प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा

Advertisement

काठमाडौं, १३ पुस । सत्तारुढ दल नेकपाले प्रदेश तीनको राजधानीको नाम बागमती राख्ने सहमति गरेको छ ।

यसैगरी राजधानी हेटौ‌ंडामै राख्ने निर्णय गरेको जनाइएको छ। नेकपाको आज विहान बसेको सचिवालय बैठकले प्रदेश तीनको नाम बागमती र राजधानी हेटौ‌ंडामा राख्ने निर्णय गरेको मुख्यमन्त्री डोरमणी पौडेलले जानकारी दिए ।

यस विषयमा नेकपाले भने आधिकारिक निर्णय भने सार्वजनिक गरेको छैन् । मुख्यमन्त्री पौडैलले अब बस्ने प्रदेश सभा बैठकले राजधानी र प्रदेशको नाम टुंगो लगाउने बताए । सभामुख चयन र एमसीसी लगाएतका विषयमा छलफल गर्न सचिवालयको बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको थियो । वैठकमा सभामुख र एमसीसीको विषयमा भने केही पनि निर्णय भएको छैन् ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल