कोरोनामुक्त भएर घर फर्के कमल थापा

कोरोना संक्रमण भएर ओम अस्पताल भर्ना भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा कोरोनामुक्त भएर घर फर्केका छन् । उनलाई असोज २८ गते बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनी ३० गते उपचारका लागि ओम अस्पताल भर्ना भएका थिए ।

ज्वरोको लक्षण देखिएपछि पिसिआर गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएपछि उनी दुई दिन होम आइसोलेसनमा बसेका थिए । तर, स्वास्थ्यमा थप समस्या देखिएपछि उनी असोज ३० गते ओम अस्पताल भर्ना भएका थिए ।

अस्पतालबाट घर फर्किएपछि उनले आफ्ना शुभचिन्तकप्रति आभार प्रकट गरेका छन् । उनले भनेका छन्, ‘मेरो स्वास्थ्यप्रति चिन्ता लिई स्नेह, सद्भाव र शुभकामना दिनुहुने सबैमा सादर कृतज्ञता निवेदन गर्दछु ।’ ओम हस्पिटल परिवार र सम्पूर्ण स्वास्थकर्मीहरुमा विशेष आभारी छु ।’

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल