काठमाडौं उपत्यकामा भदौ महिना यताकै सबैभन्दा कम सङ्क्रमित

काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका २५२ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा पछिल्लो चौबीस घण्टामा २५२ जना सङ्क्रमित थपिएका हुन् ।

विगत्को अपेक्षा उपत्यकामा थोरै मात्रामा स्वाब परीक्षण गरिएकोले कम सङ्क्रमित पहिचान गरिएको हुनसक्ने आँकलन गरिएको छ ।

कात्तिक ११ गते थपिएको संक्रमितभन्दा कम भदौ १४ गते काठमाडौं उपत्यकामा १८६ जना संक्रमितको पहिचान गरिएको थियो । त्यसयता काठमाडौं उपत्यकाको तीनवटै जिल्लामा संक्रमित हुने बढ्दै गएको थियो । 

मन्त्रालयले उपत्यकाका तीन जिल्लामा १५५ पुरुष र ९७ महिला सङ्क्रमितको पहिचान गरिएको जनाएको छ । पछिल्लो चौबीस घण्टामा देशैभरि पाँच सय ७० जना सङ्क्रमित थपिएका छन् । दुई हजार ७२५ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार उपलब्ध गराएको विवरण अनुसार पछिल्लो २४ घण्टामा देशभरमा थप ५७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ६० हजार ४ सय पुगेको छ।

पछिल्लो २४ घण्टामा थप २ हजार ७२५ पीसीआर परीक्षण भएसँगै अहिलेसम्म भएको परीक्षणको संख्या १४ लाख ६९४ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार १६८ कोरोना संक्रमित निको भएसँगै अहिलेसम्म निको हुनेको संख्या १ लाख १८ हजार ८३४ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण थप १४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८७६ पुगेको छ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल