मलेसियाको हेरिटेज पेजेन्टसमा नेपालको प्रतिनिधि परिन्दा र परिसा

Advertisement

काठमाडौं । अन्तराष्ट्रिय सौदर्य प्रतियोगिता ‘२०२०’मा परिन्दा श्रेष्ठ (परि) र परिसा रानाभाटले नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । उक्त प्रतियोगितामा श्रेष्ठले मिसेस र रानाभाटले मिस तर्फ नेपालको प्रतिनिधित्व गर्न लागेका हुन् ।


हेरिटेज पेजेन्टसका लागि आधिकार प्राप्त संस्था ग्रिनआर्ट मिडियाले मंगलबार पुल्चोक स्थित भिभान्त होटलमा कार्यक्रमको आयोजना सहित दुबै प्रतियोगी सार्वजनिक गरेको हो । सो अवसरमा ग्रिन आर्ट मिडियाले दुबै प्रतियोगीलाई ‘हेरिटेज पेजेन्टस नेपाल २०२०’को क्राउन समेत लगाइदिएको थियो ।


इप्लानेट प्रा.लिका अध्यक्ष सन्तोष सापकोटाले पानमा बत्ती बालेर सुरु भएको कार्यक्रममा पुर्व प्रतियोगी मिसेस दुर्गा बिसुराल, मिस अदीति बुढाथोकी, मिसेस मन्जु ढकाल लगायतको उपस्थिती रहेको थियो ।


केही दिन अगाडि राजधानीमा आयोजित ‘हेरिटेज पेजेन्टस नेपाल’को प्रारम्भिक अडिसनबाट दुबै प्रतियोगी छानिन सफल भएका हुन् । अडिसनमा बिवाहित तथा अबिवाहित गरेर २०० बढी महिलाको सहभागीता रहेको थियो ।


‘हेरिटेज् पेजेन्टस् २०२०’ मलेसियामा आउँदो अप्रिल ११देखि २० अप्रिलसम्म आयोजना हँुदैछ । नेपाल लगायत विश्वका ४० मुलुकका प्रतिस्पर्धीहरुको प्रतियोगितामा सहभागीता रहनेछ ।
प्रतियोगिता मार्फत युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचिमा परेका विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धन गर्ने उदेश्यले इप्लानेट प्रा.लिले आयोजना गर्दै आएको हो ।


नेपाली कोरियोग्राफर रोजिन शाक्य र बलिउड कोरियोग्राफर सिम्रन डिन्ज अहुजाको कोरियोग्रफी रहने प्रतियोगीता आयोजनाको उदेश्य बिश्वको कला, संस्कृति, सम्पदा, पर्यटन, वातावरण र शान्तिका लागि काम गर्नु रहेको आयोजक इप्लानेट प्रा.लिका अध्यक्ष सन्तोष सापकोटाले बताए ।
‘बुद्ध र सगरमाथा नेपालीको पहिचान, सम्पदा, संस्कृति, पर्यटन प्रवद्र्धन र सम्वद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ ‘मिस हेरिटेज इन्टरनेसल’ २०१४ बाट सुरु भएको हो । पहिलो संस्करण नेपालमा आयोजना भएको प्रतियोगिता भारतको नयाँदिल्ली, श्रीलंकामा, सिंगापुर हुदै अहिले मलेसियामा आयोजना हुँन लागेको हो ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल