सधैँ सुखी रहने उपाय के हो ? हेर्नुहोस् आजको नीति वचन

Advertisement

समवेक्ष्येह धर्मार्थां सम्भारान्योऽधिगच्छति ।
स वै सम्भृतसम्भारः सततं सुखमेधते ।।
– विदूर नीति

जो व्यक्ति धर्म र अर्थको बारेमा सोच विचार गरी न्यायोचित समृद्धिका साधन जुटाउँछन् तिनै व्यक्तिले सधै सुखको उपभोग गर्दछन् ।


सधै सुखी रहन विशेष कुरामा विचार गर्नुपर्दछ भन्ने विदूरको नीति वचन पाइन्छ । विशेषतः सदा सुखी रहन धर्म र अर्थको न्यायोचित उपयोग गर्नुपर्दछ भनिएको छ । धर्म र अर्थको समुचित प्रयोगद्वारा नै जीवनमा समृद्धि प्राप्त हुने गर्दछ ।


धर्मको मार्गले अर्थको आर्जन गर्ने व्यक्तिले नै जीवन समृद्ध बनाउन सक्दछन् । धर्म भनेको आफ्नो कर्तव्यको पालन हो । जसले स्वधर्म छाडेर केवल अर्थमात्र आर्जन गर्दछन् त्यस्ता व्यक्तिलाई समृद्धि प्राप्त हुन सक्दैन भनिएको छ ।


स्वधर्मको परिपालन भनेको आफ्नो जे कार्य हो त्यसको न्यायोचित कार्य गर्नु हो । व्यापार गर्नेले छलेर व्यापार गर्दछन् भने त्यो व्यापारीको धर्म अन्तर्गत पर्दैन । यसैगरी कसैले पढाएर अर्थ आार्जन गर्दछन् भने पढाउने कुरामा ठग्नु त्यो धर्मविरूद्धको कर्म हो । यसैगरी जुन कुरा शास्त्रले नगर्नू भनेर निषेध गरेको छ त्यस्ता कार्य गर्ने व्यक्ति पनि स्वधर्म विरोधी हुन् । यसरी स्वधर्मको परिपालना नगरी कमाएको धनले जीवनमा सुख दिँदैन भनिएको छ ।


धर्म गरेर आध्यात्मिक समृद्धि प्राप्त हुन्छ भने अर्थको साधनबाट भौतिक बस्तुको समृद्धि हुने गर्दछ । यसरी प्राप्त समृद्धिलाई आत्मिक र भौतिक वस्तुको न्यायोचित व्यवस्थापन गर्ने व्यक्ति नै सदा सुखी रहन्छन् भन्ने नीति वचन मननीय छ । – नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद् –

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल