आज शनिवार, कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस् २०७६ फाल्गुन १० गते

Advertisement

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल फाल्गुन महिनाको १० गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत फेव्रुअरी महिनाको २२ तारिख, शनिवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२०(एक अर्व, पञ्चानब्बे करोड अन्नठाउन्न लाख पचासीहजार १२०) वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४१, तथा नेपाल संवत् ११४० अन्तर्गत परिधावी नामको संवत्सर चलिरहेको छ ।


सूर्य उत्तरायणमा छन् । शिशिर ऋतुअन्तर्गत फाल्गुनकृष्णपक्षको चतुर्दशी तिथि बेलुका ६।३४ बजेसम्म रहनेछ । यो महिनाका देवता गोविन्द र मासदेवी धात्री हुन् । सूर्य कुम्भ राशिमा र बृहस्पति धनु राशिमा छन् । श्रवण नक्षत्र बिहान ११।२२ बजेसम्म रहनेछन् । यसैगरी आज वरियन योग र चतुष्पाद करण रहेका छन् । आज सूर्योदय ६।३८ मा छ भने सूर्यास्त बेलुका ५।५८ बजे हुनेछ । चन्द्रमा आज मकर राशिमा छन् ।


आज शनिवार शिवजीको उपासनाका साथै पिपलमा जल अर्पण शुभ फलदायी रहनेछ । यसैगरी आज शनिजन्य दोष निवारणका लागि ॐ शं शनिश्चराय नमः भन्ने मन्त्रको जपका साथै शनिमृत्युञ्जयको पाठ पनि शुभ रहनेछ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल