मनोरञ्जन

मनोरञ्जन

  • निर्देशक छेतन गुरुङको निधन

    काठमाडौं । चलचित्र ‘प्रेम गीत ३’का निर्देशक छेतन गुरुङको निधन भएको छ । मंगलबार राति मेट्रो हस्पिटल महाराजगंजमा उनको निधन भएको हो । लिभरमा समस्या भएका छेतेन २ दिनअघि हस्पिटल भर्ना भएका थिए । उपचारको क्रममा नै उनको निधन भएको ‘प्रेम गीत’ निर्माता सन्तोष सेनले जानकारी दिए । सन्तोषका अनुसार बिहीबार छेतनको अन्तेष्टि गरिने छ […]

  • बलिउड अभिनेता अर्जुन कपुर कोरोना संक्रमित

    एजेन्सी, २१ भदौ । बलिउड अभिनेता अमिताभ बच्चनको परिवार कोरोना उपचार गरेर घर फर्केको एक सातापछि बलिउडका अर्का अभिनेतामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । भारतीय सञ्चार माध्यम दैनिक भास्करका अनुसार अभिनेता अर्जुन कपुर कोरोना संक्रमित भएका छन् । रिपोर्ट आइतबार बिहान मात्रै आएको कोरोना परीक्षणको रिपोर्टअनुसार उनमा कोरोना पोजेटिभ देखिएको हो । यसबारे […]

  • ‘सेल्फी हानौँला’ गायकको ‘सार्टनैको चोली’मा सरोज र आश्मा (भिडियो)

    काठमाडाैं । ‘सेल्फी हानौँला’, ‘ट्यूसन पढाउँछु’, ‘क्यालेण्डर’ जस्ता कैयन गीतबाट चर्चित बनेका गायक तथा संगीतकार शंकर थापा ‘स्माईल’को नयाँ रोमान्टिक गीत रिलीज भएको छ ।गीतमा अम्बिका गुरुंगको शब्द, शंकरको संगीत तथा स्वर रहेको छ भने महिला स्वर दीपा लामाले दिएकी छन् । ‘सार्टनैको चोली’ नामक यस गीतको सार्वजनिक भिडियोमा कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा […]

  • लोकगायक प्रेमराजा महत दम्पति कोरोना संक्रमणमुक्त

    काठमाडौं । अमेरिकामा रहेका वरिष्ठ लोकगायक प्रेमराजा महत र उनकी श्रीमती कविता महत कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । गत ७ अगस्तमा महतले सामाजिक सञ्जालमार्फत आफू र श्रीमती कवितालाई कोरोना पोजिटिभ देखिएको जानकारी दिएका थिए । कोरोनामुक्त भएपछि फेरि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत नै आफू र श्रीमती निको भएका जनाएका छन् । ‘विश्वभरी रहेका […]

  • बद्रि र शान्तिश्रीको ‘नौ एकाने नौ’ सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । बद्रि श्रेष्ठ र शान्तिश्री परियारको स्वरमा ‘नौ एकाने नौ’ बोलको गीत सार्वजनिक भएको छ । बिहीबार प्रियसी म्युजिकमार्फत उक्त गीत सार्वजनिक गरिएको हो । राजु केसीको शब्द रहेको गीतलाई कृष्ण केसीले संगीत भरेका हुन् । शिव विकले निर्देशन गरेको भिडियोमा नीता ढुंगाना, दुर्गेश थापा, मनोज भण्डारी, सरोज खतिवडाले अभिनय गरेका छन् । मुकेश […]

  • मधुर स्वरकी धनी बाबा राणा भन्नुहुन्छ- सङ्गीतमा डुबुल्की मार्दा मनमा शान्ति हुन्छ

    पोखरा । “करोडौँ मुटुहरुको एउटै ढुकढुकी नेपाल ।” नवराज कार्कीका शब्दमा प्रसिद्ध गायक सरोजगोपाल बज्राचार्यले सङ्गीत दिनुभएको यो कर्णप्रिय गीतकी गायिका हुनुहुन्छ बाबा राणा । मधुर स्वरकी धनी राणा नेपाली सङ्गीत आकासकी एक अब्बल साधकको नाम हो । नौ वर्षको उमेरदेखि गायनप्रतिको लगावले गीतसङ्गीत क्षेत्रमा पहिचान बनाउन सफल गायिका राणाले यी राष्ट्रभावका मात्र नभएर प्रेम […]

  • बाबुआमा बन्दै विराट कोहली र अनुष्का शर्मा

    एजेन्सी, ११ भदौ । बलिउड नायिका अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली पहिलोपटक आमाबुबा बन्न लागेका छन् । कोहलीले ट्विटरमा फोटो सेयर गर्दै सो कुराको जानकारी दिएका हुन् । उनीहरुले आगामी जनवरीमा पहिले बच्चालाई जन्म दिँदै छन् । पतिको ट्विटर सेयर गर्दै अनुष्का शर्माले लेखेकी छन्, ‘एण्ड देन वी आर थ्री, अराइभिङ […]

  • महामारीमा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीको सम्मान गर्न नायिका सिवाकोटीको आग्रह

    काठमाडौं, ८ भदौ । कोरोना महामारीको समयमा अग्रपंक्तिमा रहेर काम गर्ने डाक्टर, नर्सहरुको सम्मान गर्न नायिका वर्षा सिवाकोटीले आग्रह गरेकी छिन् । यो समयमा आफू र आफ्नालाई सुरक्षित राख्न आग्रह गर्दै उनले स्वास्थ्य सेवा प्रदान गर्न खटिएका डाक्टर, नर्स, मेकिडल क्षेत्रमा सबैको कार्यको सही मूल्यांकन गर्न पनि उत्तिकै जरुरी रहेको उल्लेख गरेकी छिन् । यस्तो […]

  • नायिका ढुंगानाको स्वरमा नेपाली गणेश भजन

    काठमाडौं, ७ भदौ । नायिका नीता ढुंगानाले आफ्नो स्वरमा ‘नेपाली गणेश भजन’ सार्वजनिक गरेकी छिन् । उनले आफ्नै युट्युब च्यानल ‘नवनिता इन्टरटेन्टमेन्ट’मार्फत शनिबार भजन सार्वजनिक गरेकी हुन् । रामजी लामिछानेले निर्देशनमा सन्जय लामाले छायांकन गरेको भिडिओमा नायिका नीतासँगै सुनिल सिटौला, अम्सु पोखरेल, अनिता बजागाईं, भवानी बजागाईं, शान्ता मगर लगायतको प्रस्तुति देख्न सकिन्छ । यसमा दिनेश […]

  • बुबाको सम्झनामा गायक सुगम पोखरेलले नयाँ गीत

    काठमाडौं– आफ्ना दिवंगत बुबाको सम्झनामा गायक सुगम पोखरेलले नयाँ गीत सार्वजनिक गरेका छन् । उनले युट्युबमार्फत ‘बुबा हजुरको याद आउँछ’ बोलको गीत सार्वजनिक गरेका हुन् । सुगमका बाबु एकनाथ पोखरेलको गत साउन १० गते ८१ वर्षको उमेरमा निधन भएको थियो । बुबाको मुख हेर्ने दिनको अवसर पारेर सार्वजनिक गरिएको उक्त गीत आफ्ना बुबालाई सुनाउन नपाएकोमा […]

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल