शिक्षा

शिक्षा

  • विद्यालय नखुलेपछि विद्यार्थी अन्योलमा

    बनेपा । तेमाल गाउँपालिका–३ कुडुवालका निखिल दोङको घरैमा बसेर किताब पढ्ने र काम गरेर दिन बितिरहेको छ । कोभिड–१९ को सम्भावित सङ्क्रमणको जोखिमको रोकथाम र नियन्त्रणको लागि बन्दाबन्दीले विद्यालय बन्द भएपछि नयाँ कक्षामा भर्ना भएर नयाँ किताब लिएपनि विद्यालयमा पुगेर पढ्न नपाएको निखिलको गुनासो छ । घर नजिकैको कालीदेवी प्राथमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत […]

  • बूढानीलकण्ठले शुल्क नलिने

    काठमाडौँ, २५ असार । बुढानिलकण्ठ विद्यालयले विद्यालय सञ्चालन नभएको अवस्थाको शुल्क नलिने भएको छ । विद्यालयका प्रिन्सिपल होमनाथ आचार्यले बन्दाबन्दी ९लकडाउन० का बीच मासिक शुल्क बुझाइसकेको भए पनि पछि शुल्कमा मिलान गरिने बताउनुभयो । उहाँले विद्यार्थीको मासिक शुल्क पेश्की स्वरुप बुझाउनका लागि पठाइएको बिल अर्को निर्णय नहुँदासम्मका लागि स्थगित गरिएको समेत जानकारी दिनुभयो । विद्यालयले […]

  • कोरोना महामारीबीच विद्यालय खोल्ने ट्रम्पको चाहनाले निम्त्याएको विवाद

    विश्व महामारी कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित मुलक अमेरिकामा सङ्क्रमणको दर तीव्र बन्दै गर्दा ट्रम्प प्रशासन भने विद्यालयहरू पुन खोल्ने योजनाले विवाद निम्त्याएको छ। राष्ट्रपति डोनल्ड ट्रम्पले सेन्टर फर डिजिज कन्ट्रोल (सीडिसी)ले आधिकारिक सुझावको रूपमा स्कूलहरूका निम्ति जारी गरेको निर्देशिकालाई कठिन, महङ्गो र अव्यवहारिक भनेर निन्दा गरेको बीबीसीले जनाएको छ । उनले शरद याममा नखुल्ने […]

  • अनलाइन कक्षा बन्द गर्ने निजी विद्यालयको चेतावनी

    काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले शुल्क उठाउन नपाए अनलाइनलगायत वैकल्पिक कक्षा ठप्प पार्ने चेतावनी दिएका छन् । शिक्षा मन्त्रालयले वार्ताका लागि बोलाएपछि सोमबारबाट कक्षा बन्द गर्ने घोषित कार्यक्रम भने प्याब्सन र एनप्याब्सनले स्थगित गरेका छन् । मन्त्रालयले केही दिन समय मागेपछि तत्कालका लागि वैकल्पिक कक्षा ठप्प पार्ने निर्णय रोकिएको निजी विद्यालय सञ्चालकहरूले बताए । शिक्षा […]

  • कक्षा १ को पुस्तक छपाइमा आर्थिक चलखेल

    काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले कक्षा १ को पुस्तक छपाइमा आर्थिक चलखेल शुरु गरेको छ । पाठ्यपुस्तक छपाइ गर्न स्वीकृति पाएका करिब १८ पुस्तक प्रकाशक तथा बिक्रेतालाई केही रकम बुझाए मात्र पुस्तक छपाइ र बिक्री गर्न दिने बताउँदै आएको छ । एक पुस्तक प्रकाशक र बिक्रेताका अनुसार केन्द्रले प्रति प्रकाशक १ लाख ५० हजार रुपियाँ […]

  • त्रिवि उपकुलपतिको राजीनामा माग गर्दै ३३ बुँदे ज्ञापनपत्र

    काठमाडौं, १९ असार । प्रजातन्त्रवादी प्राध्यापकहरूले त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटाले राजीनामा माग गरेको छ । संघले विश्वविद्यालयभित्रको शैक्षिक, प्राज्ञिक एवम् प्रशासनिक सुधारसहितका माग राखेर ज्ञापनपत्र पेस गरेका छ । त्रिविमा नयाँ उपकुलपति आएपछि गरिएका नियुक्ति रद्द गर्न माग गर्दै प्राध्यापकहरूले शुक्रबार उपकुलपतिको कार्यालय कीर्तिपुरमा पुगेर बास्कोटालाई ३३ बुँदे ज्ञापनपत्र दिएका छन् । राजनीतिक भागबन्डामा […]

  • विद्यालय नखुलेको वेला कुनै हालतमा शुल्क तिर्दैनौँः अभिभावक संघ

    काठमाडौं, १८ असार । अभिभावक संघ नेपालले निजी विद्यालयले विद्यालय नखुलेको वेला कुनै पनि हालतमा शुल्क उठाउन नपाउने जनाएको छ । संघले विद्यालयहरूलाई सरकारसँग माग राख्न सुझाब दिएको छ । अध्यक्ष केशव पुरीले आज विज्ञप्ति जारी गर्दै विद्यार्थी संगठन र अभिभावक संघ अभिभावकको पक्षमा उभिएको, तर सरकारले यसबारे ठोस निर्णय गर्न नसक्दा समस्या भएको जनाएका […]

  • विश्वविद्यालयमा पदाधिकारी नियुक्त गर्न प्राध्यापक संघको माग

    काठमाडौं, १७ असार । नेपाल प्राध्यापक संघले तीनवटा विश्वविद्यालयमा उपकुलपतिलगायत पदाधिकारी नियुक्त गर्न माग गरेको छ । देशभरका प्राध्यापकको छाता संगठन संघले नेपाल संस्कृत विश्वविद्यालय, पोखरा विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयमा पदाधिकारी नियुक्त गर्न माग गरेको हो । सरकारले पदाधिकारी नियुक्त गर्न चासो नराख्दा ती विश्वविद्यालयमा पठनपाठनलगायत महत्वपूर्ण कार्यहरु गम्भीर रुपमा प्रभावित भएको […]

  • गाउँपालिकाद्वारा विद्यालयलाई अनुदान

    हेटौँडा, १७ असार । लकडाउन चलिरहेको बेला मकवानपुरको मनहरि गाउँपालिकाको शिक्षा समितिको सम्पन्न बैठकले सो गाउँपालिकाअन्तर्गतको विद्यालयको विकासका लागि अनुदान दिने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष एकराज उप्रेतीको अध्यक्षतामा बसेको बैठकले गाउँपालिकाअन्तर्गतका विद्यालयलाई रु २१ लाख ५२ हजार रकम अनुदान दिने निर्णय गरेको हो । गाउँपालिका शिक्षा शाखा प्रमुख हरिशचन्द्र सापकोटाले विद्यालयको विकासका लागि […]

  • अनलाइन शिक्षाका पूर्वाधार

    प्रबिधिमा सहज पहुँच संगै अनलाइन कक्षा प्रति विश्वभर चासो बढ्दै गएको छ । बन्दाबन्दीको अनिश्चितताले अनलाइन शिक्षा अपरिहार्य बन्दै गइरहेको छ । राष्ट्रिय शिक्षा नीति २०७६ मा खुला शिक्षण संस्थालाई बिस्तार गर्ने र अनलाईनमा आधारित सिकाइ सामग्री बिकास गर्ने तथा विद्यालय, प्राबिधिक बिद्यालय र सबै शिक्षण संस्थाहरुमा अनलाईनमा आधारित सामाग्रीहरु प्रयोग गर्न अनुकुल एवं सुरक्षित […]

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल