निबन्ध : साम दाम दन्ड भेद

Advertisement

आज फुटानी चोकमा एक प्राचीन नीतिहरूका अध्येतालाई जिज्ञासुले सोध्यो – ‘राज्य संचालनमा ‘साम’, ‘दाम’, ‘दण्ड’ र ‘भेद’ भन्छन्, के भनेको हो?

अध्येता बोल्यो – गीताको श्लोक ७.५.१९ का अनुसार कुटनीतिका ४ सिद्धान्त १। साम, २। दाम, ३। दण्ड र ४। भेद हुने कुरा गरिएको छ । जुन महाभारत युद्धको सन्दर्भमा आफ्नो दुश्मनलाई जित्न अपनाईने ‘ट्याक्टिस’को रुपमा रहेका छन् । तर, अहिले राजनीति गर्न वा राज्य सन्चालकहरूको निम्ती गरिने ‘ट्रिक’ या ‘छलकपट गर्ने वीधि’ या ‘चालबाजी’का आधारभूत ‘धूर्त नीति’का रुपमा दुनियाभरका शासकहरूले यसको प्रयोग गरिरहेछन् ।

सबैभन्दा शब्दार्थ बुझौँ –
१। साम : अर्थात, शान्तिपूर्ण सुझाव ।

२। दाम : केही दिनु या खरिद गर्नु ।
(यी २ चालबाजी ‘सज्जन’हरुका निम्ती अपनाईनु पर्ने ट्रिक पनि मानिन्छन्)

३। दण्ड: सजाय दिनु ।

४। भेद : गोप्य रुपले भेदन गर्नु ।
(उल्लेखित १ र २ बाहेक ३ र ४ नंबरलाई ‘दुष्ट’हरूका निम्ती अपनाईनै पर्ने चालबाजी मानिन्छन् ।)

१। सबैभन्दा पहिले कुनै पनि गर्नु पर्ने कामको दायित्व दिईएको मानिसलाई या संगठनलाई या मुलुकलाई वा पक्षलाई कार्य संपादन गर्न उसका दायित्वहरुबारे बुझाएर सहज रुपमा निर्देशन दिईन्छ । यही हो साम नीति ।

२। प्रष्ट निर्देशन दिएर मात्र खुशी हुँदैन र उसले राम्रो काम गर्दैन भने उसलाई कुनै न कुनै आकर्षण वा लोभ (जस्तै: भत्ता, विदेश यात्रा, पढ्न जान पाउँने अवसर, प्रमोशन हुने, ग्रेड थपिने, पुरस्कार पाउँने, सहयोगका रुपमा विकास प्रोजेक्टहरु दिने या कुनै न कुनै किसिमको लालच, आदि) दिएर आफुले चाहेजस्तो काम गर्न लगाउँनु पर्छ भनि परिभाषित गरिएकोछ । यसलाई “दाम” भनिन्छ ।
(तर दुष्टहरूलाई तह लगाउँन र आफुलौ चाहेको काम फत्ते गर्न “साम” र “दाम” को २ नीतिले मात्र पुग्दैन, त्यसैले –)

३। कुनै दुष्ट प्रवृत्ति वाला मानिस वा संगठनलाई साम र दामको रणनीतिले पनि काम गराउँन सकिएन भने “दण्ड” दिनु पर्छ । अर्थात, उसले सम्झौता या नियम अनुसार काम नगरेकोले गरिने कानुन अनुसारको (अटेरी गरे बापत विभागीय कार्यवाही, ग्रेड रोक्ने या अदालतमा मुद्दा समेत लगाएर कानुन बमोजिम सजाय) ‘दण्ड’ दिनु पर्छ । जुन ‘दण्ड’ पाएपछि दुष्ट मानिस चेत्छ र उसले भविश्यमा सच्चिएर भनेजस्तो गरी, नियम अनुसार, सम्झौता अनुसार, योजना र समय तालिका अनुसार काम गर्ने हुन सक्छ ।

४। साम, दाम र दन्डका ३ उपाय लागउँदा पनि तह नलाग्ने दुष्टहरू (मानिस वा संगठन वा निकाय वा मुलुक)लाई अन्तमा उसले गरेका सम्पूर्ण गल्ती-अपराध विरुद्ध तथ्यहरुका आधारमा उसलाई त्याग (जागिरबाट निकाल्ने, अपराध अनुसार जेल पठाउँने, नाकाबन्दी गर्ने, सबै मिलेर आक्रमण गर्ने, आदि) गर्नु पर्दछ । यो ४ नंबरको काम गर्नको निम्ती चाहिने तथ्य-प्रमाणहरू संकलन गर्न प्राय विरोधीको गोप्य सूचनाहरू (जासुस मार्फत) संकलन गरी सबुत प्रमाणको आधारमा उसलाई गलत साबित गरेर निमिट्यान्न पार्ने किसिमले आक्रमण गर्नु पर्दछ जसलाई “भेद” या ‘भेदन गर्नु’ भनिन्छ । यो अन्तिम अस्त्र हो । बोलिचालीमा पनि ‘बोक्सीले भेद्यो’ भन्ने चलन छ । तेस्तै, रावणका टाउकोहरुमा तिरले प्रहार गर्दा गर्दा नमरेपछि उसको मृत्यू उसको नाइटोमा भेदन गरे मात्र रावण मर्छ भन्ने कुरा गोप्य रुपमा पत्ता लगाएर ‘नाइटो’मा प्रहार गरेपछि मात्र रावण ढल्यो भन्ने पनि कथा सुनेकै हो ।

तर अचेल यही साम, दाम, दण्ड र भेदलाई फरक फरक सन्दर्भमा प्रयोग गरेको पाइन्छ । जस्तै: राजनीतिमा पहिले समर्थक र कार्यकर्ता बनाएर बेस्सरी काममा लगाउँने । चुपचाप भनेजस्तै काम गरिरहे ठीकै छ तर अलि नाखुस भएर नाकमुख खुम्च्याए उसलाई अलि माथिल्लो कमिटीमा प्रमोशन गर्ने, विभिन्न तहको चुनावमा टिकट दिने या कुनै नियुक्तीका निम्ती लोभ देखाउँने । अझ, पार्टीको नियम तोडेर पार्टीकै बिरुद्धमा बोले निलम्बनको ‘दण्ड’ दिने । त्यसले पनि नसुध्रे पार्टिबाट निस्काशन गरिन्छ ।

अर्को Scenario मा “भेद”लाई बुझौँ – गएको चुनावमा अमेरिकी राष्ट्रपतिका उम्मेद्वार हिलरी क्लिनटनलाई डोनाल्ड जे ट्र्म्पले कसैगरेपनि जित्न मुस्किल देखेपछि अन्तिमतिर रुसका जासुसहरूको सहयोगमा (अमेरिका स्थित रुसी दुतावसका कम्प्युटर ईन्जिनियरहरूको सहयोगले) क्लिन्टनको कम्प्युटरमा भएका गोप्य सुचनाहरु चोरेर भण्डाफोर गराए । चुनाव नजिकै आईसकेकोले Damage control गर्न क्लिन्टनले भ्याउँदै भ्याईनन् । यसरी क्लिन्टनको गोप्य कुराहरू पत्तो लगाएर Blackmail गरेको पनि “भेदन” गरी ढालेको हो । जुन गरेर ट्रम्पले हिलरी क्लिन्टनलाई राष्ट्रपतिको चुनावमा हराए । आदि ।

साम, दाम, दण्ड र भेदको नीति सुधार गर्नको निम्ती पनि प्रयोग गर्न सकिन्छ भनिन्छ । जस्तै: UN ले कहिले काहीँ (बिभिन्न कारणबस) कुनै कुनै मुलुकहरुलाई चेतावनी दिने, ‘नाकाबन्दी’ (Sanction) लगाउँने गरेको घटनाहरूलाई ‘कुरा मनाउँन’ ‘नियम मान्ने पार्न’ या ‘सुधार्न’को निम्ती भनेर गरिने ‘दण्ड’ हो भनिन्छ । तर दण्डले पनि भएन भने उक्त देशमा धेरै कडा किसिमका नाकाबन्दीहरु लगाउँने र कसैले उसमाथि आक्रमण नै गरे उसको पक्षमा UN ले नबोल्ने सम्मको हुन्छ । जसलाई ‘भेद’ भन्न सकिन्छ । अमेरिका, यही प्राव्धान उपयोग गरेर हरेक मुलुकमा आक्रमण गर्नु अघि जहिले पनि (UN को दुरुपयोग उपयोग गरेर) युद्ध सन्चालन (उदाहरण: ईराक, अफगानिस्तान युद्ध, आदि) गर्दै आएकोछ । त्यसैले UN लाई ‘अमेरिकाको सन्सार टोक्ने-चिथोर्ने दारा-नंग्रा हो’ पनि भन्ने गर्छन् । जसरी हरेक सरकारमा बस्नेहरूले संविधान, कानुन, ऐन, नियमको (नयाँ ऐन समेत बनाएर वा संविधानमा संसोधन समेत गरेर भएपनि) आधारमा आफ्ना विरोधीहरूलाई सखाप पार्ने गर्छन् । जसरी एउटा सभ्यताका समुहले अर्को सभ्यतालाई सखाप पार्न बडो नम्रता साथ ‘साम’, ‘दाम’को ‘ट्रिक’बाट सुरु गरेर ‘दण्ड’ दिँदै विस्तारै ‘भेद’ समेत गरेर ध्वस्त पार्छन् । यही हो साम, दाम, दण्ड र भेदको चालबाजी गरेको ।

विचार चोगे ।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल