चितवनमा कार दुर्घटना, एकको मृत्यु

Advertisement

चितवन, १० फागुन । तीव्र गतिमा गुडिरहेको कार रूखमा ठोक्किँदा चितवनको भरतपुरमा एक जनाको मृत्यु भएको छ। शुक्रबार राति ९ बजे भरतपुर महानगरपालिका–१८ स्थित सडकमा थानेदार चोकबाट गोब्रेनी जाँदै गरेको बा १८ च ५७०९ नम्बरको कार आफैं अनियन्त्रित भएर सडक छेउको बकैनाको रूखमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

कारमा सवार घ् जनामध्ये गम्भीर घाइते भएका भरतपुर महानगरपालिका–१८ गुञ्जनगरका २४ वर्षीय नरेश कुमालको उपचारका क्रममा राति १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। भरतपुरस्थित पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचारका क्रममा कुमालको मृत्यु भएको हो।

यस्तै नवलपरासी बुलिङटार गाउँपालिका १ का २१ वर्षीय कारचालक कृष्ण कुमाल र भरतपुर–१८ गुञ्जनगरका २४ वर्षीय सन्तोष बगालेको त्यही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल