कस्ता व्यक्तिलाई तामसी भनिन्छ ? हेर्नुहोस् आजको नीति वचन

Advertisement

लोभः स्वप्नोऽधृतिः क्रौर्यं नास्तिक्यं भिन्नवृत्तिता ।
याचिष्णुता प्रमादश्च तामसं गुणलक्षणम् ।।
– मनुस्मृति (१२।३३)

लोभ, अतिनिद्रा, कमजोरी, क्रूरता, नास्तिकता, भिन्नवृत्ति (आफ्नो र अर्काकोमा भेद गर्ने), याचकी र प्रमाद यी तामस वृत्तिका लक्षण हुन् ।

तम शब्दको अर्थ अन्धकार हुन्छ । तामसी हुनु पनि जीवनलाई अन्धकार तर्फ धकेल्नु नै हो । यस्ता प्रवृत्तिले जीवनमा उन्नति हुनसक्दैन भनेर बताइएको छ ।


विशेषतः तामसी प्रवृत्ति भएका व्यक्ति लोभी हुन्छन् भनिएको छ । लोभ मनको विकार हो । जसले लाभ त दिन्छ तर लाभसँगै विलापको बाटो पनि भेटिन सक्छ । त्यसैले लोभ गर्नु हुँदैन भनिएको छ । किनकि लोभ तामसी प्रवृत्तिको लक्षण हो । जसले उन्नति असम्भव छ ।
यसैगरी अल्छी गर्ने व्यक्तिलाई पनि तामसीको कोटीमा राखिएको छ । अल्छीपनले पनि जीवनमा अन्धकारको नै मार्ग प्रदान गर्दछ । यसैगरी जीवनमा क्रोध पनि नगर्नु भनिएको छ । जो क्रोधको भाव दर्शाउछन् ती तामसी प्रवृत्तिका व्यक्ति हुन् । यस्ता व्यक्तिले पनि जीवनमा उन्नतिको शिखर चढ्न सक्दैनन् भनेर बताइएको छ ।


यसैगरी तामसी प्रवृत्ति भएका व्यक्ति नास्तिक पनि हुने गर्दछन् । नास्तिक भनेका ईश्वरीय अस्तित्वलाई स्वीकार नगर्ने व्यक्ति हुन् । जसमा पनि जीवनदायिनी शक्ति हुँदैन भनेर बताइएको छ ।


यसैगरी आफ्नो र अर्काकोमा भेद देख्ने व्ययक्तलाई पनि तामसीको कोटिमा राखिएको छ । साथै माग्ने प्रवृत्ति पनि तामसी नै हो भनेर बताइएको छ । माग्ने होइन कि स्वकर्मले आर्जन गर्नुपर्दछ । अन्यथा तामसी प्रवृत्तिको बाटोमै जीवन व्यतित हुने गर्दछ । यसैगरी घमण्डको प्रदर्शन गर्ने व्यक्तिलाई पनि तामसीको कोटिमा राखिएको छ । जसले आफ्नो घमण्ड प्रस्तुत गर्दछन् ती तामसी नै हुन् । अतः आफ्नो जीवनलाई सुन्दर र सार्थक बनाउन तामसी प्रवृत्ति त्याग्न सक्नुपर्छ भन्ने नीति वचन मननीय छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल