पछिल्लो २४ घण्टामा थपिए २८५६ कोरोना संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप २८५६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ५८ हजार ८९ पुगेको छ ।

१२ हजार ३ सय ११ जनाको पीसीआर परीक्षण गर्दा १७८९ जना पुरुष र १०६७ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांक छ ।

नेपालमा अहिले ४५,५७२ जनामा सक्रिय सङ्क्रमित छन् । यो अवधिमा कोरोना भाइरस संक्रमण निको भई ३३३६ जना डिस्चार्ज भएका छन् । निको हुनेको कुल संख्या १ लाख ११ हजार ६७० पुगेको छ ।

नेपालमा हालसम्म १३ लाख ९३ हजार एक सय ७३ पीसीआर परीक्षण गरिएको छ । हाल देशभर गरी ४५,५७२ जना आइसोलेशनमा छन् भने ३,०६४ जना क्वारेन्टिनमा छन् । त्यस्तै एक लाख ११ हजार ६७० मानिसहरू सङ्क्रमण मुक्त भइसकेका छन् ।

थप ५ जनाको मृत्यु
नेपालमा बितेको २४ घण्टामा कोरोना भाईरस संक्रमणका कारण थप पाँचजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड १९का कारण मृत्यु हुनेको कुल सङ्ख्या ८४७ पुगेको सरकारी तथ्यांकमा उल्लेख छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल