छ ।

  • वृश्चिक राशिः

    व्यवसायमा उन्नति हुनेछ । आर्थिक लाभका साथै नयाँ कार्यक्षेत्रमा मन प्रवृत्त हुने देखिन्छ । अध्ययन अध्यापनमा पनि आज सफलता मिल्नेछ ।

  • धनु राशिः

    शारीकि स्फुर्ति छाउनेछ । धनको क्षेत्र सबल देखिन्छ । धार्मिकार्यमा रुचि जाग्नुका साथै पारिवारिक सुख मिल्ने आजको राशिफल रहेको छ ।

  • मकर राशिः

    शत्रुपक्ष आज सबल रहनेछन् । आर्थिक अस्थिरताका साथै कार्य क्षेत्रमा पनि संघर्ष गर्नुपर्ने देखिन्छ । निर्णय प्रक्रियामा नहतारिनु नै आज लाभदायी रहनेछ ।

  • कुम्भ राशिः

    व्यवसायिक सफलता मिल्नेछ । आय आर्जनका स्रोत बढ्नुका साथै जलीय पदार्थ लाभदायी रहनेछन् । प्रेम जीवन पनि सुखमय व्यतित हुने देखिन्छ ।

  • मीन राशिः

    वित्तीय क्षेत्र सबल रहनेछ । अध्ययन अध्यापनमा सफलता मिल्नुका साथै भौतिक वस्तु पनि लाभदायी रहनेछन् । व्यवसायमा पनि सफलता प्राप्तिका योग देखिन्छन् ।

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल