सहकारी एकीकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

Advertisement

काठमाडौँ । सहकारी एकीकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । अब नेपालमा भएका सहकारीहरू एकीकरण हुन जरूरी छ भनेर जानकारी दिने उद्देश्यले एकीकरण सम्बन्धी प्रशिक्षण कार्यक्रमको आयोजना हजुरको त्रिवेणी साकोसले गरेको हो ।

कागेश्वरी मनोहरा नगरपालिका -३ भद्रवासमा रहेको सबै सहकारीलाई एक बनाउने र सम्भव भएसम्म भद्रवासमा एउटामात्र सहकारी बनाउने तर्फ हजुरको त्रिवेणी साकोसले नेतृत्वदायी भूमिका खेल्ने योजना सहित प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।


कार्यक्रममा सहकारी एकीकरणको आवश्यक्ता र त्यसबाट हुने फाईदाको विषयमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून)का महासचिव दामोदर अधिकारीले प्रशिक्षण दिनु भएको थियो भने कार्यक्रमको उद्घाटन तथा सहजिकरण सूचना चौतारी सञ्चार सहकारी संस्था लि.का अध्यक्ष विपिन शर्माले गर्नभएको थियो ।


कार्यक्रममा हजुरको त्रिवेणी साकोसका सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, ऋण उप(समिति, कर्मचारी र केहि सदस्यहरूको उपस्थिति रहेको थियो । सहकारी एकीकरण सम्बन्धी प्रशिक्षण कार्यक्रमलाई अब निरन्तरता दिने आयोजकको भनाई छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल