सेक्युरिटी प्रेस ‘कमिसन डिल’मा राष्ट्रपतिको चासो, ब्रिफिङका लागि नेकपाका दुई अध्यक्ष शीतलनिवासमा

Advertisement

काठमाडौं, १० फागुन । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड महाराजंगस्थित राष्ट्रपति निवास पुगेका छन् ।

राष्ट्रपति राष्ट्रपति विद्यादेवी भण्डारीले निवर्तमान सञ्चारमन्त्री बाँस्कोटाले गरेको कमिसन डिलबारे बुझ्नका लागि प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डलाई निवासमा बोलाएकी हुन् ।

राष्ट्रपतिको निमन्त्रणलाई स्वीकार गर्दै अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल शनिबार साँझ राष्ट्रपति निवास पुगेका हुन् । नेकपा केन्द्रीय सचिवालयको बैठक सकिएलगत्तै उनीहरु महाराजगन्ज पुगेका छन् ।

सेक्युरिटी प्रेस खरिदका सम्बन्धमा ‘कमिसन डिल’ गरेको सार्वजनिक भएपछि राजीनामा गरेका निवर्तमान सञ्चारमन्त्री बाँस्कोटाका सम्बन्धमा राष्ट्रपतिले बुझ्न चाहेकाले सोही ब्रिफिङका लागि उनीहरु गएको बुझिएको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल