शिक्षा

शिक्षा

  • राष्ट्रिय शिक्षा नीति चाँडै ल्याइने

    काठमाडौँ, २० भदौ । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको सुझावका आधारमा मन्त्रिपरिषद्ले चाँडै राष्ट्रिय शिक्षा नीति पारित गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उक्त नीतिको मस्यौदामाथिको छलफल अन्तिम चरणमा पुगेकाले चाँडै पारित हुने जानकारी दिनुभयो । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले आज यहाँ आयोजना गरेको सार्वजनिक शिक्षाका लागि छैटौँ राष्ट्रिय सम्मेलनको उद्घाटन […]

  • एमबिबिएसको प्रवेश परीक्षा रोक्न सर्वोच्च अदालतले दियाे अन्तरकालीन आदेश

    काठमाडौं, २० भदाै । त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शिक्षण संस्थान (आइओएम) र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले शनिबार लिने तयारी गरेको एमबिबिएसको प्रवेश परीक्षा रोकिएको छ । सर्वोच्च अदालतले भदौ २१ गते शनिबार सञ्चालन हुने त्रिभुवन विश्वविद्यालय अन्तर्गत चिकित्सा शास्त्र अध्ययन संस्थानको एमबीबीएसको प्रवेश परीक्षा रोक्न अन्तरकालीन आदेश दिएपछि शनिबार परीक्षा नहुने निश्चित भएको हो । चिकित्सा […]

  • परीक्षामा त्रिविको लापरबाही : एउटा विषयको परीक्षामा अर्को विषयको प्रश्न

    त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालित शिक्षा शास्त्र संकायअन्तर्गतको परीक्षामा चरम लापरबाही देखिएको छ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा शुक्रबार सञ्चालित परीक्षामा पुरानै प्रश्नपत्र वितरण गरेपछि सो परीक्षा स्थगित भएको छ । बिहान ११ बजेदेखि सुरु भएको परीक्षा आधा घन्टापछि स्थगित गरिएको हो । कोड नम्बर ५१३ एड्भान्स एजुकेसनल साइकोलोजी विषयको परीक्षा स्थगित गर्नुपरेको डिन कार्यालयले जनाएको छ […]

  • फिल्म अध्यापनका लागि खुल्याे नेपाल फिल्म क्याम्पस

    काठमाडौं, ३० भदौ । नेपाली चलचित्रको बजार बढेसँगै यसको औपचारिक पढाइका लागि नेपालमै क्याम्पस खुल्न थालेका छन् । यसअघि ओस्कार कलेज स्थापना भएको थियो भने आइतबारबाट त्यस्तै अर्को कलेज खुलेको छ । चलचित्रमा चार वर्षीय स्नातक तह अध्ययन गराउने गरी त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन लिई स्थापना गरिएको ‘नेपाल फिल्म क्याम्पस’ आइतबारबाट सञ्चालनमा आएको हो । काठमाडौंको […]

  • विद्यालय शिक्षाकाे गुणस्तरमा सुधार गर्न नसकेको शिक्षामन्त्रीकाे स्वीकाराेक्ति 

    काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले नेपालको शैक्षिक क्षेत्र सुधारका लागि व्यापक क्रान्ति र छलफल गर्न जरुरी भएको बताएका छन् । मन्त्रालय र रातो बङ्गला फाउण्डेसनको संयुक्त आयोजनामा आज भएको ‘दोस्रो अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन’ मा उनले शताब्दीयौ अगाडि देखिको औद्योगिक कालको शिक्षालाई परिवर्तन गर्न आवश्यक भएकाले व्यापक क्रान्ति र छलफल गर्न जरुरी रहेको […]

  • मासिक शुल्क घटाउन विद्यार्थीको माग

    दमौली, ६ भदौ ।  तनहँुको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसका विद्यार्थीले मासिक शुल्क घटाउन माग गर्दै क्याम्पस प्रशासनलाई ध्यानाकर्षण गराएका छन् । क्याम्पसले आर्थिक वर्ष २०७६÷७७ देखि मासिक शुल्क वृद्धि गरेपछि स्वतन्त्र विद्यार्थी युनियन क्याम्पस एकाइले मासिक शुल्क घटाउन माग गर्दै क्याम्पस प्रमुख महाप्रसाद हड्खलेलाई ज्ञापनपत्र बुझाएको हो । युनियनकी अध्यक्ष दुर्गा भण्डारीले मासिक शुल्क […]

  • गुणस्तर शिक्षाको नीति अन्तिम चरणमा : मन्त्री पोखरेल

     विराटनगर, ४ भदौ  । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उच्च विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन तयार पारिएको सङ्घीय शिक्षा नीति अन्तिम चरणमा पुगेको बताउनु भएको छ ।प्रदेश नं १ सामाजिक विकास मन्त्रालयद्वारा आज यहाँ आयोजित विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधार अभियान शुभारम्भ गर्दै उहाँले अभिभावक, शिक्षाविद्सँगको लामो छलफलपश्चात् उक्त नीति निर्माण गर्न लागिएको बताउनुभएको हो […]

  • कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन हुँदै

    काठमाडौँ,२१ साउन ।आगामी शैक्षिक सत्रदेखि कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन हुने भएको छ । समय परिस्थितिअनुसार प्रत्येक पाँच/पाँच वर्षमा पाठ्यक्रम परिमार्जन गर्ने नियमानुसार पाठ्यक्रम परिमार्जन गर्न थालिएको पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेश भट्टराईले जानकारी दिनुभयो । नयाँ पाठ्यक्रम अनुसार अब कक्षा ११ र १२ मा थप दुई विषय पढ्नु पर्ने हुन्छ । उहाँका […]

  • विद्यालय सञ्चालन गर्न महायज्ञ

    बनेपा, १९ साउन । पनौती नगरपालिका–५ धनेश्वरस्थित श्री धनेश्वर महादेव प्राथमिक विद्यालयले सञ्चालन गर्न स्रोत नभएको भन्दै स्रोत जुटाउनका लागि महायज्ञ गर्ने भएको छ । विद्यालयले शनिबार पत्रकार सम्मेलन गरी आगामी २० देखि २८ गतेसम्म विद्यालयको प्राङ्गणमा ‘स्वर्णिम श्रीमद्भागवत भक्ति सत्सङ्ग महायज्ञ’ सञ्चालन गर्न लागिएको जानकारी दिएको हो । विसं २०३८ मा स्थापना भएको सो […]

  • राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार वितरण

    काठमाडौं, १४ साउन । “राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार –२०७५” तथा “लैङ्गिक समानता पत्रकारिता पुरस्कार” एक कार्यक्रमका बिच आज नेपाल पत्रकार महासंघको सभाहलमा वितरण गरिएको छ । ‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७५’ नागरिक दैनिक काठमाडौंमा कार्यरत पत्रकार रुबी रौनियारलाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ र शिक्षा मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा संयुक्तरुपमा प्रदान […]

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल