कर्णाली

कर्णाली

  • कर्णालीमा नागरिक भित्रिने क्रम रोकिएन

    सुर्खेत । कोरोना भाइरसको जोखिमका कारण भारत तथा अन्य मुलुकबाट कर्णालीमा नागरिक भित्रिने क्रम रोकिएको छैन । गत जेठ ८ गतेदेखि २४ गतेजस्तो दैनिक हजारौँको सङ्ख्यामा भित्रिनेजस्तो भीड भने अहिले रोकिएको छ । गत जेठ दोस्रोतेस्रो सातासम्म एकै दिनमा दुई–पाँच हजार कर्णाली भित्रिँदा प्रदेश तथा यहाँका स्थानीय सरकारलाई उनीहरुको व्यवस्थापन गर्न निकै हम्मेहम्मे बन्यो । […]

  • कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ५५० पुग्यो

    सुर्खेत । कर्णालीमा कोरोना सङ्क्रमण नियन्त्रणमा आएको छैन । दिनहुँ सङ्क्रमित बढिरहे पनि भौतिक दूरी कायम गरेर दैनिक कामकाज गर्न सरकारले दिएको निर्देशनप्रति सर्वसाधारणले ध्यान दिएको देखिँदैन । यसले गर्दा पनि कोरोना सङ्क्रमण हुने सङ्ख्या नियन्त्रण हुनसकेको छैन । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको बुधबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार प्रदेश अस्पताल तथा पशुपक्षी रोग […]

  • आज कर्णालीमा सार्वजनिक बिदा

    सुर्खेत । कर्णाली प्रदेश सरकारले आज ९असार १५ गते० सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले राष्ट्रिय धान दिवसको अवसरमा आज यो प्रदेशका जुम्लाबाहेक नौवटै जिल्लामा सार्वजनिक बिदा दिएको हो । जुम्लामा चैत महिनाको १२ गते धान दिवसका रूपमा बिदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले जानकारी दिनुभएको छ । […]

  • मातृ प्रजनन् स्वास्थ्यका लागि स्थानीय तहलाई अनुदान माग

    काठमाडौं, २ असार । प्रत्येक स्थानीय तहलाई मातृत्व तथा प्रजनन स्वास्थ्य सेवा प्रयोजनका लागि अनुदान रकमको मागसहित दायर भएको एक रिटमा सर्वोच्च अदालतले सरकारसँग लिखित कारण माग गरेको छ । सर्वोच्चका न्यायाधीश प्रकासमानसिंह राउतको एकल इजलासले लिखित कारण माग गर्दै विषय वस्तुको प्रकृतिबाट चाँडो किनारा लगाउन आवस्यक देखिएको भन्दै रिटलाई अग्राधिकारसमेत दिएको छ । अग्राधिकार […]

  • पश्चिम रुकुम घटनामा वडाध्यक्षसहित ३२ जनालाई जन्म कैद मुद्दा

    रूकुम, ३२ जेठ । रुकुम पश्चिमको चौरजहारीमा ६ जनाको हत्या भएको घटनामा जिल्ला सरकारी वकिलको कार्यालयले ३४ जनाविरूद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । कार्यालयले चौरजहारी–८ का वडाध्यक्ष डम्मरबहादुर मल्लसहित ३४ जनाविरुद्ध तीनवटा कसुरमा मुद्दा दर्ता गरेको छ । उनीहरुमाथि ६ जनाको क्रुरतापूर्वक हत्या गरेको, बाँकीलाई घाइते बनाएको र जातीय छुवाछुत गरेको आरोपमा मुद्दा […]

  • कर्णाली प्रदेशमा जेठ ६ यता भारतबाट ४१ हजारभन्दा बढी भित्रिए

    सुर्खेत, ३० जेठ । रोजगारीको सिलसिलामा भारत गएका कर्णालीका ४१ हजारभन्दा बढी नागरिक स्वदेश फर्केका छन् । वैशाख महिनासम्म दुई हजार ४०० नागरिक बबई नाकाबाट कर्णालीमा प्रवेश गरेकामा जेठ महिनामा त्यो सङ्ख्या १९औँ गुणाले बढेर आयो । जेठ ६ गतेदेखि दैनिक हजारौँ मान्छे आउने क्रम निर्वाध चलेपछि यो महिनाको २९ गतेसम्म ३८ हजार ७१२ नागरिक […]

  • कर्णाली टिप्पर दुर्घटना : २ को मृत्यु ६ बेपत्ता, २२ जनाले हामफालेर ज्यान जोगाए

    काठमाडौँ – बुधबार बिहान भारतबाट आएका ३९ जना यात्रु बोकेको टिप्पर कर्णाली नदीमा खसेको छ । ना८ख ५१३३ नम्बरको टिप्पर छान्नी त्रिवेणी गाउँपालिका लालीघाट भन्ने ठाउँबाट कर्णाली नदीमा खसको हो । प्रहरीका अनुसार हालसम्म दुईजनाको मृत्यु भएको छ । घटनास्थलमा दुई जनाको शव भेटिएको र ६ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ । टिपरमा सवार […]

  • डोटीमा क्वारेन्टिनमा बसेका दुई महिलाले बच्चा जन्माए

    डोटी, २२ जेठ । डोटीमा क्वारेन्टिनमा बसेका दुई महिलाले बुधबार राति बच्चा जन्माएका छन् । डोटीको दीपायल सिलगढी नगरपालिका–२ की गीता आउजी र डोटीकै शिखर नगरपालिका–३ की पूजा सार्कीले क्वारेन्टिनमा बच्चा जन्माएका हुन् । आउजीले देवी मावि खातिवाडामा रहेको क्वोरन्टिनमा बच्चा जन्माएकी हुन् भने पूजाले भवानी आधारभूत विद्यालय खन्याडी छडिमाडौंको क्वारेन्टिनमा बच्चा जन्माएकी हुन् । […]

  • कर्णाली प्रदेशसभाका २ सदस्यलाई बैठकमा रोक

    सुर्खेत, १९ जेठ । कर्णाली प्रदेशसभा सचिवालयले दुई सदस्यलाई बैठकमा प्रवेश गर्न रोक लगाएको छ ।  प्रदेशसभा सदस्यद्वय अम्मरबहादुर थापा र सुशील थापालाई आइतबारदेखि बैठकमा प्रवेश गर्न रोक लगाएको हो । अम्मरबहादुर  दैलेख क्षेत्र नं १ (ख) बाट र सुशील  क्षेत्र नं २ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।  दुवैलाई कोभिड–१९ बाट सुरक्षित रहन प्रदेशसभाले बनाएको […]

  • भारतबाट दैनिक सयौँ भित्रिँदै, सर्वसाधारण त्रसित

    लकडाउनको ५६ औँं दिनपछि दैलेखको आठबीस नगरपालिका–१ सात्तलाका ३५ वर्षीय युवकमा कोरोना भाइरस पुष्टि भयो । सम्बन्धित ठाउँमै रहेको क्वारेन्टिनमा रहेका उनलाई भारतबाट उद्धार गरी ल्याइएको थियो । ती व्यक्तिमा कोरोना पुष्टि हुँदा उद्धार गरी ल्याइएका कति व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण छ भन्ने सबैको पिसिआर परीक्षण गरी नसक्दा सर्वसाधारण त्रसित बनिरहेको अवस्था छ । अहिले […]

  • 1
  • 2
  • 4

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल