अर्थ

अर्थ

  • यती एअरलाइन्सको जोडीलाई दशैँ अफर

    यती एयरलाइन्सले बडादशैँको अवसरमा आफ्ना यात्रुका लागि आकर्षक अफर ल्याएको छ । एयरलाइन्सको सम्पूर्ण गन्तव्यमा उडान गर्ने यात्रुहरु मध्येबाट पाँज जना भाग्यशाली विजेतालाई विभिन्न आकर्षक उपहारको व्यवस्था गरिएको छ भने ‘लक्की ड्र’मार्फत् पहिलो हुने विजेताका एक जोडीलाई हिमालयन एयरलाइन्सको काठमाडौं-अबुधावी-काठमाडौँको दुईतर्फी फ्रि टिकट प्राप्त हुनेछ । दोस्रो विजेताका एक जोडीका लागि चितवनको कसरा होटलमा, तेस्रो […]

  • खसीबोका बिक्री नहुँदा चाडपर्वमा खर्च जुटाउन मुश्किल

    वडादशैँको समयमा गरिने खसी बोकाको व्यापारमा यस वर्ष कमाई हुन नसक्दा कैलालीको चुरेगाउँपालिकाका किसान दानबहादुर बुढामगरलाई चाडपर्वमा खर्च जुटाउन समस्या भएको छ । महामारीले चहलपहल न्यून भएकोले खसी बोकाको कारोवार घट्दा परेको असरले खर्च जुटान समस्या भएको उहाँले बताउनुभयो । ‘‘बली चढाउन समेत नपाइने भनिएपछि बिक्री हुन गाह्रो भयो”, धनगढीमा शुक्रवार भेटिनु भएका बुढामगरले भन्नुभयो, […]

  • उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालको उम्मेदवारी दर्ता

    नेपाल उद्योग वाणिज्य महासंघका वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । ढकालले उनको प्यानलका सबै उपाध्यक्षसहित उम्मेदवारी दर्ता गराएका हुन् । ढकाल प्यानलबाट बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र एशोशियट उपाध्यक्षमा रामचन्द्र संघाईले उम्मेदवारी दर्ता गराएका छन् । बुधबार महासंघको केन्द्रीय कार्यालय टेकुमा पुगेर उनीहरुले उममेदवारी दर्ता गराएका […]

  • बजारमा अखाद्य वस्तु छ्याप–छ्याप्ती

    दशैतिहारको मौकामा उपभोक्ताको स्वास्थ्यलाई असर पार्ने गरी व्यापारीले अखाद्य बस्तु बिक्रीमा राखेको पाइएको छ । जिल्लाका अधिकांश स्थानको अनुगमनका क्रममा चारवटै नगरपालिकाभित्र सञ्चालित खाद्यान्न र मासु पसलमा कुहिएका सामाग्री बिक्रीमा राखेको पाइएको छ । सूर्यविनायक नगरपालिकाले एक साता लगाएर गरेको अनुगमनमा बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु बिक्रीका लागि राखिएको पाइएको अनुगमन समितिका संयोजक एवं नगरपालिकाकी उपप्रमुख […]

  • भारतबाट चल्ला माग भएपछि व्यवसायीलाई राहत

    भारतीय बजारमा यहाँ उत्पादित कुखुराका चल्ला माग भएपछि ह्याचरी व्यवसायीलाई राहत मिलेको छ । अवैधरुपमा भित्रिएका भारतीय चल्ला प्रहरी प्रशासनको सहयोगमा नष्ट गर्ने गरिएकामा अहिले नेपालका चल्ला भारतीय बजारले माग गरेपछि उता पठाउन थालिएको हो । भारतमा चल्लाको अभाव भएपछि सप्लायर्सले यहाँका चल्ला भारत पठाउन थालेका हुन् । नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम […]

  • गुह्येश्वरी मन्दिरमै ‘खिइयो’ २ किलो सुन

    पाशुपत क्षेत्रस्थित गुह्येश्वरी मन्दिरको गर्भगृहमा रहेका अष्टदल र भैरवको मूर्तिमा प्रयोग गरिएको सुन एक सय ७३ तोला कम पाइएको छ । अष्टदलमा तीन सय ७९ तोला र भैरवमा तीन सय ३४ तोला थियो । अष्टदलमा ८५ र भैरवमा ८८.५ ९जम्मा १७३.५० तोला कम भएको पाइएको हो । पशुपति क्षेत्र विकास कोषले २ वर्षअघि नै यसबारे […]

  • नयाँ नोटको विकल्प डिजिटल दक्षिणा

    दशैँ नेपालीको घरदैलोमा भित्रिइसकेको छ । दशैँमा अर्थतन्त्र थप चलायमान हुने गरेकामा यस वर्ष कोरोनाका कारण अवस्था असामान्य छ तर पनि सर्वसाधारणको चाडबाड लक्षित मनोविज्ञानलाई ध्यानमा राख्दै बैङ्क तथा वित्तीय संस्थाले छुट, अफर र उपहार योजना ल्याएका छन् । खासगरी मध्यम वर्गलाई आकर्षित गर्ने अफर फर्माइएपछि बैङ्कहरूमा पैसा झिक्ने र राख्नेको चहलपहल अलि बढेको छ […]

  • सिङमा हरियो रङ भएका खसी, बोका, भेंडा, च्याङ्ग्रा खरिद गर्न महानगरपालिकाको आग्रह

    काठमाडौँ महानगरपालिकाले उपभोक्तालाई सिङमा हरियो रङ भएका खसी, बोका, भेंडा, च्याङ्ग्रा जस्ता चौपाया खरीद गर्न आग्रह गरेको छ । बडादशैंका लागि काठमाडौंँ ल्याइएका निरोग खसी—बोका तथा भेंडा—च्याङ्ग्राको सिङमा हरियो र रोगीलाई रातो लगाइने गरेको छ । कामपा पशु सेवा विभागले मासुका लागि चौपाया बिक्रीवितरण हुने स्थानमा पुगी दशैँका लागि बिक्रीका लागि राखिएका चौपायाको स्वास्थ्य परीक्षण […]

  • दार्चुलाको अपिहिमाल गाउँपालिकाका एकल पुरुषलाई पनि भत्ता

    ज्येष्ठ नागरिक, विधवा महिला, असहाय बालबालिका, दलित बालबालिकाले सरकारबाट सामाजिक सुरक्षा भत्ता पाएको हामीले सबैले सुनेकै छौँ । तर, एकल पुरुषले पनि भत्ता खाएको भने नसुनेको हुनसक्छ । दार्चुलाको अपिहिमाल गाउँपालिकाले एकल पुरुषलाई समेत भत्ता दिन थालेको छ । गाउँपालिकाभरिका एकल पुरुषलाई गाउँपालिकाले गत आर्थिक वर्षबाट रु ५०० का दरले मासिक भत्ता दिन थालेको हो […]

  • नबिल बैंकका सीईओ अनिल शाहलाई कोरोना संक्रमण

    नबिल बैंकका प्रमुख कार्यकारी अधिकारी (सीईओ) अनिल शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण देखिएको पुष्टि गरेका छन् । गत बुधबार आफूले स्वाद गन्धहरु पाउन छाडेपछि परीक्षण गर्दा संक्रमण नदेखिएको तर शनिबार पुनः परीक्षण गर्दा भने कोभिड–१९ देखिएको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

  • 1
  • 2
  • 7

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल