कस्ता व्यक्तिको संगत गर्नु हुँदैन ? हेर्नुहोस् आजको नीति वचन

Advertisement

षडिमान् पुरुषो जह्यात् भिन्नं नावमिवार्णवे
अप्रवक्तारं आचार्यं अनध्यायिनमृत्विजम् ।।
आरक्षितारं राजानं भार्यां चाऽप्रियवादिनीं
ग्रामकामं च गोपालं वनकामं च नापितम् ।।
– विदूर नीति

केही नबोल्ने नेता (आचार्य), मन्त्र उच्चारण गर्न नसक्ने ब्राह्मण, देशको सुरक्षा गर्न नसक्ने राजा, कर्कशा पत्नी, गाँउमा बस्न चाहने ग्वाला र वनमा रहन चाहने नाईको संगत गर्नु हुँदैन ।

विशेष गरी पद धारण गरेर पनि पदीय दायित्व पूरा गर्न नसकने वयक्तिको संगत गर्नुहुँदैन भनी महात्मा विदुरले बताएका छन् । नेतृत्व गर्ने व्यक्तिले केहीकुरा बोल्न र भन्न सक्दैनन् भने त्यस्ता नेतृत्वकर्तालाई त्याग्नुपर्दछ भनिएको छ । नेता भएपछि आफ्ना समर्थकको पनि भावना बुझ्न र कदर गर्न सक्नु पर्दछ । जसले कुनै कार्य विशेषको नेतृत्व लिन्छन् र समयमा सही बोल्न सक्दैनन् भने त्यस्ता व्यक्तिको संगत गर्नुहुँदैन भनिएको छ ।

यसैगरी मन्त्र उच्चारण गर्न नसक्ने ब्राह्मणको संगतले पनि कार्यमा सफलता मिल्न नसक्ने धारणा विदूरले व्यक्त गरेका छन् । मन्त्र भनेको ब्राह्मणको शक्ति वा बल हो । जो मन्त्र उच्चारण नै गर्न सक्दैनन् त्यस्ता ब्राह्मणले गरेका यज्ञादि कार्य पनि विफल हुन्छन् । त्यसैले यस्ता व्यक्तिको दपनि संगत नगर्नू भनिएको हो ।

यसैगरी देशको सुरक्षा गर्न नसक्ने राजाको पछि लाग्नु पनि व्यर्थ हुन्छ भनिएको छ । जसले सुरक्षा गर्न सक्छन् तीनै वास्तवमा देशका राजा हुन् । अतः सुरक्षा दिननसक्ने राजाको संगत पनि गर्नुहुँदैन भनिएको छ । यसैगरी कर्कशा पत्नी, गाँउमा बस्न चाहने ग्वाला र वनमा रहन चाहने नाईको संगतले पनि जीवनमा भलो हुँदैन भन्ने विदुरको नीति वचन मननीय छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल