देश

देश

  • नास्पाती बिक्रीबाट वार्षिक रु पाँच करोड भित्र्याउँदै दक्षिणकाली

    काठमाडौँ, १५ असोज । दक्षिणकाली नगरपालिकामा नास्पातीको व्यापारबाट वार्षिक रु पाँच करोड भित्रिने गरेको छ । नास्पातीका लागि नगरपालिकास्थित छैमले नेपालमै प्रसिद्ध मानिन्छ । नगरपालिकामा नास्पातीका करिब सात हजार बोट छन् । साविकको छैमले गाविस हाल नगरपालिकाको वडा नं ८ मा सबैभन्दा बढी नास्पातीका रुख छन् । वडा नं ९, ३ र ४ मा समेत […]

  • यात्रु बढेपछि भरतपुरमा दैनिक पाँच उडान

    भरतपुर, १५ असोज । भरतपुर विमानस्थलमा दैनिक पाँच आन्तरिक उडान हुन थालेको छ । यात्रुको सङ्ख्या बढ्न थालेपछि उडान हुने जहाजको सङ्ख्या पनि थपिएको छ । भरतपुर नागरिक उड्डयन कार्यालयका प्रमुख योगेन्द्र कुँवरले आजदेखि दुई एयरलायन्सले दैनिक छ उडानको तालिका बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “बुद्ध र यति एयरलाइन्सले आजदेखि तीन÷तीन उडान भर्ने तालिका बनाएका […]

  • अनुगमनका क्रममा रु १२ लाख असुली

    काठमाडौँ, १५ असोज । काठमाडौँ महानगरपालिकाले विगत २२ दिनदेखि गरेको अनुगमनमा व्यापारीबाट जरिवानास्वरुप रु १२ लाख ८७ हजार असुल उपर गरेको छ । कामपाले तरकारी, फलफूल र खाद्य गरी १२३ वटा पसलमा अनुगमन गरेको थियो । यसरी गरिएको अनुगमनका क्रममा मूल्य र गुणस्तरमा उपभोक्तालाई ठगी गर्ने कालीमाटी तरकारी तथा फुलफूल बजारका २ र बल्खु तरकारी […]

  • आठ निजी प्रयोगशालालाई २४ घण्टाभित्र पीसीआर परीक्षण शुल्क समायोजन गर्न निर्देशन

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आठवटा निजी प्रयोगशालालाई २४ घण्टाभित्र पीसीआर परीक्षण शुल्क समायोजन गर्न निर्देशन दिएको छ । सरकारले तोकेको शुल्क समायोजन नगरे परीक्षण अनुमति खारेज गरिने समेत मन्त्रालयले जनाएको छ । यसअघि शुल्क समायोजन नगर्ने प्रयोगशालालाई अन्तिमपटक पत्र पठाउन टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई मन्त्रालयले निर्देशन दिएको थियो । मन्त्रालयले २४ घण्टे समयसीमा दिएकोमा ह्याम्स […]

  • सम्झना विकको बुधबार अन्तिम संस्कार सम्पन्न

    बलात्कारपछि मारिएकी बझाङकी सम्झना विकको आफन्त र परिवारका सदस्यले सदरमुकाम चैनपुरनजिक सेती नदी बाहुलीगाडको दोभानमा बुधबार अन्तिम संस्कार गरेका छन् । दोषीलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नुपर्ने माग राख्दै परिवारले शव बुझ्न मानेको थिएन । प्रहरीले मंगलबार साँझ पत्रकार सम्मेलन गर्दै अभियुक्त सार्वजनिक गरेको थियो । सम्झनालाई श्रद्धाञ्जली दिन जिल्लास्थित राजनीतिकर्मी, मानवअधिकारकर्मी र दलित अधिकारको […]

  • मधेसी समाजमा आत्महत्याको घटना बढ्दै

    प्रदेश २ को त्रिवर्षीय तथ्यांकले प्रत्येक वर्ष आत्महत्याका घटना बढ्दै गएको देखाउँछ। आर्थिक वर्ष ०७५–७६ मा ७ सय १७, आर्थिक वर्ष ०७६र७७ मा ८ सय १३ र चालु आर्थिक वर्ष ०७७–७८ को साउन र भदौ महिनामा १ सय ५१ वटा आत्महत्याका घटना प्रहरीमा दर्ता भएको प्रदेश २ प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एसपी कृष्ण प्रसाईंले बताए। […]

  • कोरोना संक्रमण दर : भारतमा भन्दा नेपालमा दोब्बर

    भारतले सेप्टेम्बर २८ मा ११ लाख ४२ हजार ८ सय ११ जनाको पीसीआर परीक्षण गरेको थियो। त्यसमा ७० हजार ५ सय ८९ जनामा पोजिटिभ पाइयो। यो ६.१७ प्रतिशत हो । त्यही दिन नेपालमा १० हजार ८० जनाको परीक्षण गरिएको थियो। तीमध्ये १ हजार ३ सय ५१ जनाको पोजिटिभ रिपोर्ट आयो। त्यो १३.४० प्रतिशत हो। केही […]

  • दल दर्ता गर्न संघीय संरचना अनिवार्य

    निर्वाचन आयोगले आयोगमा नयाँ दल दर्ता गर्न संविधानअनुसार दलको संघीय संरचना अनिवार्य गरेको छ । आयोगले संविधानमा भएको संघीय संरचनाअनुसारको मुलुकको ढाँचाको स्वरूपसहित आउने दललाई मात्र आयोगमा दर्ता गर्ने भएको हो । नयाँ दल दर्ताका लागि अब आयोगमा निवेदन दिँदा स्थानीय तह, जिल्ला, प्रदेश तह र केन्द्रीय तहमा पार्टीको संरचनासहित कार्यसमिति अनिवार्य भएको हुनुपर्नेछ । […]

  • कोरोना परीक्षणका नाममा बढी शुल्क लिए लाइसेन्स नै खारेज हुनसक्ने

    कोरोना भाइरस परीक्षणका नाममा निजी अस्पतालहरूले ठगी धन्दालाई निरन्तरता दिइरहेका छन् । सरकारले तोकेको शुल्कविपरीत निजी अस्पतालले प्रतिपरीक्षण चार हजार रुपैयाँसम्म शुल्क असुल्दै आएका छन् । सरकारले पीसीआर परीक्षणमा अधिकतम दुई हजार रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने निर्णय गरेको थियो । केही प्रयोगशालासँग बुझ्दा सरकारले तोकेको शुल्कभन्दा दोब्बर रुपैयाँसम्म शुल्क लिएको देखिएको छ । काठमाडौंस्थित […]

  • माघसम्म कोरोनाविरुद्धको भ्याक्सिन नेपाल आउन सक्ने

    कोरोना भाइरसविरुद्धको २ करोड ५० लाख डोज खोप नेपाल ल्याइँदै छ । रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड र नेपाली औषधि उत्पादक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच खोप नेपालमा भित्र्याउने सम्झौता भएको हो । नेपालमा ल्याइने भनिएको ‘स्पुतनिक–५’ भ्याक्सिन ‘ह्युमन एडेनो भाइरल भेक्टर्स प्लेटफर्म’ मा आधारित छ । ‘स्पुतनिक–भी’ को तेस्रो चरणको परीक्षण आगामी जनवरीभित्र पूरा हुने अपेक्षा गरिएको […]

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल