दुनियाँ सन्तुलनका साथ चलिरहेको छ, दुई छिमेकीसँग सन्तुलित सम्बन्ध राख्छौं : प्रधानमन्त्री ओली

Advertisement

काठमाडौं, १० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९ औं जन्मदिनको अबसरमा ‘भिजन टु एक्सन’ किताब सार्वजनिक गरेका छन् । राष्ट्रकवि माधवप्रसाद घिमिरे र संस्कृतिविद् सत्यमोहन जोशीले शनिबार उक्त किताब विमोचन गरेका हुन् ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको उक्त किताब विमोचन कार्यक्रममा प्रधानमन्त्रीका बुवा पनि उपस्थित थिए । रत्न पुस्तक भण्डारले प्रकाशन गरेको दुई सय ४० पृष्ठको उक्त किताबमा प्रधानमन्त्री ओलीले विकास र समृद्धिबारे आफ्ना दृष्टिकोणहरू समावेश गरेका छन् ।  

किताब सार्वजनिक समारोहमा प्रधानमन्त्री ओलीले भने, ‘नेपाली समाजलाई सुन्दर देख्ने हाम्रो सपना, जहाँ अशान्ति, दमन र तानाशाही नहुन् । मान्छेले मान्छेलाई अपमान, शोषण गर्ने परिपाटी नहोस् ।’

प्रधानमन्त्री ओलीले देश उर्वर र प्राकृतिक स्रोतले भरिपूर्ण रहेको तर उत्पादन र वितरणमा समुचित व्यवस्था भने गर्न नसकिएको बताए । कृषिजन्य उत्पादन बृद्धिका लागि सरकारले काम गरिरहेको बताउँदै उनले भने,  ‘केमिकलजन्य झोलले मान्छे र देशको अर्थतन्त्र नै बिगार्ने गरेको छ, त्यस्तो कामलाई अहिले हतोत्साहित गरिएको छ । 

काम गर्न सक्ने युवा शक्ति देशमा भएको भन्दै प्रधानमन्त्री ओलीले दृष्टिकोण र प्रभावकारी ढंगले काम गर्नुपर्ने आवश्यकता भने चाहिएको बताए। ‘दुई ढुंगाबीचमा हामी छौं भने फैलिन नपाउँला तर यसलाई समृद्ध बनाए पुग्छ,’ प्रधानमन्त्री ओलीले भने।

छिमेकी देशसँग संतुलन राखिएको उनले बताए। ‘सूर्य, पृथ्वी र चन्द्रमा संतुलनमै घुमिरहेको छ,’ उनले भने, ‘दुनियाँ संतुलनका साथ चलिरहेको छ। दुई छिमेकीसँग संतुलन सम्बन्ध राख्छौं।’

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल