नेपालमा भ्रष्टाचार र भ्रष्टाचारी

Advertisement

‘भ्रष्ट´र ‘आचार´ दुई अलग अलग शब्दको संयाेजनबाटभ्रस्टाचार´ शब्द बनेको हो जुन सब्द्ले खराव आचार अर्थात आचार नभएको खस्किएको कारोबार लाई जनाउदछ। भ्रष्टाचार सम्बन्धि काम गर्ने सस्था ट्रान्सपरेन्सी ईन्टरनेशनलका अनुसार “भ्रष्टाचार भन्नाले सार्बजनिक क्षेत्रमा काम गर्ने पदाधिकारी र राजनितीक वा सरकारी अधिकृतले आफुलाई सुम्पिएको अख्तियारी र शक्तिको दुरुपयोग गरि कुनै पनि ब्याक्ती वा सम्बद्ध ब्यक्तीहरुको निजि फाइदाको लागी गर्ने गैरकानुनी ब्यवहार हो ” भनेर परिभाषा गरेको छ ।

नेपालको सन्दर्भमा मात्र नभएर बिश्वपरिवेशमा नै भ्रस्टाचार भन्ने बितिकै अर्थिक हिनामिना संग जोडेर हेरेको पाइन्छ अर्थात अर्थिक भ्रस्टाचार लाई धेरै मात्रमा चर्चा गरेको पाइन्छ। वास्तवमा भ्रस्टाचार चाहे जुनसुकै प्रकारको होस यसको प्रत्यक्ष वा अप्रत्यक्ष असर गहिराईमा अर्थतन्त्र संग हुने भएकोले भ्रस्टाचारलाई अर्थिक भ्रष्टाचारको रूपमा चर्चा परीचर्चा गर्नु स्वाभाविक रूपमा लिन सकिन्छ । तर भ्रस्टाचार भन्नु केवल अर्थिक भ्रष्टाचार मात्र हो भन्नु चाहिँ सँकुचित हुन आउछ ।त्यसैले बर्तामान परिप्रेक्ष्यमा भ्रष्टाचार लाई अर्थिक भ्रष्टाचार मात्र ब्याख्या नगरेर सामाजिक , नैतिक , राजनीति अनि नितिगत भ्रष्टाचार लाई पनि गम्भीरताका साथ हेर्ने गरिन्छ ।

गलत आचार गलत मनशायबाट अभिप्रेरित भई ब्याक्तीगत स्वार्थ पुर्तिको लागी सत्ता शक्ति पदको दुरुपयोग गरी गैरकानुनी ढंगले अर्थिक हिनामिना गर्नु मात्र भ्रस्टाचार नभएर राजनीतिक हस्तक्षेप , नातावाद कृपाबदको आधारमा कुनै पनि नागरिक मौलिक हक अधिकारबाट बन्चित हुनपर्ने सबै क्रियाकलाप भ्रस्टाचार हो।

कुनै पनी नागरीकलाई नातागोताको पहुँच ,पैसाको पहुँच अर्थात् राजनीतिक पहुँचको आधारमा सार्बजनिक या सरकारी निकाया बाट छिटोछरितो ढंगले प्रक्रिया मिचेर सेवा प्रदान हुनु भनेको भ्रष्टाचार हो। भने अर्कोतिर नागरीकले नागरीक बडापत्रामा उल्लेख भए बमोजिम कानुन सम्मत सम्पुर्ण आवश्यक कागाजत पेस गर्दा पनि नातागोताको पहुँच पैसाको पहुँच राजनितीक पहुँच नभएकै कारण समयमा सेवा उपलब्ध नभएर विभिन्न बहानामा सास्ती खेप्नुपर्ने अवस्था झनै ठुलो भ्रष्टाचार हो। वास्तवमा भ्रष्टाचार सम्बन्धि कुरा गर्दा कुनै एउटा निकाय , क्षेत्र अंगको मात्र विश्लेषण गर्दा अपुरो हुन सक्छ। हाम्रो मुलुकमा भ्रष्टाचार राज्याको एउटा अंगमा एउटा निकायमा मात्र नभएर राज्यको हरेक अंगमा अनि हरेक निकायमा माथीदेखी तलसम फैलिएको छ

कानूनी राज्यको स्थापन गर्न नसक्नु। जन्ताप्रतिको जवाफदेहि सरकार नहुनु । ब्याबास्थिका, कार्यपालिका अनि न्यापालिका कम्जोर हुनु अस्थिर राजनिती भित्र बड्दाे राजनीति नैतिक संकट, बेरोजगारी समस्या, रोजगारीमा पर्याप्त ज्याला नहुनु , सामाजिक सुरक्षाको प्रत्याभूति नहुनु , जसरी भए पनि सम्पत्ति जोडनु पर्छ भन्ने गलत संशस्कारको बिकास हुनु जस्तो कुराहरू नै भ्रष्टाचारलाई प्रोत्साहन गर्ने बिसय बस्तु बनेको छ ।

तल्लो तहमा हुने भ्रष्टाचारको अर्थिक क्षति कम देखे पनि समाजमा गलत संस्कारको वातावरण तयार गरी बिशुद्ध समाजको सिर्जना गर्न मद्दत गर्ने गर्छ जसको असर बर्तमानमा मात्र नभएर दुर्गामी हुने गर्छ । भने माथिल्लो तहमा हुने ठुला ठुला राजनीतिक अनि नितिगत भ्रष्टाचारले गलत संस्कारको बिकास मात्र हैन देशको अर्थत्रन्त्र नै एकैपटकमा चकनाचुर बनाउन सक्छ । त्यसैले अर्थिक हिसाबमा मापन गर्ने हो भने ठुलो सानो जस्तो देखिए पनि नैतिकताको कसिमा जाँच्ने हो भने सबै भ्रष्टाचारीहरु एउटै अपराधीक सृखंला भित्र पर्न आउछन्।

भ्रष्टाचार विरुद्ध वाकलत गर्ने अन्तर्राष्ट्रिय संस्था ट्रानसपरेन्सी ईन्टरनेशनको प्रतिबेदनअनुसार सुशासनमा उत्कृष्ट देखिएका लोकतान्त्रिक अभ्यास भएका जतिपनी देशहरू छन् ती देशहरू नै कम भ्रष्टाचार हुने सदाचारी मुलुकको सुचीमा परेका छन् ।भने जुन देशहरू दन्दग्रस्त, अस्थिर राजनिती,बेरोजगारी समस्या जस्ता कुराहरुको कारण सक्रमंणकालिन अवस्थामा गुजि्ररहेको छन् सोही मुलुकहरू नै भ्रष्टाचारग्रस्त मुलुकको सुचीमा परेका छन् ।

ट्रान्सपरेन्सी ईन्टरनेशनले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणात्मक सूचकांक २०१६ (सिपिआई) अनुसार १७६औ देशमा नेपाल २९ अंकको साथ १३१औ स्थानमा छ। गत बर्ष १६८ मुलुको सर्बेक्षणमा २७ अंक प्राप्त गरि १३० औ स्थानमा थियो भने यो बर्ष १७६ मुलुकको सर्बेक्षणमा २ अंक बढी प्राप्त गरि २९ अंक पुगेपनि १३१ औ स्थानमा रहेकोले अर्थिक सुशासनमा सुधार हुन नसकेको नितिगत भ्रस्टाचार चाहीँ बढेको देखिन्छ ।

१०० पूर्णाङक मानी तयार गरिने सूचकांकमा ५० भन्दा कम अंक पाउने मुलुकहरु भ्रष्टाचारग्रस्त मानिन्छन् ।उक्त सूचकांक अनुसार नेपाल अति भ्रष्टाचारी मुलुकको सुचीमा पर्छ । दक्षिण एसियाली मुलुकहरूको सन्दर्भमा हेर्ने हो भनेअफगानिस्तान र बाङ्लादेश पछीको नेपाल सबैभन्दा बढी भ्रष्टाचारी तेस्रो मुलुको सुचीमा पर्छ । डेन्मार्क र न्युजिल्यान्ड ९० अंक प्राप्त गरी संसार सबैभन्दा कम भ्रष्टाचार हुने सदाचारी मुलुकको सुचीमा परेको छ भने १० अंक प्राप्त गर्ने सोमालिया सबैभन्दा बढी भ्रष्टाचार गर्ने भ्रस्टाचारी मुलुकको सुचिमा परेको छ ।

उक्त प्रतिबेदन अनुसार हाम्रो मुलुको स्थिति वास्तवमै दननिय भ्रस्टाचारले सिकिस्त भएको देखिन्छ ।बिस्वाको दृस्ठिकोणमा हाम्रो मुलुकको छवि बिग्रनु भनेको सारा नेपालीको छविमा दाग लग्नु नै हो। ब्यक्तिको सम्पन्नता पहिचान राष्ट्रियता संग जोडिएको हुन्छ ।आज यो प्रतिबेदनले बिश्वको दृस्ठिकोणमा सम्पूर्ण नेपालीलाई भ्रष्टाचारी देशको नगरीक भनेर स्थापित गरेको तितो यथार्थता हो।

जब ब्याक्तीको नैतिकतामा ह्रास आउछ भ्रष्टाचारको शुरुवात त्याहाबाट हुन्छ । नैतिकता जहाँ नस्ट हुन्छ अनैतिक चरीत्र त्याहा जन्मिछ।

राष्ट्रिय बिकासको निम्ति भ्रष्टाचार रहित समाजको सिर्जना गर्नु पर्छ भन्ने हरेक नागरीकमा सकारात्मक सोचको विकास जबसम्म हुन सक्दैन । भ्रष्टाचारीलाई किरा परोस् भ्रष्टाचारी जेल जाओस् भनेर एक दिन ब्यानर प्रदशन गरेर मात्र भ्रष्टाचार रहित समृद्धि समाज र देशको बिकास हुन्छ सक्दैन ।

हामीले बिकास अनि समृद्धि कुरा मात्र गरेर पुग्दैन ।प्राथमिकतामा भ्रष्टाचार निर्मुल हुन जरुरी छ। मुलुकमा बिकास अनि समृद्धि नभएको कारण भ्रष्टाचार भएको हो भन्नु भन्दा पनि भ्रस्टाचार भएको कारण मुलुक बिकास अनि समृद्धि नभएको हो भन्ने तथ्य लाई अंगिकार गर्नु जरुरी छ । हाम्रो मुलुकमा भ्रष्टाचार बिरोधि काम गर्ने सस्थाको अभावमा कानुनको अभावमा भ्रष्टाचार मौलाएको हैन । यथार्थमा संस्था हाक्ने ब्याक्ती कर्मचारी नै सदाचारी हुन नसक्दा संस्था पनि प्रदिुषत हुन पुगेको तितो यथार्थता हो।

भ्रष्टाचार बिरोधि काम गर्ने निकाय समेत तल्लो तहको केही कर्मचारीहरु लाई मात्र कारबाही गरेर सस्तो लोकप्रियता कमाएको देखिन्छ भने ठुलो भ्रष्टाचारीहरु खुलेहाम भ्रष्टाचार गरिरहदा समेत कारबाहिको दायारा भन्दा बाहिर रहेको दृष्टान्तहरु देखिन्छ।

सरकारले कर्मचारी ,कर्मचारीले सरकार र नगरीक अनि नगरीकले सरकार र कर्मचारी लाई दोषी देखाउने प्रबृत्ति नै गलत सस्कारको विकास हो। यसरी एउटा पक्षले अर्को पक्ष लाई दोष देखाउनु भनेको कोहि पनि आफ्नु ठाउमा जिम्मेवार नहुनु हो। एउटाले अर्कोलाई दोषी देखाउने आफ्नु दोस कहिले नदेख्ने या देखेर पनि आफ्नाे कमजोरी औलाउन नखोज्ने प्रबृत्ति यस्तो संस्कार बडो भ्रष्टाचारी संस्कार हो।

जब ब्याक्तीको नैतिकतामा ह्रास आउछ भ्रष्टाचारको शुरुवात त्याहाबाट हुन्छ । नैतिकता जहाँ नस्ट हुन्छ अनैतिक चरीत्र त्याहा जन्मिछ। अर्थात नैतिक चरीत्रको बिकास हुनु नै भ्रष्टाचार निर्मुल हुनु हो भनेर पनि बुझ्न् सकिन्छ ।

किन बढ्दैछ भ्रष्टाचार :

सार्वजनिक जीवनमा रहँदाको अवस्थामा पाएका स-साना सुविधा पनि व्यक्तिगत जीवनमा उपभोग नगर्ने चाणक्य जस्ता विद्धानहरूको दर्शन र व्यवहारलाई आर्दश मान्दै शासन र प्रशासनको सिको गरेको देश हो नेपाल। तर आज पहिचान फेरिएको छ। मानौं या नमानौं हाम्रो पहिचान भ्रष्ट देशको रूपमा पनि विश्वमा चिनिँदै छ।

एकातर्फ भ्रष्टाचार नियन्त्रण सबै राजनीतिक दल, सरकार र अन्य जिम्मेवार सरोकारवाला सबैको साझा चिन्ता र सहमतिको विषय बनेको छ भने अर्कोतर्फ भ्रष्टाचार हुने प्रवृत्ति पनि मूल रूपमा राजनीतिक दर, सरकार र जिम्मेवार सरोकारवालाहरूमा नै रहेको अवस्था तथ्यहरूले देखाउँछ। यस्तो विरोधाभास अवस्थामा हामी छौं।

त्यसैले भ्रष्टाचार हुने कारणहरूको पहिचान गरी कारणमा नै समाधान खोज्नु नितान्त आवश्यक छ।

भ्रष्टाचार कारण र समाधानका हिसाबले बहुआयामिक विषय हो। नेपालको राज्य प्रणालीमा रहेका व्यवस्था र हालको अवस्थालाई विश्लेषण गर्दा मुलभूत रूपमा देहायका कारणहरूले भ्रष्टाचारलाई बढवा गरेको देखिन्छ :

क) आर्थिक :

आज नेपाली समाज उपभोगवादी चिन्तनको सिकार भएको छ। छिट्टै र जसरी पनि धनी बन्ने चाहना मौलाएको छ। आर्थिक राष्ट्रवादको भावना शून्यप्राय: अवस्थामा छ। आधारभूत आवश्यकता परिपूर्तिका लागि समेत धेरै पैसाको आवश्यकता पर्ने अवस्था छ।

राज्यले नागरिकका आवश्यकतासँग जोडेर नागरिकलाई भविष्यप्रति सुनिश्चित गराउन सक्ने गरी सामाजिक सुरक्षाको प्रबन्धलाई व्यवस्थित गर्न सकेको छैन। आम नागरिकको आर्थिक गतिविधिलाई सरकारी निगरानी र नियन्त्रणमा राख्ने पद्धति र व्यवहारलाई संस्थागत गर्न सकिएको छैन। यिनै कारणले पनि भ्रष्टाचार गर्ने दर बढेको पाइन्छ।

ख) सामाजिक तथा साँस्कृतिक :

समाजले भ्रष्टाचारजन्य गतिविधिलाई मुकदर्शक बनेर सामाजिक मान्यता प्रदान गरेको अवस्था छ। आज नेपाली समाजले सम्पत्तिको स्रोतलाई भन्दा स्वरूपलाई महत्व दिएको छ। सामाजिक प्रतिष्ठालाई नैतिक सदाचारितासँग नभइ आर्थिक सामर्थ्यसँग जोड्ने जनमत पनि ठूलो संख्यामा छ।

हाम्रा सामाजिक, साँस्कृतिक तथा धार्मिक रितिरिवाजहरू देखासिकीको प्रभावमा भड्किलो बन्दै गएका छन्। नागरिकमा नैतिक मूल्य र मान्यतामा ह्रास आएको छ। भ्रष्टाचारविरूद्ध नागरिक पहरेदारीको अभाव छ।

सशक्त र खोजपूर्ण पत्रकारिताको अभाव छ। यस्तै, कारणहरू पनि भ्रष्टाचार नियन्त्रण भन्दा बहिर जाँदै छ।

ग) राजनीतिक :

राजनीतिक नेतृत्वमा भ्रष्टाचार नियन्त्रण गर्ने साहस, इच्छाशक्ति, प्रतिवद्धता र व्यवहारिक अवलम्बनसहितको इमान्दारिताको कमी छ। भ्रष्टाचारको निगरानी र नियन्त्रणका लागि स्थापना गरिएका संस्थाहरूमा राजनीतिकरण हाबी छ। त्यस्ता संस्थाको नेतृत्वको छनोट र कार्यप्रक्रियामा राजनीतिक दलको हस्तक्षेप रहने तथ्य कसैबाट छिपेको छैन। राजनीतिक नेतृत्वको स्वार्थ र मतिभ्रमका कारण नीतिगत भ्रष्टाचार हुने र जसका कारण सीमित व्यक्तिको स्वर्थ प्रेरित नीति बन्ने गरेको तीतो यथार्थ हामीले भोगिरहेका छौं।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष खेमराज रेग्मीका अनुसार राजनीतिक संरक्षण विना प्रशासनिक तहबाट मात्रै ठूलो आकारको भ्रष्टाचार सम्भव नहुने र प्राय: सबै ठूला अनियमितता एवं भ्रष्टाचारका काण्डहरू राजनीतिक नेतृत्वको संलग्नता बिना कर्मचारीहरूको चाहनाले मात्र हुन प्राय: असम्भव छ।

मुहान सफा भएमात्र तल जाने पानी सफा हुन्छ। त्यसैले राजनीतिक पद र जिम्मेवारीबाट गरिएका र गर्न नसकिएका कर्महरूले भ्रष्टाचार बढ्नुमा प्रधान भूमिका खेलेको तथ्य सबै अध्ययनहरूको निष्कर्ष हुने गरेको छ।

घ) प्रशासनिक :

प्रशासनिक जिम्मेवारीमा रहने कार्यहरूलाई नीति, विधि र प्रणालीबद्ध कार्यसंस्कारका आधारमा सम्पादन गर्न नखोज्ने बिचौलिया र माफिया प्रवृत्ति हाबी छ। पारदर्शिता, उत्तरदायित्व र जवाफदेहीताको अवस्था दयनीय छ।

प्रशासन संयन्त्रमा नागरिकको सेवक र सहजकर्ता होइन शासक बन्न चाहने प्रवृत्ति बढी छ। नागरिकमैत्री सोच र सूचनाको हकको कार्यान्वयनमा अल्छ्याँइ र बेइमानी गरिन्छ। सार्वजनिक जिम्मेवारीलाई नियमितता, मितव्ययीता, कार्यदक्षता, प्रभावकारिता र औचित्यताको आधारमा सम्पादन गर्ने लगाव र निष्ठा विरलै भेटिन्छ। यिनै कारणले पनि भ्रष्टाचारको पारो उछालिएको छ।

ङ) लोभ र व्यक्तिगत स्वार्थ :

परिश्रम विनाको सम्पत्तिमा लोभ गर्नु हुँदैन भन्ने पूर्वीय मान्यता रहेको छ। यसै मान्यता अनुसार कुनै समय हाम्रो देशलाई संसारले इमान्दारको देश भनी चिन्ने गर्दथ्यो। तर आज धन र सत्ताको मदमा यहाँको बहुमत समाज लहसिएको छ। बहकिएको छ। धनप्रतिको आसक्तिले विकृतिका छालहरू उछालिएका छन्। त्यसैले हाम्रो पहिचान फेरिएको छ। इमान्दारबाट भ्रष्ट देशको सूचीमा अग्रता हासिल गर्दै छौं ।

लोभ र व्यक्तिगत स्वार्थले हामीलाई एकोहोरो बनाएको छ। यहाँ दायाँबायाँ, अधिकार–कर्तव्य, आफ्नो र पराया छुट्याउने विवेकले स्थान गुमाउँदै गएको छ। व्यक्ति केन्द्रित लोभ र स्वार्थले मानिसलाई सामूहिक हित र निष्ठाबाट टाढा पुर्याएको छ। लोभ र व्यक्तिगत स्वार्थ हाबी भएको अवस्थामा सत्य र नैतिकताले स्थान गुमाउँदै गएको छ। त्यसैले पनि होला भ्रष्टाचार मौलाउने उर्वर भूमि बनेको छ।

यदी हाम्रो समाजमा नै नैतिकताको खरेडी छ गलत सस्कारको हाबी छ भने उक्त समाजमा हुर्किएको जन्मिएको हाम्रो हरेक सन्तती बाट हामीले के आपेक्ष गर्ने राष्ट्रियले के आपेक्षा गर्ने र गलत सस्कार अनि भ्रष्ट समाजको बाताबरणले हुर्केकाएको सन्ततिले भोलि देशको लागि के योगदान गर्न सक्छ यो नै गम्भीर प्रश्नको विषय हो।

बास्तबिकतामा भ्रस्टाचार विरुद्धको लडाइँमा सुरुवात आफू बाट गर्न जरुरी छ तपाई नैतिकवान हुनु भनेको परिवार नैतिकवान हुनु हो। अनि परिवार परिवार मिलेर बनेको समाज अनि समाज समाज मिलेर बनेको गाउँ शहर हुदै भ्रष्टाचार रहित सिङ्गो राष्ट्रियको निर्माण हुनु हो

कतिपय विकसित देशहरूको सवालमा हेर्ने हो भने भ्रष्टाचार निर्मुल गर्ने उदेश्यका साथ भ्रस्टाचार बिरोधि पाठ्यक्रम नै तयार गरेर औपचारिक रूपमा बिश्वाबिधालय स्थरसम्म अध्यन अध्यापन गराईरहेको पाउछौ। त्यसैले हाम्रो मुलुकले पनि आजको विश्वपरिवेशलाई बुझेर भ्रस्टाचार रहित राष्ट्रिय निर्माणको लागि बिधालय तह देखी नै भ्रष्टाचार बिरोधि शिक्षाको बिकास गर्ने तिर पनि ढिलाई नगर्ने पो हो की

अन्तमा भ्रष्टाचारविरुद्ध सदाचार अभियान व्यापक रुपमा राष्ट्रिय पर्वको रुपमा हरेक नागरिक, नागरिक संस्था, नीजि क्षेत्र र संचारले हातमा हात काँधमा काँध मिलाएर गाँउ गाँउ वस्ती वस्तीवाट जनमत तयारगरी भ्रष्टाचारमुक्त समाज निर्माणमा जुटनुपर्छ, साथै सरकारले भ्रष्टाचारीलाई निर्मम रुपमा कावाही वा दण्ड दिनुपछै, अनि मात्र भ्रष्टाचारविरुद्ध सदाचार पद्धति मार्फत सुसस्कृत समाज, समृद्ध नेपाल बनाउन सकिन्छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल