प्रदेश ५

प्रदेश ५

  • ‘सरकार प्रशासन र संवैधानिक निकायलाई कब्जा गरेर आगामी निर्वाचन पनि जित्ने दाउमा छ’ – सह–महामन्त्री महत

    दाङ । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले वर्तमान सरकार प्रहरी प्रशासन र संवैधानिक निकायलाई कब्जामा लिएर आगामी निर्वाचन पनि जित्ने दाउमा लागेको आरोप लगाउन्ु भएको छ । दाङको घोराहीमा आज नेपाली कांग्रेसले आयोजना गरेको भेटघाट कार्यक्रममा सहमहामन्त्री महतले नेकपाको सरकार तीन वटै प्रमख अंगलाई आफ्नो नियन्त्रणमा लिएर आगामी निर्वाचन आफ्नो पक्षमा पार्ने खेलमा लागेको […]

  • पर्यटकको पर्खाइमा बुद्ध जन्मस्थल लुम्बिनी

    कोरोना महामारीका कारण आठ महिनादेखि बन्द बुद्ध जन्मस्थल लुम्बिनी भर्खरै खुलेको छ । लुम्बिनी विकास कोषले लुम्बिनी खुलेको घोषणा गरे पनि कोरोना सङ्क्रमणको त्रासले पर्यटक अझै आउन सकेका छैनन् । लुम्बिनी खुलेपछि व्यवसायीले पर्यटकको स्वागतका लागि तयारी भने थालेका छन् । मायादेवी क्षेत्र खुलेसँगै उत्साहित व्यवसायीलाई अहिले लामो समयदेखि बन्द होटलका कोठा सफा गर्न, विस्तारा […]

  • कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु, मृतकको संख्या १२९८ पुग्यो

    काठमाडौं, ५ मङ्सिर । नेपाल पछिल्लो २४ घण्टामा थप २२ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा देशभर १ हजार ९४५ संक्रमित थपिएका हुन् । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ रहेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १२९८ पुगेको छ ।

  • बाघको आक्रमणमा परी एक व्यक्तिको मृत्यु

    बर्दियाको गेरुवा गाउँपालिका वडा नं ४ मा बाघको आक्रमणमा परी एक व्यक्तिको आज मृत्यु भएको छ । गेरुवा – ४ राजीपुर गाउँका चौकीदार ६८ वर्षीय लहानु थारुको आज साँझ ६ बजे गाउँदेखि पूर्वतर्फ गेरुवा नदी किनारमा रहेको आवादी जग्गामा चरिचरणका लागि छाडिएका गोरु फर्काउने क्रममा बाघ आक्रमणमा परी मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका […]

  • लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन देउखुरीमा राख्ने तयारी

    लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन प्रादेशिक राजधानी देउखुरीमा राख्नेबारे गृहकार्य शुरु भएको छ । स्थायी राजधानीको टुंगो लागिसकेका अवस्थामा प्रदेशसभा बैठक सञ्चालन गरेर स्थायी राजधानीको प्रत्यक्ष अनुभूति दिलाउन सदन चलाउने विषयमा देउखुरीमा छलफल भएको छ । तिहारपछि आह्वान हुने अधिवेशनको पहिलो बैठक देउखुरीमा राख्न सकिने वा नसकिने विषयमा अध्ययन शुरु भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को […]

  • काेराेनाले थारु बस्ती सुनसानः झुमरा र सखियामा बजेनन् मादल

    दाङ/ रासस बडादशैंमा मात्र नाचिने थारुहरुको सखिया र झुमरा नाच यसपालि यहाँ जम्न सकेन । कोरोना सङ्क्रमणका कारणले सामूहिक भेला र भीडभाड रोकिएकाले नाच रोकिएका हुन् । थारु समुदायमा नवमी धुमधाम मनाइन्छ । सोही दिन चामलको सेतो टीका, बाबरीको फूल र मकैको जमरा मान्यजनबाट ग्रहण गर्ने चलन छ । थारु समुदायमा दशँैं आउनुभन्दा एक महिना […]

  • हाम्रा जनप्रतिनिधिलाई दशैं भत्ताकाे ब्यवस्था छैन : लुम्बिनी प्रदेश

    लुम्बिनी प्रदेश सरकारले जनप्रतिनिधिलाई चाडपर्व खर्चको प्रबन्ध नगरिएको जनाएको छ । प्रदेश सरकारले प्रदेशअन्तर्गत र स्थानीय तहका कुनै पनि जनप्रतिनिधिलाई चाडपर्व खर्चको प्रबन्ध नगरिएको जनाएको छ । प्रदेश सरकार, मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले आज प्रेस नोट जारी गरी जनप्रतिनिधि र चाडपर्व खर्चका बारेमा चर्चा हुन थालेपछि उक्त कुराको स्पष्ट पार्नुभएको हो । उहाँले प्रदेश […]

  • कोरोना सङ्क्रमित पुरुषको मृत्यु

    बाँकेमा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुमपश्चिम चौरजहारी नगरपालिका–१४ का ३३ वर्षीय पुरुष रहेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि यही असोज २१ गते कोहलपुर शिक्षण अस्पतालमा भर्ना भएका उनमा २२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उपचारका क्रममा आज बिहान ५ बजे उनको मृत्यु भएको अस्पतालका स्रोतव्यक्ति नरेश श्रेष्ठले […]

  • अर्घाखाँचीमा एकै परिवारका आठ जनामा कोरोना सङ्क्रमण

    सन्धिखर्क नगरपालिका वडा नं १ मा एकै घर परिवारका आठ जनामा कोरोना सङ्क्रमण भएको छ । शीतगङ्गा नगरपालिका–७ जलुके घर भई हाल सन्धिखर्क बस्दै आएका विशाल खड्काको परिवारका आठ जनामा कोरोना देखिएको हो । उनकी आमा, श्रीमती, छोरा, छोरी, भाइ र दुई बहिनीमा कोरोना देखिएको विशाल खड्काले बताउनुभयो । यससँगै आज जिल्लामा थप ३४ कोरोना […]

  • स्थायी संरचना नबन्दासम्म ५ वर्ष बुटवलबाटै काम

    बुटवल – लुम्बिनी प्रदेशको राजधानी तोकिएको दाङको राप्ती उपत्यका (देउखुरी)मा स्थायी संरचना नबन्दासम्म मुकाम बुटवलमै रहने भएको छ। यसका लागि सरकारको ‘लेटरहेड’मा लुम्बिनी प्रदेश, मुकाम बुटवल राखिएको छ। सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले राजधानी तोकिँदैमा संरचना नसर्ने बताए। ‘रुपन्देहीमा अहिले कैयौं संरचनामा त सरकारलाई पुगिरहेको छैन। अब अस्थायी संरचनामै दाङ जाने कुरा […]

  • 1
  • 2
  • 6

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल