व्यवहार कसरी चलाउनु पर्छ ? हेर्नुहोस् आजको नीति वचन

Advertisement

सकुले योजयेत्कन्या पुत्रं विद्यासु योजयेत् ।
व्यसने योजयेच्छत्त्रुं मित्रं धर्मे नियोजयेत् ।।
– चाणक्य


छोरीको विवाह असल कुल भएको घरमा गरिदिनु पर्छ । छोरालाई राम्रो ज्ञान आर्जन गर्ने अध्ययन कार्यमा लगाउनु पर्छ । मित्रलाई राम्रो कार्यम र शत्रुलाई खराब कार्य गर्न लगाउनु पर्छ यो नै व्यवहारिकता हो ।

व्यवहार भनेको समाजमा जीवनलाई सही तरिकाले चलाउने कला हो । व्यवहारलाई सही तरिकाले चलाउन सकिएन भने सफल जीवन यापन भएको मानिदैन । यही प्रसङ्गमा व्यवहारलाई कसरी चलाउनुपर्दछ भनी चाणक्यले विशेष सूत्र बताएका छन् ।


सर्वप्रथमतः छोरीको विवाह असल कुल छानेर गरिदिनुपर्छ भनिएको छ । असल व्यक्तिलाई छोरी दिनसक्नु पिताको कर्तव्य अन्तर्गत पनि पर्दछ । छोरीको सफल भविष्यका निम्ति असल ज्वाईको व्यवस्था गर्नसक्नुपर्दछ भनिएको छ ।


यसैगरी छोरालाई सत्मार्गको शिक्षा प्रदान गर्नसक्नुपर्दछ भनिएको छ । पुत्र ज्ञानवान् हुन सकेनन् भने सफल र सार्थक जीवन व्यतित गर्न सक्दैनन् । अतः सन्तानलाई सही शिक्षा दिक्षाको प्रबन्ध मिलाउनुपर्छ भनिएको छ । तवमात्र पिताको कर्तव्य पूरा भएको मानिन्छ ।


यसैगरी साथीलाई असल कार्यमा लगाउनुपर्दछ । मित्रलाई राम्रो कार्यमै अग्रसर गराउनुपर्दछ । यसैगरी शत्रुलाई व्यसनमा लगाएर व्यवहारलाई धान्नु पर्दछ भनिएको छ । व्यसन भनेको लत हो । कुनै लतमा लगाएर शत्रुलाई उतै भुलाई आफ्नो व्यवहार चलायनुपछ भन्ने नीति वचन मननीय छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल