स्कुटर र बस आपसमा ठक्कर खाँदा नायीका महिमा सिलवालसहित दुई जनाको मृत्यु

Advertisement

गजुरी, १ फागुन । धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ चाम्बासमा गएराती स्कुटर र बस आपसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ । लामो समय देखि फिल्मी क्षेत्रमा लाग्दै आएकी महिमा सिलवाल र शर्मिला सिलवालको उपचारको क्रममा मृत्यु भएको हो ।

वा ९८ प ७०५८ नमबरको स्कुटि र लु २ ख १३५ नम्बरको बस एकआपसमा ठक्कर खाँदा स्कुटरमा सवार दुवै जनाको मृत्यु भएको हो ।
अभिनेत्री महिमा सिलवालको गजुरी अस्पताल र शर्मिला सिलवालको काठमाण्डौ ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक भोजराज पाण्डेले जानकारी दिए ।
महिमा सिलवाल र शर्मिला सिलवालको बहिनीको ईगेजमेन्टमा चितवन जाँदै गर्दा गएराती उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु भएका महिमा र शर्मिला दिदीबहिनी हुन् । अहिले यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल