आजको राशिफल २०७६ चैत्र १३ गते, बिहीवार

  • मेष राशि

    पारिवारिक सुख मिल्नेछ । अध्ययन अध्यापनको क्षेत्र सफल रहनेछ । भौतिक वस्तु लाभदायी रहनुका साथै सुखद् यात्राका योग देखिन्छन् ।

  • वृष राशिः

    शत्रुपक्ष सबल रहनेछन् । स्वास्थ्यमा प्रतिकूलताका साथै खर्चमा पनि वृद्धि हुन सक्ने देखिन्छ । अन्य क्षेत्र मध्यम रहनेछन् ।

  • मिथुन राशिः

    व्यवसायमा वृद्धि हुनेछ । धार्मिक कार्यमा रुचि रहनुका साथै वित्तीय लाभका योग देखिन्छन् । प्रेम जीवन पनि पारखिलो रहने देखिन्छ ।

  • कर्कट राशिः

    आर्थिक लाभ हुनेछ । पारिवारिक सुख मिल्नुका साथै मिष्ठान्न प्राप्तिका योग पनि देखिन्छन् । व्यापार व्यवसायमा पनि वृद्धि हुने देखिन्छ । प्रेम जीवन सुखद् रहनेछ ।

  • सिंह राशिः

    पराक्रम बढ्नेछ । भौतिक वस्तुबाट लाभ रहनुका साथै सुखद् यात्राका योग देखिन्छन् । अध्ययन अध्यापनमा पनि सफलता मिल्नेछ ।

  • कन्या राशिः

    चन्द्रबल आज कमजोर रहनेछ । जसले गर्दा खर्चमा वृद्धिका साथै कार्य क्षेत्रमा पनि संघर्ष गर्नुपर्ने देखिन्छ । विद्याको क्षेत्र मध्यम फलदायी रहनेछ ।

  • तुला राशिः

    व्यवसायमा वृद्धि हुनेछ । भौतिक वस्तु लाभदायी रहनुका साथै आर्थिक उन्नतिका योग देखिन्छन् । विद्याको क्षेत्र पनि सबल नै रहने आजको राशिफल रहेको छ ।

  • वृश्चिक राशिः

    द्रव्य लाभ हुनेछ । व्यवसायमा वृद्धि हुनुका साथै जलीय पदार्थ विशेष लाभदायी रहनेछन् । कृषि क्षेत्र पनि फलदायी रहन देखिन्छ ।

  • धनु राशिः

    आयमा वृद्धि हुनेछ । धातुजन्य वस्तु लाभदायी रहनुका साथै राजनीतिक क्षेत्र पनि सफल बन्ने देखिन्छ । प्रेम जीवन सुखद् व्यतित हुने आजको राशिफल रहेको छ ।

  • मकर राशिः

    दिन कार्यदायी रहनसक्नेछ । जसले आजको दिनलाई अस्थिरताका साथै खर्चिलो पनि बनाउन सक्नेछ । स्वास्थ्यमा सजग रहनु नै उचित हुने देखिन्छ ।

  • कुम्भ राशिः

    सामाजिक कार्यमा मन प्रवृत्त हुनेछ । आयमा वृद्धि हुनुका साथै लगानीका नयाँ अवसर पनि प्राप्त हुनेछन् । प्रेम जीवन सुखद् रहने देखिन्छ ।

  • मीन राशिः

    वाणिज्य क्षेत्र सबल रहनेछ । गृह सुख मिल्नुका साथै सांगीतिक क्षेत्रमा लगाव रहनेछ । समग्रमा आजको दिन सुखद् रहने देखिन्छ ।

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल