१ महिनामै २ पटक सुत्केरी, युवतीले जन्माइन् ३ बच्चा !

Advertisement

एजेन्सी । कहिलेकाहीँ दुनियाँमा यस्ता घटना हुन्छन्, जसले विज्ञान तथा प्रकृतिलाई नै चुनौती दिने गर्दछ । बंगलादेशमा हालै यस्तै भएको छ, जसका कारण चिकित्सा जगत र आम मानिससमेत अचम्ममा परेका छन् ।एकजना बंगलादेशी युवतीले एक महिनाको बीचमा २ पटक सुत्केरी भएर ३ वटा बच्चा जन्माएकी छन् । पहिलो बच्चा जन्माएको २६ दिनपछि ती युवतीले फेरि जुम्ल्याहा बच्चा जन्माएकी हुन् । ती महिला एक महिनाभित्रैमा तीन पटक आमा बनेकी छन् । कुनै पनि महिलाले एक महिनाभित्रैमा दुई पटक सुत्केरी भएर तीनवटा बच्चा जन्माएको घटना विश्वमै पहिलो पटक भएको बताइएको छ ।

ती किर्तिमानी महिलाको नाम आरिफा सुल्तान हो । उनको उमेर २० वर्षको छ । आरिफाले नर्मल डेलिभरीबाट पहिलो बच्चा जन्माइन् । छोरा जन्माएर अस्पतालबाट घर फर्किएको २६ औं दिनमा उनको पेट अचानक दुख्न थाल्यो । त्यसपछि उनलाई चेकजाँचका लागि अस्पताल लगियो । जब डाक्टरहरूले उनको पेटको अल्ट्रासोनोग्राफी गरे सबैजना तीनछक परे । किनकि, उनको पेटमा थप दुईवटा बच्चा थिए ।

उनको तत्कालै शल्यक्रिया गरी गर्भमा रहेका जुम्ल्याहा बच्चा बाहिर निकालियो ।

पेटमा तीनवटा बच्चा हुँदाहुँदै पनि डाक्टरहरुले किन सुरुमै पत्ता लगाएनन् रु भन्ने प्रश्न उठ्नु स्वभाविकै हो । डाक्टरहरूका अनुसार उनको शरीरमा दुईवटा गर्भाशय छन् । पहिलो बच्चा र पछिल्लो पटक जन्मिएका जुम्ल्याहा छुट्टाछुट्टै गर्भाशयमा रहेका थिए ।

समाचार अनुसार, आरिफा र उनका तीनवटै बच्चा पूर्ण रूपमा स्वस्थ छन् ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल