उत्तम धन भनेको के हो ? हेर्नुहोस् आजको नीति वचन

Advertisement

सर्वद्रव्येषु विद्यैव द्रव्यमाहुरनुत्तमम् ।
अहार्यत्वादनर्घत्वादक्षयत्वाच्च सर्वदा ।।
–हितोपदेश

विद्या नै सबैभन्दा उत्तम धन हो । किनकि यो कसैले चोरेर पनि लान सक्दैनन्, जति व्यय गरेपनि सकिदैन, सुख र सम्पत्तिको पनि आधार विद्य नै हो ।

धन सबैका निम्ति आवश्यक हुन्छ । तर त्यो धन कमाउन ज्ञानको आवश्यता रहने गर्दछ । हामी प्रायः सोचिरहेका हुन्छौँ कि धन नै सबैभन्दा ठूलो वस्तु हो । तर नीतिकारले धन भन्दा पनि ठूलो कुरो ज्ञान भएको बताएका छन् । किनकि विद्याको प्रयोग गरेर नै धनको आर्जन गर्न सकिन्छ । ज्ञानविनको धन दीर्घकालीन हुँनसक्दैन भनिएको छ ।


धन त हराएर पनि जानसक्छ । कसैले चोरेर वा लुटेर पनि लानसक्छन् । ज्ञानरूपी धनालाई न त कसैले चोर्न नै सक्छन् न त कसैले खोसेर नै लान सक्दछन् । यसैगरी जति खर्च गरे पनि निरन्तर बढिरहने भनेको विद्या नै हो ।


यसैगरी धर्मशास्त्रमा पनि धनलाई साधन र ज्ञानलाई साध्यका रूपमा लिइएको छ । जबसम्म ज्ञानका मार्ग खुल्नसक्दैनन् तवसम्म हाम्रो गति हुँदैन । जीवनलाई गति दिने पहिलो महत्त्वपूर्ण कुरा भनेको नै ज्ञान हो । ज्ञानजका ढोका खोल्न सक्नेले धन आर्जनका साथै जीवनलाई समेत सुखी र सम्पन्न गराउनसक्छन् ।


धन दुःखको कारण हो भने ज्ञान सुखको कारण । अतः ज्ञानको साधना गरेर जीवनलाई सार्थक बनाउनसक्नुपर्दछ भन्ने आजको नीति वचन मननी यछ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल