बडादशैं शुरू, शक्तिपीठहरूमा दर्शनार्थीहरूको भीड

नेपालीहरुको महान् चाड बडादशैं शनिबारदेखि शुरू भएको छ। नवरात्रको पहिलो दिन काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठहरूमा दर्शनार्थीहरूको भीड लागेको छ।

नवरात्रको पहिलो दिन, शनिबार घटस्थापनाको अवसरमा दशैंघर लगायत दशैं मनाउने सबै नेपालीको घरमा जमरा राखिएको छ । कोभिड–१९ संक्रमणको जोखिमका कारण सरकारले सर्वसाधारणका लागि शक्तिपीठहरू खुल्ला नगर्ने बताए पनि दर्शनार्थीहरू पूजाआजाका लागि पुगेका देखिन्थे।

शनिबार काठमाडौंको वसन्तुरमा रहेको दशैंघरमा पनि जमरा राखियो। नेपाली सेनाको टोलीले मंगल धुन बजाएर बढाईं गरेसँगै बिहान ११ः ४६ को शुभसाइतमा जमरा राखिएको हो ।

कोभिड–१९ का कारण यो वर्ष केही समस्या भएपनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर जमरा राखिएको छ । नवरात्रभर दुर्गाका तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाराधना गरिन्छ। 

अघिल्ला वर्षहरूको तुलनामा कम भीड भएपनि कोभिड–१९ संक्रमणको जोखिमलाई बेवास्ता गर्दै भक्तालुहरू पूजाआजाका लागि शक्तिपीठ पुगेका छन्। शनिबार बिहान भद्रकाली मन्दिरमा श्रद्धालुहरूको भीड थियो।

यद्यपि, भद्रकाली मन्दिरभित्र भने सर्वसाधारणलाई प्रवेश गर्न दिइएको थिएन। सबैले बाहिरैबाटै पूजाआजा गरेर फर्किएका थिए। 

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल