बेनिशा हमाल र मुकुन भुसालको अभिनयमा ‘भाँडाकुटी’ आउँदै

‘भाँडाकुटी’ भन्नासाथ जोकोहीलाई आफ्नो बाल्यकालको सम्झना आउँछ । नेपाली समाजमा भाँडाकुटी नखेली हुर्केको पुस्ता सायदै कुनै होला । अब यही नाममा फिल्म बन्ने भएको छ– भाँडाकुटी । घटस्थापनाको दिन पारेर शनिबार सो फिल्मको घोषणा गरिएको हो ।

दृश्यालय सिनेमा प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्म भाँडाकुटीको शनिबार राजधानीमा एक समारोहबीच औपचारिक घोषणा गरिएको थियो । सो फिल्ममा नायिका बेनिशा हमाल, अभिनेता मुकुन भुसाललगायतको अभिनय रहनेछ ।

कोरोना महामारीका कारण फिल्म हल नखुले पनि धमाधम फिल्म निर्माण हुन थालेका छन् । यसैक्रममा निर्माण हुन लागेको फिल्म भाँडाकुटी आगामी फाल्गुनमा बुटवल आसपासका स्थानमा छायांकन गरिने निर्माण समूहले जानकारी गराएको छ ।

किरण विकको कथा र उनकै निर्देशनमा बन्न लागेको फिल्मलाई कलम खड्काले निर्माण गर्न लागेका हुन् । फिल्ममा ओस्कार फिल्म कलेज पास आउट भएका युुवा संलग्न छन्।

फिल्ममा निशल पौडेलले छायांकन, भीम विकको सम्पादन र राजकुमार दर्जीको कोरियोग्राफी रहनेछन् भने गोपाल आचार्य एसोसियट डाइरेक्टर रहनेछन् ।

झन्डै १ करोड लगानीमा फिल्म निर्माण हुनेछ । निर्देशक किरणले नयाँ टिमले समाजको कथालाई नयाँ ज्ञानसहित राम्रो फिल्म बनाउन सकिनेमा आफू विश्वस्त रहेको बताए ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल