भारतको बाँके बिहार मन्दिर खुला

भारतको मथुरामा रहेको चर्चित बाँके बिहार मन्दिर अदालतको आदेशपछि शनिबारदेखि खुला भएको छ ।

कोरोनाभाइरसको महामारी फैलिएपछि महिनौदेखि बन्द भएको मन्दिर नवरात्रीको पहिलो दिन पारेर शनिबारदेखि खुला गरिएको हो ।

विश्व विख्यात यस मन्दिर गत सात महिना अगाडिदेखि बन्द रहेको थियो । तर अहिले अदालतको मापदण्ड कडाईका सथा पालना गरेर खुला गर्न निर्देशन दिएपछि खुल्ला गरिएको मन्दिरका पदाधिकारीहरुले जानकारी दिएका छन् ।

दर्शालुहरुलाई बिहान ८.३० देखि मध्यान्ह १२ बजेसम्म र बेलुका ५.३० देखि ९.३० सम्म मात्रै प्रवेश गर्न दिइने भएको छ । दर्शालुहरुलाई सामाजिक दुरी कायम गर्ने, सेनिटाइजारको प्रयोग गर्ने, मास्कलगाउने लगायतका नियम पूर्ण रुपमा पालना गर्नुपर्ने व्यवस्था गरिएको छ ।

हिन्दुहरुको अत्यन्त आस्था रहेको यस मन्दिरमा वर्षेनी लाखौ हिन्दु धर्माबलम्बीहरुले दर्शन गर्दै आएकोमा अहिले कोरोना भाइरसको महामारीका कारण सुस्ताएको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल