एल क्लासिकोमा रियल मड्रिड विजयी

स्पेनिस ला लिगा फुटबलको बहुचर्चित एल क्लासिकोको रियल मड्रिडले जितेको छ । भर्खरै सकिएको खेलमा रियलले बार्सिलोनालाई ३–१ ले पराजित गरेको हो । 

रियलको जितमा फेडेरिको भालभर्डेले खेलको पाँचौ मिनेटमै पहिलो गोल गरे । त्यसको तीन मिनेट नबित्दै बार्सिलोनाका अन्सु फातीले गोल फर्काएर खेल बराबरीमा टुंग्याए । यो गोलसँगै फाती एल क्लासिकोमा गोल गर्ने सबैभन्दा कम उमेरका खेलाडी बनेका छन् । उनले १७ वर्षको उमेरमा गोल गरेका हुन् । 

पहिलो हाफमा त्यसपछि भने गोल हुन सकेन । दोसो हाफमा रियलका सर्जियो रामोसले ६३ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै खेलमा २–१ को अग्रता कायम गरे । बार्सिलोनाका लेग्लेटले पेनाल्टी क्षेत्रमा रामोसलाई फल गरेपछि रियलले पेनाल्टीको अवसर पाएको थियो  

त्यसैगरी ९० औं मिनेटमा लुका मोड्रीचले गोल गर्दै बार्सिलोनामाथि ३–१ को शानदार जित दर्ता गरे । 

बार्सिलोनामाथि शानदार जित दर्ता गर्दै ६ खेल खेलेको रियल मड्रिड १३ अंकसहित ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । लिगको दसौं स्थानमा रहेको बार्सिलोनाले ५ खेल खेल्दै सात अंक जोडेको छ ।  

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल