प्रियंका र आयुष्मान लगनगाँठोमा

Advertisement

काठमाडौं । नायिका प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीबीच आज विवाह हुँदैछ । उनीहरुले इन्गेजमेन्ट भएको दुई वर्षपछि विवाह गर्न लागेका हुन् । विवाहको जानकारी दिन प्रियंका र आयुष्मान दुबैले छुट्टाछुट्टै ब्याचलर पार्टी पनि मनाएका थिए ।

ब्याचलर पार्टीको लागि प्रियंका आफ्ना केहि निकट साथीहरु लिएर थाईल्याण्ड उडेकी थिईन् भने आयुष्मान आफ्ना भाई आशिरमान र केहि साथीहरुसहित पोखरा पुगेका थिए । प्रियंकाले मंगलबार मेहेन्दी पार्टीको कार्यक्रम आयोजना गरेकी थिइन् । मध्यरातसम्म चलेको सांगितिक कार्यक्रममा धेरै कलाकारहरुको सहभागिता थियो ।

उनीहरुको विवाहका लागि काठमाडौंको एक रिसोर्ट तीन दिनका लागि बुकिङ गरिएको छ । आज प्रियकां र आयुष्मानको त्यही विवाह हुँदैछ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल